Wednesday, August 23, 2017

जिबनको सपना मनास्लु चढ्नेहरु सँगै साँच्न पुगें :नवराज दाहाल

प्रकाशित मिति: 2016/05/18

जेष्ठ ५, काठमाण्डौ । नवराज दाहाल आजको दिनमा पर्यटन क्षेत्रमा स्थापित नाम बनेको छ । राष्ट्रिय पर्यटन ब्यावसायी संगठन–नेपालका अध्यक्ष, राष्ट्रिय पर्यटन उद्योग महासंघका उपाध्यक्ष, साथै गणतान्त्रिक इस्टोनिया नेपालको बर्तमान बाणिज्य दुत रहेका दाहालको पर्यटनसँग सम्बन्धीत केही जिम्मेवारी र परिचय मात्र हुन यि । हाल ठमेललाई आफ्नो जिजिभिसा बनाईरहेका दाहालको परिचय समग्र पर्यटनमा जति लोभलाग्दो छ, यस बिचमा उनले देखेका जिबन बिश्वास बिचको संघर्ष पनि त्यति नै चुनौतिपुर्ण साथसाथै सम्मानयोग्य रहेको कुरा जो कसैले नकार्न सक्दैन ।

बि. सं . २०२८ सालमा धादिङ बुढाथुम गाबिस वडा नं ७ स्थीत गलनीमा पिता चन्द्रप्रसाद र आमा सानुमैयाको कोखबाट जन्मिएका नवराज दाहाल सानैदेखी सृजनशिल र जिज्ञासु स्वाभावका थिए । सामान्य कृषिमा आश्रित पारिवारिक पृष्ठभुमिका बिच परिवारमा जेष्ठ सुपुत्रका रुपमा जन्मिएका दाहालको प्राथमिक शिक्षा स्थानिय बुढाथुम महेन्द्ररत्न प्राबि( हालको निमावि)बाट कक्षा ३ सम्म अध्ययन गरे । त्यसपछिको शिक्षाका लागि धादिङ्गकै त्रिपुरेश्वर गाबिसस्थित अर्चनी माध्यामिक बिद्यालयमा भर्ना भएका दाहालले सोही बिद्यालायबाट २०४४ सालमा एसएलसी तह उत्तिर्ण गरे ।

जिबनमा सोच फराकिला हुँदै थिए, आफ्नो बेग्लै पहिचानको खोजी र उच्च शिक्षाको लागि अबको बाटो दाहालको लागि सपनाको सहर काठमाण्डौ बन्न पुग्यो । मनमा मात्र सोच थियो, नयाँ ठाँउमा समायोजन हुनु त थियो नै सँगै कमजोर आर्थिक स्थीतीका बिच त्यो बेलाको काठमाण्डौ प्रवेश दाहालको लागि कम चुनौति थिएन ।

यही क्रममा जिबन प्रतिको दृढबिश्वास र पारिवारिक सहयोगको आशा नगरी दाहाल २०४५ सालमा काठमाण्डौ प्रवेश गरिछाडे । प्रवेश आफैमा पुर्ण थिएन । किनकी घरबाट आर्थिक सहयोगको अपेक्षा गर्ने स्थीती नदेखेका उनले अव काम सँगसँगै उच्च शिक्षालाई अगाडि बढाउनु थियो । यही क्रममा अवको दैनिकी दिनभरी कामको खोजीमा शहर बजार भौतारिनु र बेलुकी थकित मुद्रामा साथीहरुबिच साझेदारीको कोठामा सपना बुन्दै बस्नु दाहालको दैनिकी बन्न पुग्यो ।

