Monday, October 23, 2017

सिंखडाको सकारात्मक सोचले पाएको सफलता

प्रकाशित मिति: 2016/05/14

 

जीवन जिउँने हरेकका आफ्नै तरिका हुन्छन् । कोही भौतिक सुखसयलको उत्कर्ष भेट्टाउने मृगतृष्णा बोकोर देशविदेश भौतारिन्छन्, कोही चाहि आफ्नै दुनियाँभित्र आत्म—सन्तोषमार्फत सांसारिक सुखकै अनुभूति गर्दै देश विकासमा लागिरहेका हुन्छन् । धादिङ, दार्खामा जन्मनुभएका राजन सिंखडा त्यस्तै एउटा उदाहरण हुनुहुन्छ ।  जो पर्यटनमा निकै चर्चित हुनुहुन्छ र धेरै युवा उद्यमीहरुको प्रेरणका स्रोत पनि बन्नुभएको छ ।   

आफ्नै अनुशासनमा चल्न रुचाउने सिंखडालाई सानोमा कोही आफ्न्त पण्डित बन्नुपर्छ भन्थे कोहीले इन्जियिनर बन्नुपर्छ भनेर हौँस्याउथे त कोही अझै पनि नेपालमै बसेर भविष्य विगार्यो भनेर असन्तुष्ट पनि छन् । उसो त उहाँको परिवारका १८ जना आफ्न्त अमेरिका, अष्ट्रेलिया, जापान लगायतका देशमा व्यापार व्यवसाय गरेर बस्नुभएको छ । कुनैबेला नेपालको पर्यटन डाउन थियो अझ त्योबेला त बाहिर गई दिए हुन्थ्यो भन्ने  स्वर धेरै सुनिए तर नेपाल जस्तो सम्भावनायूक्त देशमा पर्यटनको क्षेत्रमा केही भएन भने कही हुदैन भन्ने दृढविश्वासले उहाँलाई नेपालमै रोक्यो र त यो उचाइ सम्म पुग्नुभएको छ । सन् १९९४ मा होटल हिमालमा रिसेप्सनिष्टको जागिरेबाट पर्यटन क्षेत्रमा पाइला हाल्नु भएको उहाँले १९९६ देखि ट्रेकिङ गाइडको काम थाल्नुभयो । भने १९९९को सेप्टेम्बरमा २३ वर्षको कलिलै उमेरमा अर्थवाण्ड एक्सपिडिसन नामक ट्रेकिङ कम्पनी संचालनमा गर्नुभयो । २२ वर्षदेखि निरन्तर एउटै व्यवसायमा लागिरहनुभएको उहाँ हाल अर्थवाण्ड एक्सपिडिसनको प्रबन्धनिर्देशक, ठमेल इको रिर्साेट, पोखरा इको रिर्साेट , रिफर फन विच रिर्सोट, नेपाल योगा रिट्रिट, ठमेल मःम हटको को–ओनर समेत हुनुुहुन्छ ।
 विसं २०३३ भाद्र महिनामा बुबा नारायणप्रसाद सिंखडा र आमा अम्बिकादेवि सिंखडाको कोखबाट जन्मनु भएका राजन पर्यटन व्यवसायका साथसाथै कलाकारिता क्षेत्रमा समेत उतिकै सक्रियताका साथ लािगरहनु भएको छ । विसं २०५१ सालमा  संगालो नामक टेलिसियिलबाट प्रारम्भ भएको उहाँको कलाकारिता यात्रामा अहिले सम्म मेरिबास्सै, काउकुती, तैचुपमैचुप, जय विजय, हराएको मान्छे लगायतका दजनौ टेलिसियर खेलिसक्नुभएको छ भने रेडियो नाटक पनि उत्तिकै । गाउँमा हाईस्कूल नभएपछि १४ वर्षको उमेरै अध्ययनका लागि एक्लै काठमाडौं आउनुभएको उहाँले दुई वर्ष एक्लै कोठा भाडामा बसेर शान्त्ति विद्या मन्दिरमा अध्ययन थाल्नुभयो । नौ कक्षामा भर्ना हुनुभएको उहाँले एसएलसी सोही विद्यालयबाट दिनुभयो त्यो बेला उक्त विद्यालयबाट १०७ विद्यार्थी एसएलसी परिक्षामा सहभागि भए जसमध्ये ४८ जना उत्र्तिण भए जसमध्ये पनि ७ जनाले फस्ट डिभिजन उत्र्तिण गरेकोमा चौथो हुनुहुन्थ्यो उहाँ । पढाईमा निकै अब्बल स्वभावका उहाँ सो विद्यालयबाट एसएलसीमा गणित विषय सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी समेत हो । त्यसलगतै सिए पढ्न शंकरदेवमा भर्ना हुनुभयो । तर  सानै देखिको टिभिमा काम गर्ने इच्छा अनि आफ्नै घरको बाटो हुदै गणेश हिमाल ट्रेकिङ जाने पर्यटक देखेर मोहित उहाँलाई यो क्षेत्र छोडेर अन्त्र जान मनै लागेन र त अहिले सिंखडा भन्नुहुन्छ ‘पर्यटनमा लागेर जिवनमा खुसी छु ।’  अहिले उहाँका विभिन्न कम्पनीहरुमा १७२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 
२२ वर्षे पर्यटन यात्रामा उहाँले अमेरिका, युके, अष्ट्रेलिया, कोरिया, भियतनाम लगायत २६ वटादेश घुमेर व्यवसायीक अनुभव बटुल्नु भएको छ । नेपालकै पनि मुस्ताङ, डोल्पा, अन्नपूर्ण लगायतका प्रसिद्ध ठाउँहरुको भ्रमण गरिसक्नु भएको छ । उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गणेश हिमाल पर्यटन विकास समिति, क्यानोनिङ एसोसिएसनको विभिन्न पदमा रहेर कार्य गरिसक्नु भएको छ। त्यस्तै उहाँ नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत एनवाईएफको सदस्य समेत हुनुहुन्छ । 

