Sunday, June 25, 2017  |    

गीताको समाजसेवा ‘प्यासन’

प्रकाशित मिति: 2015/12/30

गीता गुरुङ पर्यटन क्षेत्रमा कुनै नौलो नाम होईन् । ठमेल पर्यटन विकास परिषद्की सचिव गुरुङ पर्यटनमा जति क्रियाशिल छिन्, त्यही सरह, वा भनौँ सोेभन्दा पनि बढी समाजसेवामा सक्रिय छिन् । यो उनको कामको जस हो । 

गीता गुरुङको समाजसेवाप्रतिको रुझान हेर्दा लाग्छ, समाजसेवा उनको रगतमा बगेको छ । हुनत् उनी स्वयं भन्छिन्, ‘समाजसेवा मेरो सपना हो ।’ उनको खाँटी परिचय उनका समाजसेवाका गतिविधिहरुको चर्चाबिना अपूर्ण हुन्छ । 
बिगत डेढ दशकदेखि उनी समाजसेवामा निरन्तर रुपमा लागिरहेकी छिन् । 
...
भन्नलाई ठमेल क्षेत्रलाई हामी मुलुककै पर्यटकीय ‘हब’ भन्छौँ । पर्यटकीय सेवा सुविधाले सम्पन्न ठमेल जति रंगीचंगी देखिन्छ, यहाँभित्र जेलिएका अनेक समस्याहरुले यो क्षेत्र उत्तिकै अँध्यारो पनि छ । यसमध्ये एक हो –सडक बालबालिकाहरुको समस्या । 
हो, यही सडक बालबालिकाहरुको उचित व्यवस्थापन गर्ने काममा गुरुङले आफ्ना पाईलाहरु अघि बढाएकी छिन् । 
ठमेल क्षेत्रमा सडक बालबालिकाहरुको समस्या समाधान गर्ने उद्देश्यले हालैमात्र गुरुङले एउटा संस्था खोलेकी छिन् –रेज अफ होप नेपाल । यसैमार्फत ठमेलको सडक बालबालिकाहरुको समस्या निमिट्यान्न पार्ने उनको योजना छ ।
भूकम्पपश्चात, गत पाँच महिनाअघिमात्र स्थापना गरिएको उक्त संस्था हाल प्रारम्भिक कालमै छ, तथापी उनको लक्ष्य महान र पवित्र छ । संस्थाको नामै काफी छ –रेज अफ होप अर्थात आशाका किरण । संस्थाले घोर निराशामा डुबेका सडक बालबालिकाहरुलाई आशाको सुनौला किरण प्रवाहित गर्छ । 
सडक बालबालिकाहरुको समस्या समाधानार्थ भन्दै खोलिएका अनेकौँ संघसंस्थाहरु राजधानीमा छन् । तर, जति नै धेरै संघसंस्थाहरु खोलिए पनि समस्या समाधानका मामिलामा तिनको उपस्थिति झण्डै शून्यप्रायः छ । नत सरकारले नै सडक बालबालिकाहरुको समस्याका समाधानको आवश्यकता देखेको छ ! 
वर्षेनी ठमेल क्षेत्रमा बढ्दै गएका बालबालिकाहरुको समस्या समाधानका लागि गुरुङले संस्था खोलेरै अघि बढेकी हुन् । सुरुवाती अवस्थामै रहेको ठमेल सातघुम्तीस्थित संस्थामा हाल नौजना मात्र सदस्यहरु छन् । हालसम्म संस्थागत काममा मात्रै सीमित रहेको यो संस्थाले छिट्टै नै आफ्नो लक्ष्यअनुसारको काममा अघि बढ्ने गुरुङले बताईन । 

आफ्नै व्यक्तिगत लगानीमा गुरुङले संस्था स्थापना गरेकी हुन् । खर्चको व्यवस्थापनका लागि उनले एक रेष्टुराँसमेत खोलेकी छिन् –ग्रयान्नि मम ।

