Friday, October 20, 2017

पर्यटनमा नयाँ सोचका साथ आएको छु

प्रकाशित मिति: 2016/03/16
धिरज बज्राचार्य, प्रबन्ध निर्देशक –बज्र टुर सर्भिस प्रा.लि.
धिरज बज्राचार्य, प्रबन्ध निर्देशक –बज्र टुर सर्भिस प्रा.लि.

पर्यटन क्षेत्रमा धिरज बज्राचार्यको नाम नयाँ होइन । पर्यटनको विभिन्न विधाहरुमध्ये उहाँ सन् २००५ बाट निरन्तर पर्यटक यातायात क्षेत्रमा सक्रिय हुनुहुन्छ । पर्यटक यातायातको व्यवसायमार्फत पर्यटन प्रवद्र्धन र विकासका निम्ति निरन्तर लागिरहनुभएका यि कर्मशिल युवाको जोस् आज पनि बढ्दो छ ।

पिता देवानन्द बज्राचार्य र माता राधिका बज्राचार्यको कोखबाट विसं २०३७ सालमा काठमाडौंको असनमा जन्मिनुभएका बज्राचार्य सानैदेखि शान्त स्वाभावको हुनुहुन्थ्यो । आफ्नो कारणले अरुलाई ठेस पुग्नुहुदैन भन्ने सोच राख्ने बज्राचार्यको शालिनता र भद्रपना उहाँको अगाडि आइपुग्ने जोसुकैले सहजै अनुभव गर्ने गर्छन् । बज्राचार्यको जिबनको रेखा विसं २०५४ ताका स्कुले जिबनका दिनबाटै कोरिन सुरु भएको थियो । त्यसोत बज्राचार्यको जिबन झट्ट हेर्दा जति सादा छ, त्यति नै रंगीन पनि । नक्साल नारायणचौरमा आफ्ना काकाले बिदेशी पर्यटकहरुलाई लक्षित गरी खोलेको बज्र टान्सपोर्टमा सुरुका दिनमा काकालाई सघाउन पार्ट टाइम काम गर्दै अगाडि बढ्नुभएका बज्राचार्यको स्कुले जीवन सकिएसँगै मोडलिङमा पनि अग्रसर हुन थाल्यो । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएका बज्राचार्यले यही बिचमा आफ्ना काकाकै सहयोगमा नक्सालमै न्यू बज्र ट्रान्सपोर्ट नामक कम्पनी स्थापना गर्नुभयो । काकाकै सिको गर्दै सन २००५ मा कम्पनी स्थापना गर्नुभएका उहाँले मोडलिङसँगै व्यवसायीको रुपमा आफुलाई थप क्रियाशिल बनाउँदै लैजानुभयो । निरन्तर यस क्षेत्रमा सक्रिय रहने क्रममा बिद्यमान पर्यटन यातायातको क्षेत्रमा देखिएका समस्याहरुलाई परिस्कृत रुपमा सुधार गर्दै पर्यटकहरुलाई आफुसँग सहज अवस्थामा मात्र नभई उनीहरुकै चाहना बमोजिमका सेवा सुविधा जडित अत्याधुनिक गाडिहरुको व्यवस्था र आतिथ्यताका साथै निरन्तर नयाँ प्रयोग गर्दै अगाडि बढिरहनुभयो ।  यसरी जिबनको यात्रा अगाडि बढिरहँदा उहाँको एकमात्र सोच अब पर्यटनका लागि आगामी जीवन भन्ने अर्थमा सन् २००७ मा औपचारिक रुपमा मोडलिङ क्षेत्रबाट विश्राम लिनुभयो ।

त्यसयता निरन्तर रुपमा जीवनको सम्पुर्ण ऊर्जा यसै क्षेत्रमा लगानी गर्ने प्रण गर्नुभएका बज्राचार्यको हाल उही काकाबुवाको सहयोगमा स्थापना गरेको न्यू बज्र ट्रान्सपोर्टलाई रुपान्तरण गरी बज्र टुर्स सर्भिस प्राइभेट लिमिटेडका नामबाट सञ्चालन गरिरहनुभएको छ । हालसम्म दर्जनौं संघ संस्थाहरुबाट सम्मान प्राप्त गरिसक्नु भएका बज्राचार्य आफ्नो निजी व्यवसायको अतिरिक्त विभिन्न संस्थामासमेत सक्रिय रुपमा लागिरहनु भएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को वर्तमान उपाध्यक्ष समेत रहनुभएका बज्राचार्य पर्यटन यातायातका क्षेत्रमा विद्यमान चुनौतिहरुको निरन्तर सामाना गर्दै यस्ता चुनौतिहरुको समाधानमा आफु र आफु आवद्ध संस्था सदैब लागिपरेको बताउँहुन्छ ।

सरकार र व्यवसायीहरु बिचमै आपसी तालमेल नहुँदा समग्र पर्यटन यातायात ब्यावसायीहरु एक ढिक्का हुन नसकेको भन्दै बज्राचार्यले सबैलाई व्यवसायीहरुको हकहितका लागि संस्थामा एकजुट भएर नियमको पालना गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड रहेको छ ।

बिशेषतः गत बैशाख १२ को भुकम्प र भारतिय नाकाबन्दीपछि नेपालको पर्यटन खस्किएको बेला अहिलेसम्म पनि इन्धन अभाबको समस्या झेल्नुपर्ने स्थिति दुःखद् भएको उहाँको भनाइ छ । सरकारले पर्यटन क्षेत्रमा साच्चिकै विकास गर्न चाहने हो भने यसमा रहेका सामान्य भन्दा सामान्य कुराहरुलाई प्राथमिकतामा राखि  सहुलियत नीति आत्मसाथ गर्नुपर्ने आवश्यक ठान्नुहुन्छ । अन्य गाडिहरु आयातजस्तै पर्यटक गाडिहरुहलाई पनि २५० प्रतिशत करको दायरमा ल्याउनुले अत्याधुनिक सेवा सुविधा भएका सवारी भित्राउन नसकिएको सन्दर्भबाट सरकारको रबैया प्रष्ट हने तर्क उहाँको छ ।

निरन्तर रुपमा पर्यटनमै सपना साच्दै अगाडि बढिरहनुभएका बज्रचार्यको हाल आफ्नो अन्र्तगत पर्यटकहरुलाई अत्याधुनिक सेवा दिनको लागि बिभिन्न स्वरुपका १२ वटा सवारी साधन रहेका छन् ।
  सफलताको सुत्र र जिवनको भोगाई बारे प्रश्न गर्दा उहाँले थोरै लगानी, सकारात्मक सोच र निरन्तर रुपमा धैर्यताले नै जीवनको खुसी साँच्न सकिने उत्तर दिनुभयो । उहाँ हाल बालुवाटारमा श्रीमती र एक छोरीका साथ बस्दै आउनुभएको छ ।

–प्रस्तुति : शंकर गौली

तपाईंको बिचार