Thursday, April 27, 2017  |    

जिवनको सपना मनास्लु चढ्नेहरुसँगै अघि बढ्यो : डम्बर बहादुर अधिकारी

प्रकाशित मिति: 2016/05/11

 

बैशाख २९,काठमाण्डौ । डम्बर बहादुर अधिकारी नेपाली पर्यटन क्षेत्रमा स्थापित नाम बनेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को केन्द्रिय सदस्य रहनुभएका अधिकारीको ठमेलमा आफ्नै लगानिमा स्थापित  ‘ट्रेकर्स ट्रेक्स नेपाल’ ले बार्शिक हजारौ पर्यटकहरुलाई देशका बिभिन्न पर्यटकीय गन्तब्यको भ्रमण गराउने कार्यमा सहयोग पुर्याउँदै आएको छ । आधुनिक समाजमा सफलताको कडिको रुपमा मापक हुने आर्थिक समृद्धि, समाजमा ब्यक्तिले पुर्याएको योगदान, कदर साथै प्रभाव जेजति छन, आजको दिनमा अधिकारीको जिबनमा थोरबहुत यि सबै कुराले सहज स्थान पाएकै छन ।

यद्यपी पर्यटन क्षेत्रमा अधिकारीले आजको दिनमा प्राप्त गरेको स्थानका लागि उहाँको जिबन प्रतिको दृढ बिश्वास पनि सँगै जोडिएको छ । धादिङको कटुञ्जे –९ मा पिता एकबहादुर अधिकारी र माता टिकाकुमारी अधिकारीको कोखबाट बि.स. २०३३ सालमा  जन्मिएका डम्बर सानै देखी कोमल हृदय र अरु भन्दा पृथक सोचाइ राख्ने स्वभावका ब्यक्ति थिए ।

सामान्य पारिवारिक स्थिीतीका बिच बिभिन्न किसिमका अभाव र समस्याहरु झेल्दै स्थानिय बिद्यालयबाटै एसएलसी उत्तिर्ण गरेका अधिकारी २०५३ ताका उच्च शिक्षाका लागि भन्दै काठमाण्डौ प्रवेश गरे । सपनाको शहरमा प्रवेश गरेका सामान्य स्थितीका अधिकारीका लागि उच्च शिक्षा आर्थिक अभावकै कारण अब अगाडिको बाटो बन्न सकेन । 

यसबिच कामको खोजीमा भौतारिएका अधिकारी यतिबेला आफ्नै काकाको छोरा डम्बर बहादुर अधिकारी सँग भेट हुँदा उनले ट्रेकिङमा लगाइदिने आश्वासन दिए । कामको खोजीमा भौतारिरहेका अधिकारीको लागि यही नै बरदान सावित भयो । त्यसपछि दाईकै सल्लाहमा गाईडमा प्रवेश गरेका अधिकारी ‘गणेश हिमाल टे«किङ एजेन्सिज’ मार्फत पोखराको घोडेपानीमा पहिलो पटक ट्रेकिङमा सामेल भए । त्यसपछिका दिनमा ट्रेकिङ प्रतिको मोह अझै जागृत हुँदै गएको बताउने अधिकारीको निरन्तरता आजको दिनमा आफ्नै ट्रेकिङ कम्पनी ‘ट्रेकर्स ट्रेक नेपाल’ सम्म आइपुगेको छ ।

कुनै समय आफ्नै घर धादिङको डाँडोबाट मनास्लु हिमाल चढ्न बाटो काट्दै गरेका बिदेशी गोरा पर्यटकहरुले बोल्ने अंग्रेजी, र उनीहरुको रहनसहन बाट मोहीत अधिकारी त्यतिबेलै उनीहरुसँग सम्बन्ध गाँस्ने सपना देख्थे । त्यही सपना सुरुवाती दिनमा   अध्ययनका लागि कामको बाध्यता र क्रमशः मोह हुँदै आजको दिनमा ब्यवसायिक दक्षता र सफलतामा परिणत भएसँगै आज अधिकारीको जिबन पर्यटनमा स्थापित बनेको छ । यतिमात्र हैन अधिकारीले आफ्नै नेतृत्वमा सन २००९ यता ‘फ्युजर भ्लेज नेपाल’ नामक गैरसरकारी संस्थामार्फत समाजसेवामा समेत अगाडि बढिरहेका छन । उनकै पहलमा हाल धादिङमा बार्षिक रुपमा बिद्यालयमा अध्ययनरत ८०/९० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री निशुल्क बितरण गर्नुका साथै शैक्षिक बिकाशका लागि उनको संस्थाले जिल्लामा सदैव अग्रसरता लिदै आएको छ ।

यसरी आजको दिनमा अधिकारीले पर्यटनमा जेजति  प्राप्त गरेका छन, त्यो हिजोको दिनमा मनास्लु तर्फ लम्कदै गरेका पर्यटकहरुबाट भरिएको सपना नै पुरा भएको स्थीती हो । जिबनमा आफुले जेजति प्राप्त गरियो त्यसलाई सम्मान गर्न सकेमा जिबन खुसी हुने बताउने अधिकारी जिबनलाई न्युनतम रुपमा सधै सकारात्मकताको खोजी गर्नुपर्ने बताउँछन ।
जिबन सधै सरल रेखामा अगाडि नबढेपनि जिबनप्रतिको विश्वास सधै सरल हुनुपर्छ भन्ने जिबनविश्वासका साथ अगाडि बढिरहेका अधिकारीको सरलताको खोजी आज सम्म पनि जारी छ ।
 

तपाईंको बिचार