Saturday, March 25, 2017  |    

सबैको रोजाइमा पर्दै ठमेलको परिवार होलिडेज

प्रकाशित मिति: 2016/01/25
 र‌ामचन्द्र गिर‌ी –प्रबन्ध निदेर्‌शक, परिवार होलिडेज
र‌ामचन्द्र गिर‌ी –प्रबन्ध निदेर्‌शक, परिवार होलिडेज

यस होटलमा चाइनिज, इन्डियन कन्टिनेन्टलका साथै नेपाली खानाको स्वाद चाख्न पाइन्छ । होटलको मुख्य विशेषता भनेकै नेपाली लोकल खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनु रहेको होटलका प्रबन्ध निर्देशक रामचन्द्र गिरी बताउनुहुन्छ । १५ वटा कोठा रहेको उक्त होटल  बुकिङ सिस्टम अनलाइनबाट नै हुने गरेको हुनाले पनि सबैको पहिलो रोजाइमा पर्ने गरेको छ ।

होटललाई अझै बुटिक स्टायलको ढाँचामा लगिएको कोठामा नेपाली परम्परा झल्कने गरी कोठाको सजावट गरिएको छ । अरु होटलहरुको भन्दा यस होटलको सजावटको आधारमा पनि छुट्टै रहेको छ । यस होटल एन्टिक तथा बुटिक दुबै सेवा तथा सुविधा दिएको छ । युवा पर्यटन व्यवसायी रामचन्द्र गिरीले संचालनमा ल्याउनुभएको यस होटलमा घाम उदाएदेखि नअस्ताउन्जेलसम्म घाम लागि रहने र पर्यटकले त्यसको भरपुर उपयोग गर्न सक्नेछन् । होटलको दोस्रो तल्लामा एकपट्टी कोठा र अर्कोपट्टी ट्यारेस गार्डेन रेष्टुरेन्टको सुविधासमेत दिइने भएको छ । परिवार होलिडेजमा २० देखि २५ जना स्टाफहरुले पर्यटकहरुलाई सेवा सुविधा दिँदै आएको छ । परिवार होलिडेज होटलमा आउने पर्यटकहरुले नेपालको जुनसुकै ठाउँमा जानका लागि ट्राभल्स सुविधा पाइरहेका छन् । परिवार होलिडेज होटलमा आउने पर्यटकहरुलाई त्यहीँ बसी बसी बे्रक फास्ट, लन्च, डिनर तथा ड्रिङ्सको सुविधा लिन पाउनेछन् । ठमेलमा रहेका होटलहरुमध्ये खान, बस्न र घुम्न पाउने सुविधा भएको कमै होटलहरुमध्ये होटल परिवार होलिडेजको नाम परिचित नै छ । पर्यटनमा लामो अनुभव संगाली सकेका संचालक गिरि यसका साथै ट्रेकिङ क्षेत्रमा समेत रहेर पर्यटन विकासमा लागिरहनु भएको छ । पर्यटनका सूपरिचित गिरी यसका साथै सामाजिक सेवामा पनि उतीकै सक्रिय रहेनु भएको छ ।

 

तपाईंको बिचार