Thursday, April 27, 2017  |    

पर्यटन विकासमा योगदान पुर्‍याउने मेरो अठोट : घले

प्रकाशित मिति: 2016/01/14

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सन् १९९७ सालमा पर्यटन क्षेत्रमा प्रवेश गरेका राम बहादुर घले युवा ट्राभल, टुर व्यवसायी हुन् । जीवनको उर्जाशील समय पर्यटन क्षेत्रमा खर्चिएका उनै घले नाट्टाको यही जनवरी १७ तारिखमा हुन गईरहेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट् (नाट्टा) निर्वाचनमा कोषाध्यक्षमा उम्मेद्वार बनेका छन् । सम्भूराज पाठक समूहबाट उनी उक्त पदका लागि दाबेदार छन् । 
ट्राभल, टुर क्षेत्रमा घलेसँग लामो अनुभव छ । पर्यटनमा लाग्ने क्रममा घलेले सन् २००० मा घले ट्रेक्स सञ्चालनमा ल्याएका थिए । यसपश्चात उनले पुनः अर्को कम्पनी लिबर्टी होलिडे नामक अर्को संस्था सञ्चालन गर्दै आएका छन् । 
घले पर्यटन क्षेत्रका महत्वपूर्ण विभिन्न संघसंस्थामा यसअघि विभिन्न समयमा कार्यरत् थिए । टान, पाटा, आस्तालगायतका विभिन्न संघसंस्थाहरुमा विभिन्न भूमिकामा उनले कार्यसम्पादन गरिसकेका छन् । 
घले नाट्टामा भने पहिलोपटक जान लागेका हुन् । गत निर्वाचनमा सदस्यका लागि झिनो मतले पराजित उनी नाट्टा निर्वाचनमा दोस्रो पटक होमिन लागेका छन् । 
सम्भूराज पाठक समूहमा निकै सक्रिय भुमिका खेल्दै आएका घलेसँग आगामी दिनमा नाट्टालाई नयाँ उचाई दिने बृहत सोच छ । ‘संस्थालाई नयाँ ढंगबाट अघि बढाउँदै मुलुकको पर्यटन विकासमा योगदान पु¥याउने मेरो अठोट हो ।’  यसका लागि अन्तर्राष्ट्रिय प्रवद्र्वनमा विशेष जोड दिने, विदेशी विभिन्न ट्राभल मार्टहरुसँग सहकार्य गरेर प्रवद्र्वन अघि बढ्ने, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डका साथै सरोकारवाला विभिन्न निकायहरुसँग सहकार्य गर्दै पर्यटन विकासलाई गति दिने उनका सोच छन् । त्यस्तै नाट्टाको सदस्य विस्तार गर्ने, संस्थाको कोष वृद्वि गर्ने र संस्थालाई पारदर्शी र किफायती ढंगले अगाडि बढाउने उनका बृहत्तर योजना छन् ।  

तपाईंको बिचार