Monday, October 23, 2017

काकाबावुकै प्रेरणाले पर्यटनमा जिबन साँचीरहेको छु : ईश्वर शर्मा

प्रकाशित मिति: 2016/05/19

जेष्ठ ६, काठमाण्डौ । ईश्वर शर्मा पर्यटन क्षेत्रमा स्थापित नाम बनेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबिएन) का उपाध्यक्ष समेत रहनुभएका शर्माले हाल ठमेलमा ग्लोबल भ्याकेसन ट्राभल एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएको छ । बिशेषतः दैनिकजसो स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई पोखरा, लुम्बिीनी, चितवन लगायतका पर्यटकीय गन्तब्यको अवलोकनका लागि यातायात समेतको ब्यवस्था गरिदिने शर्माको टुर्स कम्पनी निकै नै चर्चित छ । यद्यपी आजको दिनमा शर्माको पर्यटन ब्यावसायमा जुन किसिमको पहिचान छ, त्यसको पछाडि उनको यस क्षेत्रप्रतिको निरन्तरको जिबनबिश्वासलाई जोकसैले सम्मान गर्नेछन ।

स्याङ्जा चिन्नेबास गाबिस वडा न. १ स्थीत आँपडाँडामा बिसं. २०३४ सालमा पिता हरिप्रसाद न्यौपाने र माता कमला न्यौपानेको कोखबाट जन्मिएका ईश्वर न्यौपाने (शर्मा) सानै देखी दृढ स्वभावका थिए । ६ जनाको सामान्य कृषि परिवारमा जन्मिएका शर्माको बिद्यालय शिक्षा भने सोही स्थानको जनप्रिय माबिमा भएको हो । बिसं. २०५० सालमा एसएलसी उत्तिर्ण गरेपछि त्यसपछि केही समय उनी पोखरा तिर हानिए । यद्यपी पर्यटन प्रतिको तिब्र रुचीका कारण उनी आफन्त पछ्याउँदै बिसं. २०५२ ताका काठमाण्डौ प्रवेश गरे । काम र पढाई सँगसँगै लैजाने सोचले काठमाण्डौ प्रवेश गरेको बताउने शर्मा त्यसपछाडिका दिनमा काकाको सहयोगमा ठमेलमा अवस्थीत ब्लुस्काई ट्राभल एण्ड टुर्समा मार्केटिङको काम गर्न थाले । १३ बर्षभन्दा लामो समय पर्यटन क्षेत्रमा बिताएपछि शर्माको अब अगाडिको बाटो पनि फराकिलो हुँदै गयो । निरन्तर यस क्षेत्रप्रतिको बिश्वास, सकारात्मक सोच र यसबिच आइपरेका बिभिन्न बाधा ब्यवधानहरु सँगाल्दै आजको दिन सम्म आइपुग्दाको स्थीती भने आफ्ना काका बाबुहरुले सुरुका दिनहरुदेखी नै पर्यटनमा रहेर प्राप्त गरेका सफलतासँग पनि जोडिएको छ । जुन कुराले शर्माको जिबनमा पर्यटन प्रतिको आर्कशण थप्न पनि उतिबेलै मदत गरेको स्वयमं शर्मा बताउँछन ।

जिबन फर्केर हेर्दा गुनासो गर्ने स्थीती छैन भन्ने शर्माको जवाफ आफैमा पर्यटन क्षेत्रमा उनले प्राप्त गरेको सफलताका अर्थमा बुझ्न सकिन्छ । जिबन प्रतिको दृढ बिश्वासकै कारण यस क्षेत्रमा टिकीरहेको बताउने शर्मा आफ्नो आन्तरीक जिबन बिश्वासलाई सदैव सम्मान गर्नुपर्ने बताउँछन । पुर्खौली घर स्याङ्जाबाट २०४८ ताका बुटवल बसाइसराई गरेका शर्मा हाल काठमाण्डौमा एक छोरा सहित ३ जनाको सानो र सुखी परिवारका साथ पर्यटन भित्रै जिबन साँचीरहेका छन । दृढ आत्मबिश्वास, कठोर परिश्रम र आफुले देखेको जिबनलाई सदैव न्यायका दृष्टिले हेर्न सकिएमा सफलता जो कोहीको जिबनमा प्राप्त हुने उनले सुझाए । 

 

तपाईंको बिचार