Wednesday, August 23, 2017

पर्यटनका डायनामिक फिगर उज्वल

प्रकाशित मिति: 2016/02/23
उज्जल अर्याल –वरिष्ठ पर्यटन व्यवसायी
उज्जल अर्याल –वरिष्ठ पर्यटन व्यवसायी

पर्यटन क्षेत्रमा बहुचर्चित नाम हो उज्वल अर्याल । शालिन, कुशल, सहजै घुलमिल हुन सक्ने र डायनामिक व्यक्तित्वका धनि अर्याल यही स्वभावका कारण पर्यटनमा सबैका प्रिय पात्र बन्नु भएको छ । आज भन्दा ठिक तीन दशक अगाडि (सन् १९८५) बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको उहाँ अहिले व्यवसायका साथ साथै समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।


    कुनै सोच र दीर्घकालिन योजना विना प्लस टु अध्ययनकै क्रममा मामाको सम्पर्कबाट पोखरा टुर्स एन्ड ट्राभलमा टुर साहयकको रुपमा उहाँले पर्यटनको यात्रा तय गर्नुभएको थियो । परिवारको एक्लो छोरो भएकै कारण पनि होला परिवारको सदस्यबाट समेत उहाँलाई भविष्यमा यही बन्नु भन्ने कुनै पनि दवाव र प्रभाव पनि थिएन् । पाँच वर्ष त्यस कम्पनीमा टुर साहयकको रुपमा काम गरिसकेपछि उहाँले आफै व्यवसाय संचालन गर्ने सोचाई बनाउनु भयो र सन् १९९० मा फेवा टूर्स एन्ड ट्राभल संचालन गरि आफ्नो व्यवसायीक यात्राको सुरुवात गर्नुभयो । यही बिचमा उहाँले रेष्टुरेन्ट र गार्मेन्ट व्यवसायमा समेत हात हाले पनि त्यहाँ खासै सफलता मिलेन ।

    व्यवसायका साथ साथै उहाँ समाजसेवामा पनि त्यतीकै सक्रिय हुनुहुन्छ । अनाथ बालबालिकाहरुलाई उहाँले विशेष सहयोग समेत गर्दै आउनुभएको छ । प्लस टु अध्ययन देखिनै पर्यटन क्षेत्रमा होमिनु भएको उहाँलाई अहिले विगतमा आफुले गरेको निर्णयमा कुनै पछुतो छैन् । अहिले उहाँ विभिन्न पर्यटकीय संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । बुबा स्वः माधव प्रसार अर्याल र माता शान्ता अर्यालका एक्लो छोराका रुपमा जन्मनु भएको उहाँको  अहिले श्रीमती राजिना अर्यालका साथ दुई छोरा छन् । उहाँको जेठो छोरा अमेरिकामा अध्ययनरत हुनुहुन्छ  भने अर्को छोरा पनि त्यतै अध्ययनका लागि जाने तरखरमा छन् । विसं २०४७ फागुन २३ गते राजिनासँग बैबाहिक सम्बन्धमा जोडिनु भएका  अर्यालको यही फागुन २३ गते बैबाहिक यात्राको २५ औ वर्षगाठ पुग्दै छ । सुमधुर र सफल दाम्पत्य जिवनको २५ वर्षलाई यही २३ गते विशेष रुपमा मनाउने योजनामा हुनुहुन्छ अर्याल ।

दिगो पर्यटन विकास र पर्यटनलाई गतिशिल बनाउन सरकारले दिर्घकालिन सोचका साथ छुट्टै प्याकेज बनाएर जानु पर्ने उहाँको ठम्याईछ । सरकारले पर्यटन विकासका लागि दिर्घकालिन योजनाहरु बनाए पनि त्यसको कार्यान्यवन पक्ष फितलो हुँदा पर्यटन विकासले गति लिन नसकेको अर्याल बताउनुहुन्छ । पर्यटन क्षेत्रलाई राजनीति र बन्द मुक्त मात्रै बनाउन सके केही वर्षमै पर्यटन विकासले ठुलो फड्को मार्ने उहाँको बुझाई छ ।

 

तपाईंको बिचार