Thursday, November 21, 2019

जिबनका यात्रा खुसीसाथ अघि बढेपनि देश नबनेको चिन्ताले सधै पिरोल्छ : सिताराम बिष्ट

प्रकाशित मिति: 2019/11/01

कार्तिक १५, काठमाण्डौ । जहाँ बसे पनि देशको माया त हुने नै भो । तर नेतृत्व जिम्मेवार नहुँदा मुलुकले कहिले पनि सुख नपाउने भो भन्ने सधैभरी चिन्ता लाग्छ ।

सिताराम बिष्ट, ५५ । ललितपुरको चापागाँउमा बिसं २०१८ सालमा जन्मिएका हुन उनी । ४ छोराछोरीमा उनी जेठा छोरा हुन । सानैमा बाआमा गुमाएका बिष्टको प्रारम्भीक शिक्षा चापागाँउकै बज्रबाराही बिद्यालयमा भएको थियो । रोग र भोगको उत्कर्षमा नेपाली जनजिबन भौतारिहँदा नयाँ आशा सहित दिल्ली हानिए ।

सन १९८१ मा दिल्लीमा ट्राभल एजेन्सीमा काम सुरु गरे । सँगै दिल्ली युनिभर्सिटीबाट उनले मेट्रिक उत्तिर्ण गरे । नेपाल आउने जाने चलिरहेकै थियो । सोहीबेला ट्राभलमा गरेको कामको सम्पर्कले नैं उनलाई अमेरिका पुर्यायो । अमेरिका बसाईका दशकहरु थपिदै गर्दा २ छोरी र श्रीमतीसहित अमेरिकामा स्थायी रुपमा बसोबास गरीरहेका छन । पेशाले चार्टड एकाउन्टेण्ट छोरीहरु आफुभन्दा सक्षम बनेकोमा उनलाई हर्ष छ ।

सबै कुरा हुँदा पनि नेपालको माया नघट्ने रहेछ, बिभिन्न सामाजिक कार्यमा संलग्न बिष्ट हालै नुवाकोटको तारकेश्वर स्थीत दाङसिङ प्राथमिक बिद्यालयमा अंग्रेजी शिक्षक जुटाउन सहयोगीका रुपमा उभिए ।

‘व्यक्तिगत जिबनका यात्रा खुसीसाथ अघि बढ्दा देश नबनेको चिन्ताले भने सधै खिन्न पार्ने रहेछ, दुई बलिया राष्ट्रका बिचमा रहेका हामी, नेतृत्व स्वार्थका कारण पछि परेको उनको बुझाई छ । सबैले आफ्नो कर्म सही ढंगले गरे देशको मुहार फेर्न समय लाग्दैन, मात्र आवश्यक्ता छ त, दृढ ईश्छाशक्ति । उनी भन्दै थिए ।’

तपाईंको बिचार