Monday, October 23, 2017

टानमा दुई वर्षको लागि विराजमान अनुहार

प्रकाशित मिति: 2015/10/15

चन्द्रप्रसाद रिजाल, 
अध्यक्षका उम्मेदवार
प्रबन्ध निर्देशक, सी नेपाल ट्राभल एण्ड एड्भेन्चर
२ दशकदेखि पर्यटन क्षेत्रमा समर्पित धादिङ जिल्ला, खाल्टेमा जन्मनुभएका चन्द्रप्रसाद रिजाल टान निर्वाचन २०१५ मा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । व्यवस्थापन विषय अन्र्तगत मानव संसाधन विकासमा स्नातकोत्तर गर्नुभएका सी नेपाल ट्राभल एण्ड एड्भेन्चरका सञ्चालक रिजालले पर्यटन बोर्डको भ्रष्टाचार विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष, दिगो पर्यटन सहकारीका अध्यक्ष, नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसियसनको पूर्व उपाध्यक्ष, होटल डिप्लोम्याट प्रा.लि.को पूर्व प्रबन्ध निर्देशक र हाल मम्स होमका संचालक रहेका रिजालले हानको पूर्व केन्द्रीय सदस्य भई जिम्मेवारी बहन गर्दा मजदुर समस्या समाधान गर्न मुख्य भुमिका निभाउनुभएको थियो । विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गोष्ठीमा सहभागी हुन उहाँले भारत, चिन, थाइल्यान्ड, फिलिपिन्स, बेलायत लगायत बिभिन्न देशको भ्रमण गर्नुभएको छ । काम गर्नका लागि दुई वर्षको समय पनि धेरै हुने बताउने रिजाल विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा आबद्ध रहनुभएको छ । भूकम्प पछिको पर्यटन पुनरुत्थानमा राज्य र व्यवसायिलाई संगसंगै लैजाने अभियानमा हुनहुन्छ । पर्यटन मन्त्रालय अन्र्तगत रहेर नेपाल पर्यटन वोर्डको पुर्नसंरचना समिति सदस्य भई आफ्नो जिम्मेवारी बहन गर्नुभएका रिजाल राम्रो कामलाई फैलाउने, नराम्रोलाई औंल्याउने र सामाजिक सेवामा आफुलाई जीवनभर समर्पित गर्नुभएका सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्तित्व हुनुहुन्छ । थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्ने उहाँको बानी छ । 


टासी लाक्पा शेर्पा, 
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार
कार्यकारी निर्देशक, सेभेन समिट ट्रेक्स प्रा.लि.
८ पटक सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल पर्वतारोही÷पर्यटन व्यवसायी टासी लाक्पा शेर्पा संखुवासभा जिल्लाको मकालु गाविसमा जन्मिनुभएको हो । शेर्पाले २९ पटक माउण्टेनियरिङ लिडर बनेर धेरै नेपाली र विदेशी पर्यटकलाई सगरमाथा चढ्न सघाउनु भएको छ । पारिवारिकरुपमै आरोहीको ख्याति कमाएका शेर्पाका दुई दाजुहरु ८ हजार मिटरमाथिका संसारका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गर्ने एउटै बाबुआमाको सन्तानकोरुपमा विश्व रेकर्ड कायम गर्न सफल हुनुहुन्छ । सेभेन समिट ट्रेक्स प्रा.लिका कार्यकारी निर्देशक, मनाङ एयर प्रा.लि.का निर्देशक र याक माउण्टेन गियर्स प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहनु भएका शेर्पा नेपालकै दोस्रो रेमिट्यान्स ट्याक्स बुझाउँदै आउनुभएका सफल युवा व्यवसायि हुनुहुन्छ । पर्वतारोहण विधामा बिशेष दख्खल राख्ने बरिष्ठ उपाध्यक्षको उम्मेद्वार शेर्पाले टानमा व्यवसायी कल्याणकारी कोष स्थापना गरेर जोखिममा परेका साना व्यवसायीको हितमा काम गर्ने लक्ष्य लिनु भएको छ ।