यद्यपी ठमेल पर्यटन विकास परिषद्ले उनलाई अढाई वर्ष अघि नै सडक बालबालिकाको व्यवस्थापनका लागि जिम्मेवारी तोकेको थियो । 
गुरुङका अनुसार ठमेल क्षेत्रमा हाल २५ देखि ३० जना सडक बालबालिकाहरु छन्, जसमा अधिकांश केटाहरु छन, चारजनाको संख्यामा केटीहरु पनि छन् । यो संख्या बर्षेनी बढीरहेको उनले देखेकी छिन् । ती सडक बालबालिकाहरुले व्यापार, व्यवसायमा अवरोध गर्नेमात्र होईन, पर्यटकहरुलाई समेत दु ःख दिने गर्छन, यो उनी स्वयंले भोगेकी छिन् । 
गुरुङको योजना अनुसार सडक बालबालिकाहरुको व्यवस्थापन गर्न संस्थाले पहिलो चरणमा सम्बन्धित बालबालिकाहरुलाई पुनसर््थापना केन्द्रमा सिफारिस गर्छ । पुनसर््थापना केन्द्रबाट तिनको कुलत छुटाईसकेपछि उनिहरुको सोख र रुचीअनुसार पढाउने, प्राविधिक सिप सिकाउने वा जिविकापार्जनका लागि सघाउने काम गरिन्छ । 
यसअघि पनि सडक बालबालिका सम्बन्धि काम गर्दै आएकी गुरुङका विभिन्न अनुभव छन् । ‘सडकमा आउनुका उनिहरुका आ– आफ्नै बाध्यताहरु छन् ।’  गुरुङ भन्छिन् । खासगरी काभ्रे, पोखरालगायतका ठाउँका बालबालिकाहरु ठमेलका सडक रहेको उनले बताईन । केही समयपहिले उनले ७ वर्षदेखि पोखराबाट आएर २१ वर्षसम्म ठमेलको सडकमा बस्ने एक बालक भेटेकी थिइन् । उक्त बालकलाई हाल उनले आफ्नै रेष्टुराँमा जागिर दिएकी छिन् । आशा गरौँ –आगामी दिनमा उनले सबै सडक बालबालिकाहरुको यसरी नै व्यवस्थापन गर्नेछिन् । 
सडक बालबालिकाहरुको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुप्रति गुरुङको गुनासो छ । ‘सडक बालबालिकाहरुको क्षेत्रमा लगानी धेरै भए पनि काम कम भएको छ ।’, उनी भन्छिन्, ‘लगानीअनुसार काम भएको भए सडकमा बालबालिका हुन्थेनन् होला ।’ सडक बालबालिकाहरुको समस्या समाधानका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न उनी तयार छिन् । ‘मेरो यो सकारात्मक काममा सहयोग र सहकार्य गर्न म सबैलाई अपिल गर्दछु ।’ उनको सन्देश छ । 
...
माथी नै भनियो, गरुङल विगत लामो समयदेखि समाजसेवाका काममा क्रियाशिल रहँदै आएकी थिईन । सन् २००३ मा उनी रिकभरिङ भ्वाईस नामक ‘डे केयर सेन्टर’को कार्यकारी सदस्य थिईन । जसले लागूपदार्थको दूव्र्यासनीमा लागेकाहरुको उद्दारको काम गथ्र्यो । सो संस्थामा पाँच वर्षसम्म उनी सक्रिय थिईन । त्यस्तै सन् २००३ देखि नै उनी नेपाल एक्टिभ वुमन अर्गनाईजेसन नामक एक संस्थामा महासचिवको रुपमा कार्यरत् रहिन् । महिला सशक्तिकरणका कामहरु गर्दै आएको उक्त संस्थामा पनि उनी पाँचै वर्षसम्म क्रियाशिल रहिन् । 
सन् २००७ देखि गुरुङ त्रिनेत्र फाउन्डेसनमा आवद्व रहिन् । दृष्टिबिहीनहरुको हेरचाह गर्दै आएको उक्त संस्थाको महासचिवको रुपमा उनी हालसम्म पनि कार्यरत् छिन् । यसैगरी उनी मनाङ वुमन इम्पावरमेन्ट गु्रप नामक संस्थामा पनि कार्यसमिति सदस्य छिन् । मनाङका पीछडिएका महिलाहरुलाई ज्ञान, सिप र क्षमता वृद्विमा यो संस्थाले काम गर्छ ।

प्रस्तुती :सुवास भट्ट

तपाईंको बिचार