Monday, June 26, 2017  |    

उदेश्य के लिनु उडि छुनु चन्द्र एकः चन्द्र दाहाल अध्यक्ष (नारा)

प्रकाशित मिति: 2016/05/08

बैशाख २६ काठमाण्डौ ।पर्यटन क्षेत्रमा स्थापित नाम हो चन्द्र दाहाल । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को अध्यक्ष समेत रहनुभएका दाहाल नेपालको पर्यटन क्षेत्रमा बिशेषतः साहसिक पर्यटनमा रुची राख्नेहरुका लागि मार्गदर्शक ब्यक्तित्वको रुपमा स्थापित हुनुभएको छ ।

आजका दिनमा चन्द्र दाहालको जिबन पर्यटन क्षेत्रमा जति सफल छ, यसमा उहाँको जिबनप्रतिको दृढ अनि अटल बिश्वासकै कारण स्थापित हुन सफल भएको स्थीती हो ।   सपना के लिनु उडि छुनु चन्द्र एक भन्ने उदाहरण आफ्नो जिवनमा लागु भएको बताउने दाहालको जिबन दर्पण भने यस्तो छ ।

खोटाङको राखा गाबिसमा बि.स. २०२४ साल असारमा स्वर्गीय पिता छत्रबहादुर दाहाल र स्वर्गीय माता धनमाया दाहालको साहिलो सुपुत्रका रुपमा दाहालको जन्म भएको हो । सामान्य पारिवारिक स्थीतीमा जन्मिएका दाहालले बिद्यालय अध्ययनका क्रममा कक्षा ७ सम्म गाँउमै   अध्ययन गरेपछि त्यसपछिको अध्ययन भने काठमाडौंमा आएर  बानेश्वरको रत्नराज्यलक्ष्मी बिद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएको हो ।
सामान्य आर्थिक पृष्ठभुमि बाट अगाडि बढ्दै गरेका दाहालको अध्ययन संघर्ष पनि उत्तिकै छ । दिनभरिको सामान्य आर्थिक उपार्जनको काम, रात्रिकालिन अध्ययन र जिबनप्रतिको अटल बिश्वासको समिश्रणको रुप नै आजको चन्द्र दाहाल भएको उहाँ बताउनुहुन्छ । अध्ययन खर्चकै लागि बिभिन्न पर्यटन सँग सम्बन्धीत होटलहरुमा काम गर्दै अगाडि बढ्नुभएका दाहालको पर्यटन प्रतिको सौख भने क्याम्पस अध्ययनका क्रममा नै सुरु भएको हो । ठमेलको सरस्वती क्याम्पसमा आइए अध्ययन गर्दै गर्दा त्यस आसपासमा भेटिने बिदेशी पर्यटकको बोलीचाली र रहनसहनबाट प्रभावित भएका दाहालले उनीहरुसँग संगत गर्ने कौतुहुलताकै कारण यस क्षेत्रमा प्रवेश गरेको बताउनुहुन्छ । यसरी अध्ययन र कामलाई सँगै लैजादै एमए सम्मको औपचारिक अध्ययन पुरा गर्नुभयो ।

सन १९९१ ताका बाट पर्यटनमा सुरु भएको दाहालको सक्रियता त्यसपछिका दिनहरुमा टुर गाइड, होटल ब्यावसाय हुदै निकै आरोह अवरोह स्वीकार गर्दै अगाडि बढिरहनुभयो । बि.सं २०५४ सालमा इको नेपाल एड्भेन्चर प्रालिको नामबाट राफ्टिङ लक्षित पर्यटकहरुलाई केन्द्रित गरी निरन्तर अगाडि बढिरहनुभएका दाहालको जिबन आज पनि यही क्षेत्रकै बिकाश र बिस्तारमा रमिरहेको छ ।

यसरी क्रमश आफुले देखेको जिबन प्रतिको दृढ बिश्वासलाई सम्मान गर्दै अविचलित रुपमा अगाडि बढ्नुभएका दाहालको जिबन आजको दिनमा जति सफल छ, यसपछाडि उहाँको सरल स्वभाब, सहयोगीपन, इमान्दारिता र दृढ ब्यक्तित्व दाहालको अगाडि प्रश्तुत हुने जोकोहीले सहजै महशुश गर्नेछन । दाहालको यही ब्यक्तित्व र समाजसेवा प्रतिको भावनाकै कारण उहाँ पर्यटन क्षेत्रसँग सम्बन्धीत बिभिन्न संघसंस्थामा समेत लामो समय रहेर काम गरिसक्नुभएको छ । नेपालमा राफ्टिङ ब्यावसायलाई क्रियाशिल बनाउन लागि परिरहनुभएका दाहाल यसअघि र अहिले पनि यही संस्थामा आवद्ध भई कार्य गरीरहनुभएको छ । हाल नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)  को दास्रो कार्यकालको लागि अध्यक्ष हुनु भएका दाहाल अन्य सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

हाल बिशेषत बिहानदेखी बेलुकीसम्म राफ्टिङ क्षेत्रकै बिकाशमा समर्पित दाहालको सक्रियतामा केही समय अघि मात्र त्रिशुली बचाउ अभियान, फोहोरमैला ब्यावस्थापन लगायतका कार्य र नदीबचाउ अभियानसमेत सञ्चालन गरिरहनु भएको छ । केही दिन अगाडिमात्र आफ्नो राफ्टिङ कम्पनी इको नेपाल एड्भेन्चर मार्फत पुर्वराजा ज्ञानेन्द्र शाहसहितका पुर्वराजपरिवारलाई समेत राफ्टिङमा सामेल गराएका दाहालले यसअघि देशका शिर्ष नेतृत्वहरुलाई समेत यस क्षेत्रका समस्या र संभावना बारे अवगत गराइसक्नुभएको छ ।

यसरी क्रमशः पर्यटनमा दाहालको सक्रियता र सफलताको स्थीती जति लोभलाग्दो छ, त्यसका पछाडि दाहालको जिबनप्रतिको दृढ बिश्वास र कडा परिश्रमकै कारण यहाँसम्म आइपुगेको कुरालाई नर्कान सकिन्न । जिबनप्रतिको दृष्टिकोण र सफलताको यही सुत्रको बारेमा प्रश्न गर्दा दाहालले कडा परिश्रम कठिन परिस्थीतीको आत्मसाथ, निरन्तर आत्मबिश्वास र उदेश्य के लिनु उडि छुुनु चन्द्र एक को स्थीतीलाई मनन गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।     

तपाईंको बिचार