तेजबहादुर गुरुङ, 
प्रथम उपाध्यक्षका उम्मेदवार
प्रवन्ध निर्देशक, नेपाल अल्टरनेटिभ ट्रेक्स एण्ड एक्पिडिसन्स प्रा.लि
प्रथम उपाध्यक्षका लागि प्रत्यासी तेज बहादुर गुरुङ रुवी भ्यालीको उद्गम थलो धादिङको सेर्तुङमा जन्मिनुभएका हो । उहाँ नाममा जस्तै काममा पनि तेजिलो हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो समय मेहनत र पसिना बगाएका अनुभवी तथा अब्बल व्यवसायी गुरुङ सन् २००८ देखि आफ्नै ट्रेकिङ कम्पनी स्थापना गरि व्यवसायमा संलग्न हुनुहुन्छ । पर्यटन र नेपाली विषय गरि २ विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गुरुङ गणेश हिमाल पर्यटन विकास समितिको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । भूकम्पपछिको पर्यटन क्षेत्रको पुर्नउत्थानसँगै यस क्षेत्रको पुननिर्माण र नवनिर्माणको उहाँ खाँचो देख्ने गुरुङ्ग पर्यटन क्षेत्रमा भ्याट र करको दर कम गराउने विषयमा जोड दिनुहुन्छ । नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा उहाँले ताइवान, चीन, भारत, थाइल्याण्ड आदि देशहरुको भ्रमण समेत गरिसक्नुभएको छ ।


राम प्रसाद सापकोटा, 
द्धित्तिय उपाध्यक्षका उम्मेदवार
प्रवन्ध निर्देशक, हिमालयन सोसियन जर्नी प्रा.लि.

२०२९ सालमा धादिङ जिल्लामा जन्मनु भएका राम प्रसाद सापकोटा विगत लामो समय देखि ट्रेकिङ व्यवसायमा आवद्ध हुनुहुन्छ । अमेरीकाको ग्रिन कार्ड समेत छाडेर नेपाल फर्कनु भएका सापकोटा पर्वतीय र पदयात्रा व्यवसायमा केही गरौं भन्ने सोचका साथ अघि बढेका एक सफल व्यवसायी हुनुहुन्छ । विगत २ दशकदेखि पर्यटनमा संलग्न सापकोटा व्यवसाय संगसंगै सामाजिक काममा संलग्न हुन पाउँदा बढि आनन्दित महशुुस गर्नुहुन्छ । 
टान निर्वाचन २०१५ का लागि द्वित्तिय उपाध्यक्षका उम्मेदवार बन्नुभएका सापकोटाल नेपालको पर्यटन प्रवद्र्धनको शिलशिलामा अमेरिका, इटाली, फ्रान्स, भुटान र मलेसिया भ्रमण गर्नुभएको छ । धादिङको आखुँ खोला जलविद्युत आयोजनाका संचालक समितिका सदस्य सापकोटा लायन्स कल्ब अफ् टुरीजम नेपालमा पनि संलग्न हुनुहुन्छ । उहाँले टानलाई व्यवसायी मैत्री, मजदुर मैत्री बनाउन पहल गर्ने अठोट लिनुभएको
छ । उहाँ भुकम्प पछि नेपाल सुरक्षित रहेको सन्देश फैलाई नेपालमानै वहुसंख्यक पर्यटक भित्राउन सफल व्यवसायि हुनुहुन्छ ।

 



कर्णबहादुर लामा, 
महासचिवका उम्मेदवार
प्रबन्ध निर्देशक,हिमालयन यतिल्याण्ड ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.
टान कार्यसमितिका सदस्य तथा सचिवको समेत रहि कार्यसम्पादन गरिसक्नुभएका लामा विगत साँढे दुई दशक अगाडि देखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । काभ्रेको तिमाल क्षेत्रमा २०२७ सालमा जन्मिनुभएका लामा पर्यटन क्षेत्रमा चिरपरिचित र संघर्षशील नाम हो । पर्यटन क्षेत्रमा इमान्दार र लगनशील व्यक्तित्वका रुपमा चिनिने उहाँ काभ्रे जिल्ला विकास समितिका पूर्व सदस्य तथा हाल नेपाल क्यानोनिङ एशोसियसनको अध्यक्ष पनि हुनुहुन्छ ।
नेपालको पर्यटन प्रवद्र्धनको शिलशिलामा लामाले सिंगापुर, फ्रान्स, बेल्जियम, स्पेन चाईना लगायत अन्य देशको भ्रमण गरिसक्नुभएको छ । टानको सांगठानिक शुद्धीकरण, संस्थागत पुर्नसंरचना तथा टानभित्र व्यवसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता सहित महासचिवको उम्मेदवारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।


मुक्ति पाण्डे, 
सचिवका उम्मेद्वार
व्यवस्थापक, हिमालयन अनफुट प्रा.लि.

