Wednesday, May 24, 2017  |    

पर्यटनमा मौलिकताको प्रयोग गरेको छु : सतेन्द्रकाजी श्रेष्ठ, अध्यक्ष सोभिनियर हाउस प्रालि

प्रकाशित मिति: 2016/04/19

बैशाख ७ ,काठमाण्डौ । पर्यटन ब्यावसायीहरुमाझ सतेन्द्रकाजी श्रेष्ठको छुट्टै पहिचान रहेको छ । बिशेषतः पर्यटनमा मौलिकताको बहश चलिरहेको बर्तमान समयमा श्रेष्ठले यही कुरालाई आफ्नो ब्याक्तिगत जिबनमा उर्तान सफल हुनुभएको छ ।

हेन्डीक्राफ्ट सौभेनिर हाउस प्रालि, हामीले चर्चा गर्ने गरेको नेपाली मौलिकताको पर्याय बनेको छ । काठमाण्डौको भिमसेनस्थान परोपकार बिद्यालय परिषरमा रहेको उक्त हासउमा जाने जोकोहीले सहजै श्रेष्ठको मौलिकता र ब्यावसायिक दक्षता अनभव गर्न सकिन्छ । हाल उक्त हाउसको एउटै छानाभित्र बिदेशी पर्यटक लक्षित बिभिन्न हस्तकला, बिभिन्न प्रकारका मसाज सेवाका साथै बिशेषत शुद्ध नेपाली परिकारहरुको स्वाद यहाँ पाउन सकिन्छ । यस्तै पर्यटकलक्षित अन्य परिकारहरु पनि यहाँको आर्कषण हुन ।
सौभेनिरको अवधारणा किन र केका लागि भन्ने प्रश्नमा श्रेष्ठले जहिले पनि आफुले भिन्न काम गरेर देखाउ भन्ने सोचको परिणामले नै उक्त हाउस खोलिएको बताउनुभयो । साच्चिकै सौभिनिरमा हाल नेपाली उत्पादनहरुलाई लक्षित गरी नुन देखी सुन सम्मको अवधारणा बिकाश गरी नेपाली उत्पादनको संग्राहलयको रुपमा बिकाश गरीएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।
२०२० सालमा काठमाण्डौमै जन्मिनुभएका श्रेष्ठको पारिवारिक पृष्ठभुमि पनि ब्यावसायिक नै रहेको थियो । ब्यावस्थापनमा स्नातकको अध्ययन पुरा गर्नुभएका उहाँले सुरुका दिनहरुमा चिकित्सा क्षेत्रमा रहेका उहाँका पितासँगै रहेर पनि काम गर्नुभयो । यद्यपी जिबनमा सधै नयाँपनको खोजीमा रमाउने श्रेष्ठ त्यसपछाडिका दिनहरुमा केही समय जापानिज भाषाको अध्ययन गरी टुर गाईडको रुपमा समेत काम गर्नुभयो । यसपछि पर्यटन क्षेत्रमा प्राप्त गरेको ज्ञानलाई अझ बढाउँदै अगाडि बढाउने क्रममा सन २००२ मा हालको सौभेनिर हाउस खोल्न पुग्नुभयो । यद्यपी यो लामो समय सम्म रहन सकेन । यसरी क्रमशः बिभिन्न असहज परिष्थिीतीहरुबाट पाठ सिक्दै नयाँ सोच बिचारका साथ पुनः २०१३ मा आएर नयाँ ब्यावस्थापनमा सौभनिरलाई अगाडि बढाइरहनुभएको छ । जुन आज उहाँको ब्यतिmगत जिबनमा मात्र हैन समग्र पर्यटन क्षेत्रमा मौलिकताको पर्वद्धनमा पर्याय बन्न पुगेको छ ।    

तपाईंको बिचार