Sunday, June 25, 2017  |    

समग्र ट्राभल व्यवसायीहरुको हकहितमा परिणामात्मक काम गरिन्छ : पन्त

प्रकाशित मिति: 2016/01/16
भिमप्रसाद पन्त, महासचिवका प्रत्यासी, मधुसूदन आचायृ समूह
भिमप्रसाद पन्त, महासचिवका प्रत्यासी, मधुसूदन आचायृ समूह

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
पर्यटनमा भिमप्रसाद पन्त आफैँमा सिङ्गो परिचय हो । अढाई दशकभन्दा लामो समयदेखि उनी पर्यटन क्षेत्रमा सक्रिय छन् । 
सन् १९८९ मा पर्यटनमा पाइला टेकेका पन्तले हालको अवस्थामा आईपुग्दा पर्यटनमा बेग्लै छवि निर्माण गर्न सफल छन् । 
उनै पन्त भोलीमात्र हुन गईरहेको नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को निर्वाचनमा महासचिवको रुपमा मैदानमा छन् । नाट्टाको ५२ औँ साधारणसभासँगै हुन गईरहेको निर्वाचनका लागि मधुसूदन आचार्य प्यानलबाट उनी सो पदमा दावेदार हुन् । 
सन् १९९२ मा सामान्य एक कम्पनीबाट ट्राभल क्षेत्रमा प्रवेश गरेका पन्त त्यसको चार वर्षमा म्याग्निफिसेन्ट ट्राभल्स एण्ड टुर्सको स्थापना गरी थप सशक्त रुपमा अघि बढेका थिए । पन्तले खासगरी ‘इन बाउन्ड’ टुर सञ्चालन गर्दै आएका छन् । 
उनी सन् २०१० –२०१२ कार्यकालमा नाट्टाको कार्यसमिति सदस्य थिए । 
समाज विज्ञानमा स्नात्तकोत्तर पन्त टुरिज्म बैँकका निर्देशक हुन् । पन्तले नेपाल पर्यटन बोर्ड भ्रष्टाचार छानबिन आयोगमा बसेर समेत कार्यसम्पादन गरेका छन्, जसका कारण बोर्डले केही समयअघिमात्र बोर्डले सीईओ पाउन सफल भएको थियो । समाजसेवामा समेत रुची राख्ने उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्व छन् भने दर्जनौँ सम्मानहरु पनि पाईसकेका छन् । 
ट्राभल व्यवसायीहरुका साथै समग्र पर्यटन क्षेत्रको उत्थान र समृद्विका लागि महासचिवमा नाट्टामा आफूले उम्मेद्वारी दिएको उनको भनाई छ । ‘समग्र ट्राभल व्यवसायीहरुको हकहितमा परिणामात्मक काम गरिन्छ ।’ उनी भन्छन्, ‘व्यवसाय र व्यवसायीको हितका लागि स्पस्ट देखिने खालको काम गरिन्छ ।’ आफ्नो प्यानलले २४ बुँदे प्रतिवद्वता पत्र सार्वजनिक गरेको र सोहीअनुकुल काम गरिने उनको दावी छ । 

तपाईंको बिचार