गोरखा जिल्लाको अश्राङ गाविसमा जन्मिनुभएका मुक्ति पाण्डे पर्यटन क्षेत्रमा चिरपरिचित व्यवसायीक नाम हो । हिमालयन अनफुटका प्रवन्ध निर्देशक पाण्डे ठमेलमा खाङसार गेष्ट हाउस र श्री टिबेट गेष्ट हाउस, चितवनमा होटेल नेचर क्याम्प संचालन गर्नुभएका पाण्डे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सचिव पदका लागि उम्मेदवार पाण्डे टानलाई राजनीतिक स्वार्थका लागि प्रयोग हुदैं आएको कामलाई रोक्नुपर्ने, टान सचिवालयलाई चुस्त र व्यवस्थित गर्नुपर्ने मान्यता राख्नुहुन्छ । 
माया नेपाल फाउन्डेसनको बोर्ड सदस्य समेत रहेका पाण्डे नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा अमेरिका, युरोप, फिनल्याण्ड, नर्वे, स्टोनिया, बेल्जियम, फ्रान्स, थाइल्याण्ड, हङकङ, जापान, चाइना आदि देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ हाल लाईन्स क्लब अफ नेपाल एभरेष्टको अध्यक्षसमेत हुनुहन्छ । उहाँ नेपालको लोक कला र संस्कृतिको प्रवद्धनमा बिशेष चासो राख्नुहुन्छ ।

 



सोनाम ग्याल्जेन शेर्पा, 
कोषाध्यक्षका उम्मेदवार 
प्रवन्ध निर्देशक, नर्ड एक्ट्रिम हिमालय प्रा.लि.
टानको कार्यसमिति निर्वाचनमा कोषाध्यक्षको उम्मेद्वार सोनम ग्याल्जेन शेर्पा सोलुखुम्बुमा जन्मिनुभएको हो । सन् १९९६ देखि ट्रेकिङ क्षेत्रमा प्रवेश गर्नुभएका शेर्पा पर्वतीय पर्यटनमा शेर्पा समुदाय र सगरमाथालाई संगसंगै लैजानुपर्ने मान्यता राख्नुहुन्छ । पर्यटन क्षेत्रमा स्थानीयलाई सहभागी गराउँदै पर्यटन गन्तव्यको विकासमा लाग्नुपर्ने खाँचो देख्नुहुन्छ । टानमा उपलब्ध टिम्स तथा अन्य स्रोतहरुबाट उपलब्ध रकमलाई कुत्सित राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्नेहरुको विरुद्धमा खरो उत्रिनु भएका शेर्पा पर्यटनका माध्यमबाट उठेको सो रकम यस क्षेत्रको विकासमै खर्च गर्नुपर्ने धारणा राख्नुहुन्छ । पर्यटन प्रवद्र्धनका शिलशिलामा शेर्पाले चीन, कतार, दुवई, फ्रान्स, इटली, स्वीजरल्याण्ड, स्पेन, जर्मन, पोल्याण्ड, अमेरिका आदि देशहरुको भ्रमण गर्नु भएको तथा शेर्पा स्माइल फर होप फाउण्डेशनको अध्यक्ष, सगरमाथा सरोकारको महासचिव, जुभिङ शेर्पा समाजका संस्थापक महासचिव, नेशनल जियोग्राफि पोल्याण्डको नेपालका लागि आधिकारीक हिमालयन पथप्रदर्शक र टानको वर्तमान कार्यसमितमा सदस्य समेत हुनुहुन्छ ।