यद्यपी संघर्षबाटै जिबन स्थापित हुन्छ भन्ने जिबनको दृढ बिश्वासलाई दाहालले जिबनमा कहिल्यै डगमगाएनन्, फलतः आजको दिनको सुमधुर सम्झनाको खुसी साटिरहेका छन । प्रयास गर्नेले कहिल्यै हार्दैन भन्ने उक्ति उनको जिबनमा लागु नहुने कुरै थिएन, एक बर्षसम्म कामको खोजीमा भौतारिएपछि दाहालको जिवनमा पनि घाम लाग्न सुरु भयो । अर्थात, यही बेला हालको ठमेलमा गणेश हिमाल ट्रेकिङ्ग कम्पनीमा पुर्णकालिन लेखापाल र ट्रेकिङ्ग गाईडको काम एकसाथ सुरु गरे । यही नै दाहालको पर्यटन क्षेत्रमा औपचारिक प्रवेश थियो ।  अर्कोतिर कामको खोजीमा भौतारिरहँदा उच्च शिक्षामा भर्ना हुन नपाएका दाहालले यही समयमा ठमेलकै सरस्वती क्याम्पसमा आइकममा भर्ना भए र क्रमशः अध्ययन लाई अगाडि बढाउँदै बिजनेश एड्मिनिष्ट्रेसनमा (एमबिए) सम्मको अध्ययन पुरा गरे ।
आजको दिनमा दाहाल पर्यटनमा जुन रुपमा स्थापित भएका छन, यसको सुरुवात भने स्कुले जिबनमा देखेको सपनाको सानोतिनो रुपनै आज स्थापित भएको स्वयमं दाहाल बताउछन । धादिङको त्रिपुरेश्वर बिद्यालयमा पढ्दै गर्दा बिद्यालय माथिबाट मनास्लु पदयात्राका लागि जाँदै गरेका बिदेशी पदयात्रीहरुको रहनसहन र उनीहरुको बोलीब्यवहारबाट आर्कषित भएका दाहालले सोही बेला भबिश्य पर्यटन क्षेत्रमा नै खोज्ने निर्णय गरिसकेका थिए । यद्यपी त्यसलाई पुरा गरिहाल्ने साहस उनमा त्यतिबेला थिएन । 
तर त्यही सपना सुरुमा दिनमा बाँच्नका लागि संघर्ष गर्दैगर्दा भेटिएको अकास्मात काम, त्यसपछिको थोरबहुत आशा हँदै आजको दिनमा यही क्षेत्र दाहालको जिबन बिश्वास र ब्यावसायिक सफलता तर्फ उन्मुख भैरहेको छ ।   

करिब अढाई बर्षपछि सुरुवाती दिनमा पाएको ‘गणेश हिमाल ट्रेकिङ्ग कम्पनी’ बाट बिदा हुने निर्णय गरेका दाहालले सन १९९२ मा पहिलोचोटि संयुक्त लगानिमा फस्र्ट इन्भाईरोनमेन्टल ट्रेकिङ्ग स्थापना गर्न पुगे । त्यसपछि क्रमशः ट्रेकिङ्ग  र होटल ब्यावसायमा समेत आफ्नो सक्रियता बढाउँदै गरेका दाहालले ठमेल केन्द्रित ब्यावसाय अव बिस्तार हुने क्रममा थियो । यही क्रममा दाहालले पर्यटकीय नगरी पोखरामा पनि होटल सञ्चालन गर्न पुगे । यसरी १४ बर्षभन्दा बढि होटल र ट्रेकिङ्गमा बिताइसकेपछि दाहालले पहिलोचोटि आफ्नै लगानिमा ७ बर्ष अगाडि ‘ नेपाल ईन्भाईरोनमेन्ट ट्रेक्स एण्ड एक्सपिडिसन र नेक्सस ट्राभल एण्ड टुर्सको स्थापना गरे । जुन आजको दिनमा पर्यटनमा हिमाल आरोहण र टुर टिकेटिङमा ख्यातिप्राप्त रुपमा स्थापित भएको छ ।

यसर्थ आजको दिनमा दाहाल पर्यटन क्षेत्रमा जुन रुपमा स्थापित भएका छन, यसमा उनको जिबन प्रतिको दृढ बिश्वास नै हो । सपनाको शहर काठमाण्डौ आउने क्रममै पहिलो चोटी गाडि चढेको स्थीतीका बिच आज पर्यटन क्षेत्रमा दाहालले प्राप्त गरेको ख्याति, आफुले देखेको जिबन बिश्वासलाई सम्मान गरेर मात्रै प्राप्त हुने उनको भनाई छ । हाल पर्यटनसँग सम्बन्धीत दर्जनौ संस्थामा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएका दाहालले यसअघि दुईपटक (टान) को केन्द्रिय सदस्य र महासचिबको भुमिका निर्वाह गरिसकेका छन । हिजोको दिनमा काठमाण्डौ प्रवेश गर्दै गर्दा र हिमाल चढ्न आफ्नो बाटोबाट अगाडि लम्किरहेका ब्याक्तिहरुबाट जागृत भएको सपना आज सफलताका उच्च बिन्दुमा पुग्दै गर्दा पनि दाहालमा अझै आफु  अपुरो र जिबनलाई  प्रयोग गर्दै अगाडि बढिरहेको बताउँछन । राज्यको निति र ब्यावसायीहरु बिचमै रहेको अस्वस्थ प्रतिस्पर्धाले पर्यटन क्षेत्र माथी उठ्न नसकेको बताउने दाहाल यसको अन्त्य गर्नका लागि सबै एकजुट हुनुपर्ने बताउँछन ।  

सफलताका सम्बन्धमा गरिएको प्रश्नमा दाहालले ‘जिबन प्रतिको दृढ बिश्वास, असहज स्थीतीको सहज सामना, र निरन्तर धैर्यताका साथ कठोर परिश्रमले नै जिबन पुर्ण बनाउन सकिने जवाफ दिए ।

तपाईंको बिचार