Sunday, June 25, 2017  |    

कास्की देखि काठमाडौं सम्म भण्डारीको पर्यटन यात्रा

प्रकाशित मिति: 2016/02/01
बोधराज भण्डारी, प्रबन्धनिर्देशक –स्नो होराइजन ट्रेक्स एन्ड एक्सपीडिसन प्रा.लि.
बोधराज भण्डारी, प्रबन्धनिर्देशक –स्नो होराइजन ट्रेक्स एन्ड एक्सपीडिसन प्रा.लि.

कास्की हेम्जा, ७ सुईखेतका बोधराज भण्डारीलाई कुनै बेला भविष्यमा प्राध्यापक बन्ने रहर थियो । त्यही भएर कास्कीको पिएन क्याम्पसमै सिएड अध्ययन गर्दै गर्दा म्याग्दी जिल्लाको एक विद्यालयमा अध्यायपन गराउन थाल्नुभयो । एक वर्ष अध्यायपन गराएपछि फेरी उहाँ बिएड अध्ययनका लागि कास्कीको पिएन क्याम्पसमै भर्ना हुनुभयो ।  

कास्की जिल्लामा जन्मे हुर्केका भण्डारीको संगत सानै देखि पर्यटकसँग थियो । त्यही भएर पनि उहाँलाई यस क्षेत्रमा लाग्ने थप उत्साह मिल्यो र बिएड अध्ययनकै क्रममा उहाँले कास्कीमै सन् १९८८ मा रिजरभेसन कन्सर्न संचालन गरेर पर्यटन क्षेत्रमा पाईला हाल्नुभयो । त्यसपछि सन् १९९० मा केही साथीहरुको साथमा कास्कीमै संचालित भण्डारी टूर्स किनेर आफ्नो पेशालाई वृहत बनाउनुभयो । एक दशक पोखरामा बसेर व्यवसाय संचालन गरिसकेका भण्डारीलाई अव भने राजधानी आएर पर्यटन व्यवसायमा थप केही गर्ने इच्छा जाग्यो र सन् १९९८ मा उहाँ काठमाडौं छिर्नुभयो ।

अहिले, पर्यटनका सुपरिचित, निर्भिक, निडर र सक्षम व्यवसायीका रुपमा चिनिनुहुन्छ बोधराज भण्डारी । उहाँले अहिले सम्म विभिन्न पर्यटकीय संघ संस्थाको  नेतृत्व तहमा रहेर कार्य गरिसक्नु भएको छ । पोखरामा रहदै नाट्टा पोखरा च्याप्टरको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । सोट्टो नेपालका संस्थापक महासचिव र त्यसपछि प्रथम उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नु भएको उहाँ अहिले सोट्टोको सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । यसका साथै उहाँ भिटोफ नेपालको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

स्नो होराइजन ट्रेक्स एन्ड एक्सपीडिसन संचालन गरिरहनुभएका उहाँले रक एन्ड स्नो एड्भेञ्चर संचालन गरेर आफ्नो व्यवसायलाई अझ फैलाउनुभएको छ ।  व्यवसायका साथै उहाँले भारत, चिन, थाइल्याण्ड, हङकङ, मलेसिया, जर्मन, बेल्जियम, स्विडेन, लगायतका देशहरुको भ्रमण गरि अन्तर्राष्ट्रिय पर्यटन बजारको अनुभव बटुलिसक्नु भएको छ । व्यवसायका अलवा अहिले भण्डारी समाजसेवामा समेत सक्रिय छन् । गत बैशाखमा गएको भूकम्प गएपछि विभिन्न जिल्लाका भूकम्प पिडितहरुलाई समेत उहाँले सहयोग प्रदान गर्नुभएको थियो ।
के भन्छन भण्डारी

मैले पर्यटन व्यवसाय सुरु गर्दा र अहिले यो क्षेत्रमा धेरै परिवर्तनहरु भइसकेका छन् । त्यतीबेलाको व्यवसाय गर्ने पद्धति र अहिलेमा धेरै परिवर्तन आएको छ । पर्यटन क्षेत्रले ठुलो फड्को मारिसकेको छ । तर बैशाख १२ को भूकम्प पछि थिलथिलो बनेको पर्यटन क्षेत्र संविधान निर्माण पछिको मधेश आन्दोलन र नाकाबन्दीले थप अस्तव्यस्त बनेको छ भने पर्यटक आगमनमा समेत कमि आएको छ ।
अहिले हाम्रा सम्पदाहरु क्षतविक्षत भएका छन् । त्यसकारण अव पर्यटकीय सम्पदा पुर्ननिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ । राज्यले पर्यटक घुमे बापत शूल्क उठाउने ठाउँलाई व्यवस्थित बनाउनु प¥यो ।  नीजि क्षेत्रको दायित्व त पर्यटन प्रवद्र्धन गर्ने हो हामी त्यो अभियानमा निरन्तर लागि नै रहेका छौ । अहिले भएका निश्चित रुट मात्र नभएर अव नयाँ नयाँ रुटको खोजी गरि आवश्यक प्रचार –प्रसार गरि पर्यटकलाई आकर्षित गर्नुपर्छ । जसले पर्यटन विकासमा ठुलो टेवा पुग्ने छ ।
   

 

तपाईंको बिचार