कृष्णमान श्रेष्ठ, 
सह–कोषाध्यक्षका उम्मेदवार
प्रवन्ध निर्देशक, नेपाल तिवेत ट्रेकिङ प्रा.लि
२०३२ सालमा धादिङ जिल्लाको ज्यामरुङ–१ मा जन्मनुभएका कृष्णमान श्रेष्ठ सन् १९९७ बाट ट्रेकिङ क्षेत्रमा प्रवेश गरि पोर्टर, गाईड, म्यानेजर हुदैं सन् २०१२ देखि नेपाल टिवेत ट्रेकिङ प्रा.लि. संचालन गर्दै आउनु भएको छ । विभिन्न सामाजिक संघ÷संस्थामा पनि आवद्ध उहाँ नेपाल रेडक्रस सोसाईटीमा लागेर विभिन्न समयमा सामाजिक सेवामा लागिरहनुभएको छ ।
टान निर्वाचन २०१५ मा सहकोषाध्यक्षको उम्मेदवार बन्नुभएका श्रेष्ठ व्यवसायी र मजदुरको हितमा आफुलाई समर्पित गर्न चाहनुहुन्छ । उहाँले व्यवसायिक शिलशिलामा चिन, भुटान र भारतको भ्रमण गरिसक्नुभएको छ ।


रुद्र जड्ड अधिकारी, 
सदस्यको उम्मेदवार 
प्रवन्ध निर्देशक, बुना ट्रेक्स एण्ड एक्सपिडिसन्स् प्रा.लि

टान निर्वाचनका लागि सदस्य पदको उम्मेदवार रुद्रजङ्ग अधिकारी धादिङ जिल्लाको फुलखर्कमा जन्मनुभएको सफल युवा पर्यटन व्यवसायी हुनुहुन्छ । सन् २००३ बाट टे«किङ व्यवसायमा आवद्ध अधिकारी वुना टे«क्स एण्ड एक्सपिडिसनन्स्का प्रवन्ध निर्देशक हुनुहुन्छ । त्यस्तै अधिकारीसंग होटल म्यानेजमेन्ट सम्बन्धि ४ वर्षको अनुभव पनि छ । उहाँको आफ्नै लगानीमा होटल पोखरा भ्यू र होटल अमारिलिज संचालनमा छन् । 
पर्यटन प्रवद्र्धनका क्रममा थाइल्यान्ड, मलेसिया, सिगांपुर लगायत थुपै देशको भ्रमण गर्नुभएका अधिकारी नेपालमा पर्यटन विकासका लागि स्पष्ट भिजन नआएको वताउनुहुन्छ । चिनिया भाषामा विषेश दख्खल राख्ने अधिकारी नेपाल सरकार र टान मिलेर ट्रेकिङका नयाँ–नयाँ रुट विकास गर्नुपर्ने खाँचो औल्याउनुहुन्छ ।

 

 



तारानाथ लामिछाने (दिनेश), 
सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, ओशोभिजन ट्रेक्स एण्ड एक्पिडिसन् प्रा. लि.
गोरखा जिल्लामा जन्मनुभएका लामिछाने विगत १० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । ह्याण्डिक्राफ्ट व्यवसायसँगै रसियन भाषा सिकेर ट्रेकिङ क्षेत्रमा होमिनुभएका उहां ट्रेकिङ गाईड, टुर अपरेटर, म्यानेजर हूदै २००८ बाट आफ्नै ट्रेकिङ व्यवसायमा आबद्ध हुनुहुन्छ । ओशोहोम होटल पनि संचालक लामिछाने स्वच्छरुपले व्यवसाय संचालन गर्दा मजदुर र व्यवसायी कसैले पनि दुःख पाउनुहुन्न भन्ने मान्यता राख्दै समाजसेवामा पनि सकृय हुन्ुहुन्छ। 
अंग्रेजि विषयमा स्नातकोत्तर लामिछाने पर्यटन क्षेत्रमा फैलिएको नकारात्मक सन्देशलाई चिर्ने र व्यवसायीक तथा पेशागत अधिकार स्थापित गराउन आफु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका शिलशिलामा अमेरिका, रसिया, युरोप, भारत लगायतको भ्रमण गर्नुभएको छ भने टान निर्वाचन २०७२ मा सदस्य पदको उम्मेदवारमा खडा हुनुभएको छ । 


