Friday, October 20, 2017

पर्यटक यातायातका गतिशिल युवा व्यवसायी रमेश गौतम

प्रकाशित मिति: 2015/12/09
रमेश गौतम – प्रवन्ध निर्देशक, ग्रेटफूल टुर्स एण्ड ट्रान्सपोटेसन सर्भिस प्रालि
रमेश गौतम – प्रवन्ध निर्देशक, ग्रेटफूल टुर्स एण्ड ट्रान्सपोटेसन सर्भिस प्रालि

युवा पर्यटन व्यवसायी रमेश गौतम ग्रेटफूल टुर्स एण्ड ट्रान्सपोटेसन सर्भिस प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए)को पूर्वकार्यसमिति सदस्यसमेत रहनुभएका उहाँ विगत एक दशकभन्दा लामो समयदेखि पर्यटक यातायातमा संलग्न रहँदै आउनुभएको छ । 
...
वि. सं. २०३७ सालमा काभ्रेस्थित कोसीपारी माजिफेदा गाविसमा जन्मिनुभएको हो, गौतम । उहाँ सन् २००२ देखि पर्यटक यातायात क्षेत्रमा सक्रिय हुनुहुन्छ । सामान्य जागिरेको रुपमा यस क्षेत्रमा प्रवेश गर्नुभएका गौतमले सन् २००९ देखि राजधानीको गैरीधारामा ग्रेटफूल टुर्स एण्ड ट्रान्सपोटेसन संचालन गर्दै आउनुभएको छ । 

...
तर, लामो समयदेखिको भारतीय नाकाबन्दीका कारण पर्यटक यातायात क्षेत्रमा सर्वाधिक मार परेको छ । ‘चरम इन्धन अभावका कारण हामी व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्न पाईरहेका छैनौँ ।’ गौतम भन्नुहुन्छ । इन्धन अभावले लामो रुटको पर्यटक सवारी पूर्णतया प्रभावित भएको गौतम बताउनुहुन्छ । ‘इन्धन अभावले यतिवेला हामी उपत्याकामा मात्रै सीमित हुनुपरेको छ ।’ उहाँ भन्नुहुन्छ, ‘टाढाको बुकिङ रद्द गरिएको छ ।’ राजधानी आसपासका क्षेत्रमा सेवा दिन पनि मुस्किल भएको उहाँ बताउनुहुन्छ । सर्वसाधरण समान व्यवसायीहरुले इन्धन पाएको भन्दै व्यवसायीक क्षेत्रलाई थप इन्धन उपलब्ध गराउनुपर्ने उहाँको माग छ । 
विनासकारी भूकम्पका कारण पर्यटनमा परेको गम्भिर संकटको असर केही मत्थर हुने क्रममा मूख्य सिजनमै झण्डै तीन महिनायता इन्धन आपूर्तिसमेत रोकेर भारतले लगाएको नाकाबन्दीका कारण पर्यटक यातायात क्षेत्र डामाडोल भएको गौतम बताउनुहुन्छ । ‘भूकम्पपछि पनि केही मात्रामा पर्यटन क्षेत्र तङ्ग्रिएको थियो, नाकाबन्दीले ठूलो संकट ल्यायो ।’ गौतम भन्नुहुन्छ । पर्यटक नआउनुभन्दा पनि आएकाहरुलाई नै सेवा दिन हम्मे भएको उहाँ बताउनुहुन्छ । हाल आन्तरिक पर्यटकको सिजन भए पनि इन्धन अभावका कारण सवारी साधनहरु ग्यारेजमा थन्क्याउनुपरेको गौतम बताउनुहुन्छ । 
विभिन्न कारणले पर्यटक नआउनु तथा आएकालाई इन्धन अभावका कारण सेवा दिन नसक्नु जस्ता तत्कालिन समस्या त छँदैछ, यसबाहेक चर्को बैँक व्याजदर र सवारी खरिद गर्दाको ऋण तिर्न व्यवसायीहरुलाई निकै धौधौको अवस्था रहेको दीर्घकालिन समस्या पर्यटक यातायातमा रहेको गौतमले बताउनुभयो । ‘चर्को शूल्क तिरेर खरिद गरिल्याएका गाडीहरुको ऋण तिर्न निकै सकस छ, व्यवसायीहरुलाई ।’ व्यवसाय राम्रोसँग सञ्चालन हुने वातावरण नभएको स्थितिमा सरकारले सहजीकरण गनुपर्ने गौतमको दावी छ । ‘अप्ठ्यारोको स्थितिमा सरकारले व्यवसायीहरुको मर्का बुझिदिनुपर्ने हो । तर सरकारले हामीलाई हेर्दैहेर्दैन ।’, उहाँ भन्नुहुन्छ । सरकारले पर्यटक यातायात व्यवसायलाई गम्भिर रुपमा हेरिदिनुपर्ने उहाँको भनाई छ । 
विभिन्न कारणले पर्यटन क्षेत्र सिथिल हुँदा पर्यटक यातायात क्षेत्र चौपट भएको र यस्तै अवस्था कायम रहने हो भने आगामी केही समयपछि व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति बन्ने भन्दै गौतमले चिन्ता व्यक्त गनुृभयो । ‘हामी व्यवसायीहरु पूरै घाटामा र्छाैँ ।’

 

लामो समयदेखि पर्यटक यातायात क्षेत्रमा सक्रिय रहँदै आउनुभएका गौतम पर्यटक यातायात क्षेत्रमा अन्य थुप्रै समस्या औँल्याउनुहुन्छ । जसमध्ये भारतीय व्यवसायीहरुको ज्यादती अर्को समस्या रहेको उहाँ बताउनुहुन्छ । ‘भारतीय व्यवसायीहरु नेपालको विमानस्थलमा गएर व्यापार गर्छन ।’ अर्को मुलुकमा छिरेर कुनै पनि तेस्रो मुलुकका पर्यटकसँग व्यापार गर्नु गलत भएपनि सरकारले यस्ता कार्यहरु रोक्न नसकेको गौतमले बताउनुभयो । ‘भारतीयहरु नेपाल आएर यहाँको विमानस्थलबाट पर्यटकहरुलाई पिकअप गर्नु सरासर गलत काम हो ।’ गौतम भन्नुहुन्छ, यो काम तत्काल रोकिनुपर्छ ।’
...
ग्रेटफूल टुर्स एण्ड ट्रान्सपोटेसन सञ्चालन गरेर पर्यटकीय सेवा, सुविधा उपलब्ध गराईरहनुभएका गौतम समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ‘मैले मेरो गाविसको भलाईका लागि केही काम गरेको छु ।’ आफ्नो गाविसका विभिन्न विद्यालयहरुमा विभिन्न शैक्षिक सामग्री वितरण गर्ने लगायतका विभिनन कामहरु गौतमले गर्दै आउनुभएको छ । 

तपाईंको बिचार