सिंखडाको आँखामा पर्यटन  

राजनीतिक उथलपुथल नेपालमा मात्र होइन् विश्बभरि हुन्छ । तर अव नेपालमा राजनीतिक क्रान्त्ति सकिएको छ । अव हामीले १५,२० वर्ष पर्यटन पूर्वाधार विकासमा खर्च गर्नुपर्छ । जसको कारण पर्यटकको संख्या बढाउन निकै सहज हुन्छ । हेर्नुस् दुखका साथ भन्नुपर्छ नेपाल देशले लामो समय देखि भिजनरी लिडरसिप पाएन र पर्यटनले पनि पाएन अव हामीलाई एउटा सक्षम भिजन भएको मान्छे चाहिएको छ । जसले पर्यटनलाई ड्राइभ गर्न सकोस । नेपालको पर्यटन स्वर्णिम छ । जसका लागि हामीले केबल पूर्वाधार निर्माण र हवाई संजालको विस्तार गरिदिए पुग्छ । 
पछिल्लो समय सरकारले १० लाखपर्यटक भित्र्याउने लक्ष्य सहित २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । जुन स्वागतयोग्य छ । पर्यटन विकासका लागि केही न केही नयाँ चिज जरुरी छ । तर त्यसको तयारी भने पूर्ण हुनुपर्छ । जसका लागि राज्यले सबै पर्यटकीय  संघसंस्थालाई प्रमोट गर्न लगाउनुपर्छ, विमानस्थलको सुधार गर्नुपर्छ । भने राजमार्गहरुमा पयटकीय शौचायको निर्माण गरिनुपर्छ । जसले गर्दा भ्रमण वर्ष केबल नारामा मात्र होइन् पुर्ननिर्माण र देश विकासमा सहयोगी बन्न सकोस् । 

तपाईंको बिचार