सूर्यबहादुर घिमिरे, 
सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, ग्रेट नेपाल ट्रेक्स एण्ड एक्पिडिसन्
टान निर्वाचनमा सदस्यका लागि उम्मेदवार सूर्यवहादुर घिमिरे खोटाङ जिल्लामा जन्मिनुभएका एक जुजारु युवा व्यवसायी हुनुहुन्छ । विगत लामो समय देखि पर्यटन व्यवसायको अलावा ट्राभल, रेमिट्यान्स कम्पनी, स्कुल, सहकारीमा पनि आवद्ध हुनुहुन्छ । 
घिमिरे मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाको प्रबन्ध निर्देशक, आकृति सवमनि रेमिट्यान्स प्रा.लि.का अध्यक्ष, ग्रेट नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लिका प्रबन्ध निर्देशक, ट्याम्के ट्राभल एण्ड टुर्सका अध्यक्ष, बेबीलोन राष्ट्रिय उच्च माध्यामिक विद्यालयका संचालक, इन्क्लुसिभ वोमेन डेभलपमेन्ट फोरम नेपालका महासचिव र विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुनुहुन्छ । टान ट्रेकिङ व्यवसायीको साझा संस्था भएकोले यसलाई राजनीति गर्ने थलोको रुपमा विकास गर्न नहुने कुरामा जोड दिनुहुन्छ ।


देवी पाण्डे, 
सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, एड्भेन्चुअर इन्टरनेशनल ट्रेकिङ
आसन्न टान निर्वाचनमा सदस्यका उम्मेदार देवी पाण्डे २०३० सालमा गोरखा बोर्लाङ–१ मा जन्मनुभएको हो । उहाँ विगत २३ वर्षदेखि पर्यटन क्षेत्रका क्रियाशिल हुनुहुन्छ । सन् २००७ बाट आफ्नै व्यवसाय सुरु गरि पर्यटन व्यवसायीको रुपमा स्थापित व्यक्तित्व पाण्डे गोरखा पर्यटन कार्यसमिति सदस्य, किपको सदस्य रहनुभई सामाजिक क्षेत्रमा उत्तिकै सकृय हुनुहुन्छ ।
अमेरिका, अष्ट्रेलिया, जर्मन लगायत १० देशको व्यवसायिक तथा अध्ययन भ्रमण गरिसक्नुभएका उहाँले विदेशका राम्रा अनुभवलाई नेपालमा लागु गर्नु पर्ने खाचो औलाउनुहुन्छ । सामाजिक संस्थालाई प्राईभेट कम्पनीजस्तो गरि चलाउनेहरुको बिरोध गर्ने र त्यसको शुद्धीकरण अभियानमा लाग्ने बताउनुहुन्छ । व्यवसायिक संस्थामा सकारात्मक वातावरण निर्माण गर्न उत्कृष्ट भुमिका खेल्ने अठोट व्यक्त गर्नु हुन्छ।


डम्बरबहादुर अधिकारी, 
सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, ट्रेकर्स ट्रेक नेपाल
टान निर्वाचनमा सदस्यको उम्मेदार डम्बर बहादुर अधिकारी धादिङको कटुञ्जेमा जन्मनुभएको हो । विगत १८ वर्षदेखि पर्यटन क्षेत्रमा आबद्ध उहाँ पर्यटन व्यवसायीको रुपमा स्थापित र अनुभवी हुनुहुन्छ । 
अधिकारी पर्यटन पूर्वाधारको विकास र बजारलाई व्यवस्थित गर्नु पर्ने कुरामा जोड दिनुहुन्छ । व्यवसायिक संस्थालाई व्यवस्थित पार्न सकेमात्र यस क्षेत्रमा सोचेअनुरुपको सुधार गर्न सकिने भन्दै उहाँले जग बलियो बनाएर नै पर्यटन क्षेत्रको समग्र सुधारमा लाग्नुपर्ने मान्यता राख्नुहुन्छ । उहाँले नेपालको पर्यटन प्रवद्र्धनको शिलशिलामा ५ भन्दा बढि मुलुकको भ्रमण गरिसक्नुभएको छ ।फ्युचर भिलेज नेपाल नामक संस्थामार्फत उहाँ शिक्षा र खानेपानीका क्षेत्रमा क्रियाशिल हुनुहु्रन्छ ।


