Saturday, March 25, 2017  |    

आफ्नै परिश्रम/पौरखले बनेका तेज

प्रकाशित मिति: 2016/04/19

बैशाख ७ , काठमाण्डौं । विंस २०५५ सालमा एसएलसी दिएको भोली पल्टै कामका लागि राजधानी छिरेका तेजबहादुर गुरुङले दुई दशक नपुग्दै जीवनमा यत्रो फड्को मारुला भन्ने सोचेकै थिएनन ।  अभाव, दुख र कष्टमा हुर्कनु भएका उहाँ जीवन चलाउनकै लागि एसएलसी दिएको एक रात मात्रै घर बसेर कामका लागि काठमाडौं हानिनुभयो । कामको खोजीमा राजधानीमा भौतारिरहनु भएका उहाँले पर्यटकको भारी बोक्ने काम पाउनुभयो । कलिलै उमेरदेखि भारी बेकेरै भएपनि विदेशी पर्यटकसँग हिड्नु भएको उहाँ आज पर्यटन क्षेत्रकै एक  सफल र सक्षम व्यवसायीको रुपमा आफ्नो परिचय निर्माण गरिसक्नु भएको छ । 

    धादिङ जिल्लाको सेर्तुङ्ग गाविसको ४० गाउँमा विसं २०३८ साल बैशाख १ गते जन्मनु भएको तेजबहादुरले लगातार दुई वर्ष पर्यटकको भारी बोक्ने काम गर्नुभयो । उहाँले त्यसपछि भने नेपाल भिजन र नेपाल एक्सपीडिसन ट्रेक्सबाट ट्रेकिङ गाइडको रुपमा काम थाल्नुभयो ।  केही वर्ष गाइडको काम गरिसकेपछि उहाँलाई आफै कम्पनी खोल्ने रहर जाग्यो र सन् २००८ मा आफ्नै एकल लगानीमा नेपाल अल्टरनेटिभ ट्रेक्स एन्ड एक्सपीडिसन संचालनमा ल्याउनुभयो ।  पर्यटन क्षेत्रका बारेमा गुरुङसँग व्यवसायीक मात्र होइन शैक्षिक अनुभव राम्रै छ । पूर्वाञ्चल विश्वविद्यालयबाट पर्यटन विषयमा स्नातकोतर गर्नुभएको उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पनि स्नातकोतर गर्नु भएको छ ।  । अहिले उहाँले बालाजु रानीवारीमा होमस्टे संचालन गर्नुभएको छ, भने ठमेलमै गार्डेनहोम नामक तीन तारे होटल आउदो जुनबाट संचालनमा ल्याउने तयारीमा हुनुहुन्छ । जसबाट उहाँले ६० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । यसका साथै उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को प्रथम उपाध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिको बरिष्ठ उपाध्यक्ष, तमू राष्ट्रिय मूक्ति मोर्चा काठमाडौं जिल्लाको अध्यक्ष समेत हुनुहुन्छ ।

 

टानले केही गरेन भनेर नआत्तिनुस् समय अझै छ :तेजबहादुर  
 

  • तपाइहरुले टानमा गएपछि केके गर्नुभयो ?

    हेर्नुस्, विगतमा टानको सबै स्थिति गञ्जागोल थियो । तर हामीले अहिले टानलाई एउटा गतिमा अगाडि बढाउन आटेका छौ । अव टानबाट पदयात्रा पर्यटनको प्रवद्र्धन गर्ने, भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटनलाई गतिदिन हामी तदारुक्ताका साथ लागेका छौ । त्यसको थालनी लाङटाङ ट्रेलबाट भइसकेको छ । भूकम्पबाट क्षतिपुगेको यो ट्रेललाई जर्मनी डीएभी समिट कल्वसँगको सहकार्यमा १७ महिनामा पहिलेकै अवस्थामा ल्याउने गरि पुर्ननिर्माणको  थालनी गरिएको छ । त्यस्तै भूकम्पकै कारण प्रभावित बनेको मनास्लु र रुवी भ्याली क्षेत्रको पनि हामी पुर्ननिर्माणको काम छिटै थाल्ने योजनामा छौ । 

