Thursday, December 12, 2019

को हुन टान सदस्यका उमेद्धवार सिम्बीर घले, यस्तो छ, उनको कथा

प्रकाशित मिति: 2019/08/07

साउन २२, काठमाण्डौ । सिम्बीर घले नेपाली पर्यटन क्षेत्रमा स्थापित नाम हो, पर्यटनमा दशकौ बिताएपछि ठमेलमा ३ बर्षअघि स्थापना भएको ‘हिमालय भ्यू ट्रेक्स’ नामको आफ्नै पदयात्रा कम्पनीबाट उनले नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई डाँडापाखा, हिमाल यात्रा गराउँदै आएका छन । धादिङको रुबी भ्याली गाँउपालिका वडा नं ४ मा जन्मिएका घले परिवारमा कान्छा छोरा हुन । 

अन्य क्षेत्र जस्तै पर्यटनमा पनि सुकिला पात्रहरुले थामेको लिगेसीको घलेसँग कुनै सम्बन्ध छैन, उनी आफ्नै बलबुताले स्थापित व्यावसायी हुन । बिद्यालय तह अध्ययन गर्दै गर्दा आफु वरीपरीको सामाजिक जिबनले सिकाएको पाठ र आर्थिक उपार्जनको बाटो खोज्दै सन १९९९ मा पहिलोपटक काठमाण्डौ आएका हुन सीम्बीर ।
काठमाण्डौको लाजिम्पाटमा उनका ठुल्दाई हिमाल घले पर्यटनमै संलग्न थिए, उतिबेला । दाजु त्यतिबेला चर्तापुर्जा नै थिए, धादिङ कलाकार संघको निबर्तमान अध्यक्ष समेत हुन, हिमाल घले ।

दाजुकै सहयोगमा ‘नेपाल भिजन ट्रेक्स’मा उनले पोर्टरको काम पाए, टुरिजममा उनको प्रवेश यसैबाट भयो । त्यसपछि पर्वतिय पर्यटनका यात्राहरु निरन्तर अघि बढिरहे । पदयात्राकै क्रममा उनले धेरै बिदेशीलाई नेपालमा डाँडापाखा, हिमालको आरोहण गराए । 

समाजसेवी छबीका घलेको प्राकृतिक प्रकोप, सामाजिक परिघटनाहरुमा सक्रिय सहभागिता रहँदै आएको छ । खेल क्षेत्रमा समेत उनको बिशेष रुची छ, राईजिङ नेपाल युथ क्लबको कोषाध्यक्ष समेत हुन, उनी । पर्यटनमा यतिका बर्ष बिताउँदै गर्दा अझै पनि आन्तरीक पदमार्गहरुको स्थीति सुधार हुन नसक्नुले सरकार र पर्यटन सम्बद्ध टानको भुमिका पनि आशातित हुन नसकेको उनको बुझाई छ ।

पर्यटनका मुद्धामा पनि राजनीतिक रंग देखिने गरेको यसअघिको स्थीतिमा यसपटक युवा नेतृत्वलाई टानमा पुर्याउनुपर्ने उनी बताउँछन । घले आफै पनि टान सदस्यका उमेद्धवार हुन ।  सम्पूर्ण टान कार्यसमिती सदस्य, व्यावसायी र शुभेच्छुकले सहयोग गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

तपाईंको बिचार