Monday, December 11, 2017

हाम्रो टीम एकदमै समावेशी र आम व्यवसायीहरुको अनुमोदित समूह हो : कर्ण लामा

प्रकाशित मिति: 2015/10/09

कर्णबहादुर लामा विगत झण्डै तीन दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । काभ्रेको तिमाल गाविसमा वि. सं. २०२७ सालमा जन्मिनुभएका लामा एक परिपक्व पर्यटन व्यवासयीको रुपमा समेत चिनिनुहुन्छ । उहाँ ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा प्रस्थावित चन्द्र रिजाल समूहबाट महासचिवको उम्मेद्वार हुनुहुन्छ । 

... 
सन् १९८८ सालमा पथप्रदर्शकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको हो, लामा । पथप्रदर्शकको रुपमा काम गर्दै जाने क्रममा सन् १९९५ सालमा लामाले फ्रेन्ड्स को –अपरेटिभ ट्रेक्स एण्ड एक्स्पीडिसन नामक संस्था सञ्चालनमा ल्याउनुभयो । त्यस्तै उहाँले सन् १९९९ सालमा फ्रेन्ड्स एडभेन्चर टीममा प्रवन्ध निर्देशकको रुपमा काम गनुृभयो । काम गर्दै जाने क्रममा सन् २००३ मा लामाले हिमालयन यतिल्यान्ड ट्रेक्स एण्ड एक्सपीडिसन स्थापना गरेर पर्यटन क्षेत्रमा थप सक्रिय बन्दै जानुभयो । 
...
लामा नरेन्द्र विसीको अध्यक्षता रहेको ताका नै टानमा आवद्ध हुनुभएको थियो । सो समयमा साधारण सदस्यको रुपमा टानमा आवद्ध रहनुभएका लामा ज्याति अधिकारी नेतृत्वको कार्यकालमा सचिवको रुपमा टानमा कार्यसम्पादन गरिसक्नुभएको छ । 
लामा नेपाल क्यानोनिङ एसोसियसनको वर्तमान अध्यक्ष हुनुहुन्छ भने नेपाल पर्यटन उद्योग महासंघको केन्द्रिय सदस्य हुनुहुन्छ । यसबाहेक लामा मुलुकको पर्यटन प्रवद्र्धनार्थ स्थापित विभिन्न संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ । 
...
पर्यटन क्षेत्रमा लामो अनुभव संगाल्नुभएका लामा आगामी टान निर्वाचनमा प्रस्ताविक चन्द्र रिजाल समूहबाट महासचिवको उम्मेद्वार हुनुहुन्छ । टानको निर्वाचनको पूवसन्ध्याहमा लामासँग गरिएको संवाद प्रस्तुत छः 

 

टानमा तपाइँको दावेदारी किन ?
म विगत लामो समयदेखि पर्वतीय पर्यटनको क्षेत्रमा क्रियासिल रहदैआएको छु । पर्वतीय पर्यटनको क्षेत्रमा लामो समय काम गरेकोले ममा यसको राम्रो ज्ञान छ । टान पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन भएको हिसावले संस्था र व्यवसायीहरुको प्रवद्र्धन र हितका लागि मेरो अनुभवले भूमिका खेल्छ भन्ने लाग्छ । 
पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका अनि यसमा आवद्ध व्यवसायी तथा मजदुरहरुको हितका लागि मैले सकारात्मक केही योगदान गर्न सक्छु भनेर मैले दावेदारी प्रस्तुत गरेको छु । 
मेरा अग्रज तथा समकालिन पर्यटन व्यवसायीहरुको रोजाईमा छानिएकाले पनि उक्त जिम्मेवारी निभाउँ भन्ने हिसावमा म टानमा जान खोजेको छु । 


चुनावी गतिविधि र अभियानलाई कसरी अगाडी बढाईरहनुभएको छ ?

हाम्रो टीम एकदमै समावेशी छ । क्षेत्रगत, जातिय र सबै क्षेत्रको प्रतिनिधित्व रहेको एउटा मिश्रित टीम हो हाम्रो समूह । 

निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहेको सन्दर्भमा हामीले स्वभाविक रुपमा चुनावी गतिविधिहरुलाई तिव्रता दिएका छौँ । हाम्रो निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले नियमित गतिविधि गरिरहेकै छ । यसबाहेक पनि विभिन्न भेला, भेटघाटमार्फत हाम्रा एजेन्डा, योजना र प्रतिवद्धताहरु हामीले व्यवसायीहरुमझ प्रस्तुत गरिरहेका छौँ । 
यद्यपी यतिबेला केही व्यक्तिहरुबाट मतदाता भडकाउने खालका गतिविधिहरु भएको देखिन्छ । विभिन्न हतकण्डाहरु अपनाएर हाम्रो समूहलाई गलत देखाउने हर्कतहरु पनि देखिएका छन् । यसमा हामी अत्यन्तै संवेदनशिल छौँ । भ्रममा नपर्न सबै व्यवसायीहरुलाई हामीले सचेत गराएका पनि छौँ । 


चुनाव जित्नेमा कक्तिको आश्वस्त हुनुहुन्छ ?
हामीले विगत लामो समयदेखि पर्यटन क्षेत्रको विकास र व्यवसायीहरुका हितका मुद्दा बोकेर हिँडेका छौँ । यसकारण पनि व्यवसायीहरुको हामीमाझ आसक्ति र समर्थन छ । 
यसबाहेक विगत तथा वर्तमान टान कार्यसमितिहरुको काम कारबाहीहरुले  धेरै व्यवसायीहरु आजित भएका छन् । यो कार्यसमिति हाम्रो आकाङ्छामात्र नभएर आम व्यवसायीहरुको अनुमोदित टीमसमेत हो । 


टानमा के –के गर्ने योजना छ तपाइँको समूहको ?
हामीले जे –जे प्रतिवद्धता मतदाताहरुमाझ प्रस्तुत गरेका छौँ सोको कार्यन्वयनका लागि हाम्रो टीम दक्तचिक्त भएर लाग्ने छ । अर्को कुरा हामी टानमा गयौँ भने पुनः दोस्रो पटकका लागि दावी गर्दैनौँ । सबैले मौका र अवसर पाउनुपर्छ भन्ने हामी ठान्छौँ । त्यस्तै हामी टानमा गएको खण्डमा एकल निर्णय गर्ने छैनौँ । योजना तर्जुमा गोष्टीबाट अद्यावधि गरेर हामी अघि बढनेछौँ । निर्णयमा सबैको स्वामित्व र कार्यन्वयनमा उसैगरी सहभागिता हामी कायम गर्नेछौँ । 

तपाईंको बिचार