तपाईले यसो भनिरहदा टानको कामले गति लिन सकेन भनेर गुनासो गर्नेहरु पनि धेरै छन् नी ? 
    स्वभाविक रुपमा यो कुरा सही हो । तर मैले अघि भने  विगतमा टानमा राजनीतिकरण अत्याधिक भयो  र टानलाई भद्रगोल अवस्थामा पु¥याइयो ।  सचिवालयको अवस्था बेहाल थियो, नेपाल पर्यटन वोर्ड र टानको सम्बन्ध विग्रदो थियो । तर अहिले त्यो सबैलाई सुधार्दै त्यहाँबाट यो अवस्था सम्म ल्याउन ल्याउन हामीलाई समय लाग्यो । अव अहिले हामी सबैले देखिने गरि कामको सुरुवात गरेका छौ । विभिन्न संघसंस्थासँग मिलेर कामलाई अगाडि बढाउदै छौ । हामी कसैसँग पूर्वाग्रही राखेर काम गर्ने छैनौ । हामीले चुनावका बेला गरेका प्रतिवद्धताहरुलाई दुई वर्षमा पूरा गरेर छाड्छौ । त्यसले गर्दा व्यवसायीहरुले अहिलेनै टानले केही गर्न सकेन भनेर निराश हुनुपर्ने अवस्था छैन् । 

  • अवको पुर्ननिर्माण र पर्यटन विकासमा टानको भूमिका के हुन्छ ?  

     यी कामहरुका लागि टानले राज्यसँग सहकार्य गरेर अगाडि बढ्ने हो । यहाँ भएका समस्यालाई पहिचान गर्ने हो र आफ्नो भिजन राख्ने हो । त्यो अभियानमा हामी छौ । भूकम्पबाट हाम्रा संरचनाहरु ध्वस्त भएका छन्, पदमार्गहरु विग्रिएका छन् । तिनीहरुको पुर्ननिर्माणमा निरन्तता दिनुपर्छ । यसका लागि हामी ठोस योजना बनाएर अगाडि बढ्छौ । 

  • आन्तरिक घुमफिर वर्षलाई सँघाउने टानसँग के योजना छ ? 

      निश्चित रुपमा वर्ष २०७३ लाई जसरी आन्तरिक घुमफिर वर्ष मनाउने घोषणा गरिको छ । भूकम्प र नाकाबन्दी पछि बाह्य पर्यटक आगमनमा कमि भइरहेको यो अवस्थामा  घुमफिर वर्ष मनाउनु उपयूक्त समय पनि हो । जसका लागि एनआरएनसँग पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो ठंम्याई हो ।  यसको व्यवस्थापन र प्रचार÷प्रसारका लागि हामी मिलेर अगाडि बढ्नुपर्छ । भने अर्को तर्फ पदमार्गहरुको भ्रमणमा जाने आन्तरिक पर्यटकहरुलाइ समेत अव टिम्स लागु गर्नुपर्छ । जसको कारण तथ्यांक राख्न सहज हुन्छ भने अर्को तर्फ कुन मार्ग आन्तरिक पर्यटकहरुका लागि लोकप्रिय रहेछ भनेर छुट्याउन समेत सहज हुन्छ । 

  • पछिल्लो समय पर्यटन प्रवद्र्धनमा नेपाल पर्यटन वोर्डको भूमिका कस्तो छ ?

    लामो समय पछि वोर्डले नयाँ सीईओ पाएको छ । जुन सबैका लागि निकै खुसीको कुरा हो । नयाँ सीईओ आएपछि भएका काम कारबाहीको आधारमा अहिलेनै उहाँको मूल्यांकन गर्ने अवस्था आइसकेको छैन् । तर जुन रुपमा उहाँले नयाँ काम र कार्यक्रमहरु ल्याउनु भएको छ त्यो निकै नै सकारात्मक छ । अर्को कुरा वोर्डको प्रमुख काम प्रचार÷प्रसार नै हो । जसको गति केही ढिमा छ त्यसलाई दु्रततर बनाउनुपर्छ ।


     

तपाईंको बिचार