Saturday, March 25, 2017  |    

व्यवसायीक पर्यटनमा जोड दिएको छु : प्रकाश सिंखडा

प्रकाशित मिति: 2016/04/01
प्रकाश सिंखडा, प्रबन्ध निर्देशक –गुगल ट्रेक्स नेपाल प्रा.लि.
प्रकाश सिंखडा, प्रबन्ध निर्देशक –गुगल ट्रेक्स नेपाल प्रा.लि.

पर्यटन क्षेत्रमा प्रकाश सिंखडाको नाम नयाँ होइन, औपचारिक रुपमा सन २०१० बाट यस क्षेत्रमा होमिएका सिंखडा पर्यटन क्षेत्रमा बौद्धिक ब्यावसायीको रुपमा आम ब्यावसायीहरुमाझ परिचित हुनुहुन्छ । स्कुले जिबनमा पर्यटन क्षेत्रको मुटु मानिने ठमेल क्षेत्रमा आउने बिदेशी पर्यटकहरुका गतिबिधीबाट यस क्षेत्रमा आउन उत्साहित भएको बताउने सिंखडाको जिबनदर्पण भने यस्तो छ ।

बि.स. २०३२ सालमा धादिङ्को सराङ्कोटमा जन्मिनुभएका प्रकाश सिंखडाको बाल्यकाल सामान्य रुपमा नै ब्यतित भएको थियो । प्राथमिक शिक्षा स्थानिय बिद्यालयमा नै लिनुभएका सिंखडाले माध्यामिक तहको अध्ययनका लागि भने काठमाण्डौ आउनुभयो । त्यसपछि क्रमशः उच्च शिक्षाका क्रममा काठमाण्डौको अस्कल कलेज भर्ना हुनुभएका उहाँले त्यहीबाट आईएस्सी र बिएस्सीसम्मको अध्ययन पुरा गर्नुभयो भने मास्टर्स अध्ययनका लागि सन २००८ मा बेलायत प्रश्थान गर्नुभयो । बेलायतबाट मास्टर्स इन हेल्थमा डिग्री प्राप्त गरेपछि त्यहाँ रहेका प्रचुर संभावनाहरुलाई थाँति राख्दै नयाँ जोश र सिप लिएर  स्वदेश फर्कनुभएका सिंखडाले सन २०११ मा ठमेलमा ‘गुगल ट्रेक्स नेपाल’ प्रालिको नामबाट पर्यटन ब्यावसाय सञ्चालन गर्दै आउनुभएको छ । पब्लिक हेल्थमा डिग्री प्राप्त गरेपनि पर्यटनलाई नयाँ सोचका साथ नौलो प्रयोग गर्न आफुले प्राप्त गरेको शिक्षाले अझै सघाउ पु¥याएको  बताउने सिंखडा हरेक ब्यावसायीहरुले आफ्नो सम्पुर्ण शिपको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिनुहुन्छ । सामाजिक सेवामा आफ्नो बढ्दो रुची र स्कुले जिबनमा ठमेलमा भेटिएका पर्यटकहरुको स्वभावको थोरबहुत कौतुहलपुर्ण प्रभाबकै कारण आफुले पर्यटन क्षेत्रलाई बिर्सन नसकेको बताउने सिंखडा हरेक ब्यक्तिको राम्रो पक्षलाई उजागर गर्नुपर्ने मान्यता राख्नुहुन्छ । ब्यावसायकै दौरान बेलायत, अष्ट्रेलिया लगायत थुप्रै युरोपका मुलुकको भ्रमण गरीसक्नुभएका सिंखडा आफुसँग जोडिन आउने हरेक ब्यक्तिको खुसी नै आफ्नो सफलता भएको उहाँको बुझाई छ ।

पछिल्लो समय पर्यटन ब्यावसायीहरुको हक हितका लागि खुलेका संस्थाहरुको जुन रुपमा बृद्धि भैरहेको छ, सो अनुसार आशातित परिणाम प्राप्त हुन नसकेको बताउने सिंखडा हरेकले आफ्नो जिम्मेवारी कुनै कसर बाँकी नराखी पुरा गर्ने गरी अगाडि बढेको अवस्थामा उपलब्धि टाढा नरहेको बताउनुहुन्छ ।

जिबन प्रतिको बुझाई र जिबन बिश्वास सम्बन्धमा गरिएको प्रश्नमा सिंखडाले जिबनमा आएका हरेक चुनौतिहरुको सामाना गर्दै अगाडि बढ्नु र भबिश्यको सपनाको खोजीको निरन्तरताले जिबन सार्थक हुने बताउनुभयो । जिबनमा सफलताका सम्बन्धमा गरिएको प्रश्नमा सिंखडाले अध्ययन, कडा परिश्रम र निरन्तर धैर्यताले नै जिबनको खुसी बाँच्न सकिने बताउनुभयो ।

 

तपाईंको बिचार