वासुदेव लम्साल, 
सदस्यका उम्मेदवार 
प्रबन्ध निर्देशक, एण्डेन्चर हिमालयन सर्किट ट्रेक्स एण्ड टुर्स
धादिङ जिल्लाको ज्यामरुङ गाविसमा जन्मनुभएका लम्साल विगत १२ वर्ष यता पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । त्यसमध्ये १० वर्ष ट्रेकिङ क्षेत्रमा नै लम्सालले आफुलाई समर्पित गराउनुभएको छ । ट्रेकिङ, ¥याफ्टिङ, ट्राभलिङ क्षेत्रमा संलग्न लम्साल मजदुर संगठनमा आबद्ध हुँदै व्यवसायी बन्नुभएको हो । टान निर्वाचनमा सदस्यका उम्मेदवारका रुपमा प्रस्तुत हुनुभएका लम्साल टानमा भईरहेको विकृति अन्त्य गराउने, व्यवसायीका कुरालाई जोडदाररुपमा उठाउने र ट्रेकिङ व्यवसायीको व्यवसायिककरणमा आफुलाई उभ्याउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका लम्साल विभिन्न सामाजिक सेवामा संग्लग्न हुनुका साथै लाईन्स क्लब अफ गौरिशंकरको सदस्य पनि हुनुहुन्छ ।


वाङ्छु शेर्पा, 
सदस्यका उम्मेदवार 
प्रबन्ध निर्देशक, ट्रेकिङ क्याम्प नेपाल प्रा.लि.
भोजपुर जिल्लामा जन्मनुभएको वाङ्छु शेर्पा सन् १८८९ देखि नै ट्रेकिङ क्षेत्रको अनुभव संगाल्नुभएको उहाँले ट्रेकिङ क्याम्प नेपाल स्थापना गरेर आफुलाई सफल व्यवसायीको रुपमा उभ्याउनुभएको छ । 
ट्रेकिङ क्षेत्रमा लामो अनुभव संगाल्नुभएका उहाँले कम्पनी स्थापना गरी निरन्तर यस क्षेत्रमा संलग्न हुनुहुन्छ । टानको विभिन्न गतिविधिमा संलग्न रहनुभएका शेर्पा मजदुर र व्यवसायी विचको सुमधुर सम्वन्धमा जोड दिदैं सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।


सरिता लामा, 
सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, अफ् दी वाल ट्रेकिङ प्रा. लि
सन् २००४ मा नर्सिङ पेसा छाडेर ट्रेकिङ व्यवसायमा होमिनु भएकी लामाले विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आउनु भएको छ । व्यवसायमा महिला सहभागिता र सशक्तिकरणको एजेण्डा बोकेर आगामि टानको निर्वाचनमा सदस्यको प्रत्यासीको रुपमा मैदानमा उत्रिनु भएको छ । रामेछाप जिल्लाको ददुवा गाविसमा २०३८ साल पुस १९ गते जन्मिनुभएका लामा अफ् दी वाल ट्रेकिङका प्रबन्ध निर्देशक हुनुहुन्छ । इमान्दारीता, धैर्यता, दृढ विश्वास, अथक परिश्रम, लगानशीलताले सफलता हासिल गर्नु भएको लामा टानलाई पारदर्शी, व्यवसायिक र उन्नत संस्थाको रुपमा स्थापित गराउनु पर्ने बताउनु हुन्छ । उहाँले युरोप र पाकिस्तानको भ्रमण गर्नु भएको छ ।


ङावा ङिमा शेर्पा, सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, सोरा एड्भेन्चर ट्रेक्स एण्ड एक्पिडिसन
पूर्वी नेपालको विकट पहाडी जिल्ला ओखलढुङ्गामा जन्मिनुभएका शेर्पा बाल्यकाल देखि नै पर्यटनसंग नजिकको सम्बन्ध राख्नुहुन्छ । सन् १९९६ देखि पर्यटन क्षेत्रलाई औपचारिकरुपमा अगाडि बढाउनुभएका शेर्पाले सन् २००६ मा आफ्नै कम्पनी खोलेर व्यवसाय अगाडि बढाउनुभयो । टानलाई व्यवस्थित गर्ने भन्दै आगामि टान निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिर्नभएका शेर्पा कोरियन बुद्धिष्ट फाउन्डेसन नामक गैरसरकारी संस्थाको कन्ट्री म्यानेजर तथा वल्र्ड इज संस्थाका संस्थापक अध्यक्ष भएर ग्रामिण क्षेत्रको सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना र जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आउनुभएको छ । ग्रामिण पर्यटन व्यवसायको प्रवद्र्धन समयानुकुल अगाडि बढाउन चाहने शेर्पाले पर्यटन प्रवद्र्धनका क्रममा १३ देशको भ्रमण गरिसक्नुभएको छ ।

तपाईंको बिचार