Wednesday, August 23, 2017

पाका ट्राभल व्यवसायी नारायणप्रसाद गुरुङ कोने

प्रकाशित मिति: 2016/01/14
नारायण प्रसाद गुरुङ कोने
नारायण प्रसाद गुरुङ कोने

नारायण प्रसाद गुरुङ कोने नाट्टा निर्वाचनमा अध्यक्षका प्रत्यासी सम्भूराज पाठक समूहका प्रथम उपाध्यक्षका उम्मेद्वार हुन् । 
कोनेको छोटो चिनारी ?
नारायण प्रसाद गुरुङ कोने सन् १९८९ देखि अनवरत रुपमा ट्राभल, टुर व्यवसायमा सक्रिय छन् । पार्टनरसिपमा व्यवसाय गर्दै आएका कोनेले सन् २००२ मा चियरफूल होलिडे नामक कम्पनी खोलेर ट्राभल क्षेत्रमा थप शसक्त रुपमा अघि बढेका हुन् । हङकङको एक कम्पनीसँग आवद्व उनको संस्थाले खासगरी चीन र हङकङकमा ट्राभल, टुर संचालन गर्छ । 
कोने व्यवसायीक रुपमा मात्र होईन नाट्टामै रहेर पनि लामो र राम्रो अनुभव संगालिसकेका छन् । उनी वर्तमान कार्यसमितिकै कोषाध्यक्ष हुन् । यसबाहेक उनी नाट्टाकै टुरसम्बन्धी समितिको संयोजकसमेत हुन् । यस कार्यकालभन्दा अघि उनी मानव संसाधन कमिटीमा रहेर काम गरेका थिए । 
लामो व्यवसायीक र संस्थागत अनुभव संगालिईसकेका कोने वर्तमान कार्यसमितिले सुरु गरिसकेका कतिपय कामहरु सम्पन्न गर्नका साथै मुलुकको पर्यटन विकासका लागि सकारात्मक अन्य कामहरुको सुरुवातका लागि पनि आफ्नो टिम अत्यावश्यक रहेको दावी गर्छन् । 
कोनेलाई ट्राभल, टुर क्षेत्रको एक परिपक्व व्यक्तिको रुपमा चिनिन्छ । उनी एसिया र युरोपका अधिकांश मुलुकहरुको भ्रमण गरेका छन् ।

 

तपाईंको बिचार