Wednesday, August 23, 2017

पर्यटनमा पहिलो बन्ने रेशमा दिनेश तामाङ

प्रकाशित मिति: 2016/05/15

इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता निश्चित छ । युवा पर्यटन व्यवसायी दिनेश तामाङको जीवन भोगाईपछिको प्राप्त सफलताले यही भन्छ । जिवनमा कहिल्यै दोस्रो हुन नजान्ने, पर्यटन व्यवसाय र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आउनु भएको दिनेशको नेपाली पर्यटन बजारमा अग्लो परिचय बनिसकेको छ । 

बुबा छिरिङकामी तामाङ र आमा रिक्ची तामाङको कोखबाट रसुवा जिल्लाको हाँकु गाउँमा आजभन्दा तीन दशक अघि (विसं २०३३ बैशाख २५) जन्मनुभएका दिनेशले अलिकति बुझ्ने भए देखिनै पर्यटकको संगत छाड्नु भएको छैन् । पढाई र अन्य अतिरित्त क्रियाकलापमा कहिल्यै दोस्रो नभएका दिनेश व्यवसायमा समेत पहिलो हुने रेशमा हुनुहुन्छ यतीबेला । पढ्न होस् या अन्य सबै क्रियाकलापमा अब्बल उहाँ समाजकासबैको प्रिय हुनुहुन्थ्यो । १३ वर्षको कलिलै उमेर देखिनै फाट्टफुट्ट ट्रेकिङ  जाने उहाँ  कलेज पढ्दा वर्षको तीन पटक ट्रेकिङ जाने गर्नुहुन्थ्यो ।  ०६० साल देखि भने पूर्णकालिनरुपमा पर्यटन व्यवसायमै सक्रिय रहदै आउनुभएको उहाँले सन्  २०१३ मा ट्रेकिङ एक्स्पट प्रालि संचालन गर्नुभएको छ । उहाँ उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । 

दिनेश रसुवा जिल्लाको माथिल्लो १० गाविसको एलएलसी टप गर्ने विद्यार्थी समेत हो । उहाँ यति तगडा विद्यार्थी हुनुहुन्थ्यो की कक्षा ५ पढ्दा नै गाउँमा पौढ शिक्षा, महिला शिक्षा पढाउनु हुनथ्यो भने  अनौपचारिक शिक्षाको निरिक्षक नै बन्नुभएको थियो । आफु भन्दा पनि अरुको खुसी देख्न चाहने, नयाँ नयाँ कुराहरु गर्न रुचाउने, मन्दिर बनाउनु भन्दा रोएकालाई हँसाउनु धर्म हो भन्ने मान्यता राख्ने उहाँ समाजसेवामा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । विश्व खाद्य कार्यक्रम लगायतका विभिन्न प्रोजेक्ट समेत संचालन गरिसक्नुभएको दिनेशले सहयोगका लागि कुनै एनजियो÷आइएनजियो स्थापना गर्नुभएको छैनन् तर व्यत्तिगत रुपमा विभिन्न ठाउँमा विभिन्न खालका सहयोगहरु गर्दै आइरहनु भएको छ । भूकम्प पिडितलाई विभिन्न क्याम्पियन चलाएर सहयोग गर्नुभएको थियो । अहिले उहाँ रसुवाको विकास र पर्यटन प्रवद्र्धन गर्ने अभियानमा लाग्नु भएको छ ।  

पर्यटनमा दृढ संकल्प र दीर्घकालिन योजनाको अभाव छ : तामाङ


तपाईको बुझाई र भोगाईमा पर्यटन कस्तो व्यवसाय हो ? 
पर्यटन व्यवसाय हामी जस्तो निम्न र मध्यमवर्गिय मानिसका लागि सानो लगानी गरेर ठुलो आम्दानी गर्न सक्ने गतिलो माध्यम हो । यसका साथै यसबाट राष्ट्रको विकासमा समेत ठुलो सहयोग पु¥याउन सक्छौ । यस अर्थमा पर्यटन व्यवसायीहरु राष्ट्रको दूत हौ । पर्यटनको समाज परिवर्त र राष्ट्रको विकासमा ठुलो योग्दान छ । 

पर्यटन व्यवसायको सबैभन्दा राम्रो पक्ष के हो ? 
पर्यटनमा नराम्रो केही छैन्, सबै राम्रो छ तर दुखका साथ भन्नुपर्छ व्यवसाय गर्ने नाउँमा हामी पर्यटन व्यवसायीले पर्यटनमा नराम्रा चिजहरु भित्र्याउदै छौ । मै  खाऊ, मै लाऊ भन्ने भावनाले गर्दा व्यवसायमा कुरिति बढ्दो छ । यसलाई नियन्त्रण र नियमन गर्न व्यवसायीक संघसंगठन र सरकार एक हुनुआजको पहिलो आवश्यकता हो । 
 

सम्भावनायूक्त भएर पनि हामीले पर्यटन विकासमा सोचेअनुसारको सफलता हात पार्न सकेका छैनौ यसमा तपाई कसलाई दाषी देख्नु हुन्छ ? 
म व्यत्तिगत रुपमा कसैलाई पनि दोष दिन चाहन्न् । यसमा सर्वपक्षिय कमजोरी छ। समाजमा अशिक्षा र दीर्घकालिन योजनाको तर्जुमागर्न नसक्ने र सरकारको मात्र मुख ताक्ने प्रवृती बढ्दो छ, भने सरकार पनि व्यवस्थापकिय कमजोरीहरु छन् । बनाएका नीति तथा कार्यक्रम  कागजमै सिमित छन् । त्यसकारण इच्छाशक्ति नदेखाउनुनै पर्यटन विकासमो प्रमुख समस्या हो । 

सरकार र पर्यटकीय संघसंस्थालाई तपाईको सुझाव के छ ? 
पर्यटनलाई दीगो र सर्वसुलभ बनाउन हामीले सर्वप्रथम दीगो पर्यटन विकासको अवधारणलाई अगाडि बढाउनुपर्छ । हाम्रा कला, संस्कृति र प्राकृतिक बस्तुहरुको संरक्षण र संवद्र्धन गर्दै ट्रेकिङ, होटल, सबै क्षेत्रमा हामी आफुहरु पनि नैतिकबान बन्नुपर्छ । मैले व्यवसाय मात्र गर्ने होइन देश विकासमा मेरो पनि योग्दान छ भनेर व्यवसाय गर्नुपर्छ । त्यसका लागि सबैले दृढ संकल्पका साथ दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ । क्वान्टीटी भन्दा पनि क्वालिटि टुरिजमलाई महत्व दिनुपर्छ । 

तपाईंको बिचार