Monday, December 11, 2017

जिबनलाई उत्पादनको आँखाले हेर्नुस, यसैमा सार्थकता छ :भागिरथ सापकोटा

प्रकाशित मिति: 2016/05/19

जेष्ठ ६, काठमाण्डौ । जिबनलाई उत्पादनसँग जोडेर हेर्नुस, जिबन जिउनुको सार्थकता यहीनेर भेट्नुहुनेछ । यि भनाई या त कुनै राजनैतिक दलका भाषण हुन या त सतही रुपको बिश्लेषण । आजको दिनमा यही जिबनको यथार्थलाई सामाजिक जिबनमा प्रयोग गर्ने ब्याक्तिको कुरा गर्दछौ ।

भागिरथ सापकोटा । सापकोटाको परिचय यिनै माथीका हरफहरुबाट सुरु हुन्छन । एक राजनितिक ब्याक्ति, पर्यटन ब्यावसायी र त्यही बिचको समाजको उत्पादनशिल ब्यक्तित्व सापकोटाको सतही रुपमा देखीने परिचय हुन यि ।
त्यसो त आजका हरेक राजनितीक दलको थेगो नै रहेको छ की समाज रुपान्तरणका लागि उत्पादनमा जोड दिने कुरा, तर ति केवल बन्द राजनैतिक दस्तावेज शिवाय केही हुन नसकेको आजसम्मको स्थिीतीमा सापकोटा अपवाद हुन भन्नु पनि कसरी, यद्यपी सत्य यही हो की उनको जिबनबिश्वास उत्पादनमा नै अडिएको छ । भन्छन–‘राजनिती र उत्पादन सँगसँगै अगाडि बढ्नुपर्छ । यही नै सापकोटको जिबन बिश्वासको रुपमा प्रकट भएको छ ।
बिसं. २०२८ सालमा गुल्मीको वासिटस्सार वडा न. ६ मा पिता डिलाराम सापकोटा र माता रबिकला सापकोटाको कोखबाट भागिरथ सापकोटांको जन्म भएको हो । २०३३ सालमा सापकोटा सपरिवार नवलपरासीमा बसाई सरे । सानैदेखि नविन प्रयोगमा रुची राख्ने सापकोटाको बिद्यालय तहको शिक्षा पनि नवलपरासीकै अमरापुरी माध्यामिक बिद्यालयबाट भयो । जसबाट उनले २०४४ सालमा एसएलसी तह उत्तिर्ण गरे । सवल पारिवारिक पृष्ठभुमिका बिच हुर्केका सापकोटाको परिवार आफैमा पुर्ण अनि सफलताको बाटोतर्फ उन्मुख थियो । 
२५ बर्षे जोसिलो उमेरमै प्रधानपञ्च र त्यसपछिको दिनमा सफल राजनैतिक जनप्रतिनिधी रहेका उनको बाबुको छाप उनमा नपर्ने कुरै थिएन । देशलाई सदैव सफल नेतृत्वको आवश्यक्ता रहेको तर्फ ज्ञान दिने बाबुकै थोरबहुत प्रेरणा र जिबन प्रतिको नविन दृष्टिकोणकै कारण सापकोटाको राजनैतिक मोह पनि बढ्दै गयो । बिहानको घामको किरणले दिउँसोको अवस्था देखाउँछ भनेझै एसएलसी दिदै गर्दा सापकोटा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला कमिटि सदस्य भैसकेका थिए । 
त्यसपछाडिका दिनमा उनमा देशमा हुँदै गरेका राजनैतिक परिर्वतनप्रति पनि तिब्र रुची बढ्न थाल्यो । यही क्रममा उच्च शिक्षा र राजनितीलाई सँगसँगै अगाडि बढाउने सोचका साथ सापकोटा २०४५ सालमा पाल्पा प्रश्थान गरे । उच्च शिक्षामा भर्ना हुँदै गर्दा यही बेला राजनिती परिवर्तनको गुञ्जायस तिब्र बन्दै थियो । बहुदलका लागि देशब्यापी आन्दोलन चर्किरहँदा सापकोटा मौन रहने कुरै थिएन । अनेरास्ववियू बिद्यार्थी संगठनमार्फत बहुदल प्राप्तिको आन्दोलनमा होमिन पुगेका सापकोटा प्रहरी हिरासतमा रहनुपरेको स्थीती अझै पनि ताजै रहेको सुनाउँछन । त्यसपछाडि २०४८ सालमा चितवन प्रवेश गरेका सापकोटाले त्यहाँ पनि राजनिती र अध्ययनलाई निरन्तरता दिए । चितवनमा रहँदा हालको बालकुमारी कलेजमा अध्ययन गरेका सापकोटा त्यहाँ रहँदा अखिलको जिल्ला सचिव भैसकेका थिए । यसपछाडि २०५० को दशकमा सापकोटाको जिबनको यात्रा नवलपरासी तर्फ मोडियो । यही बेला सापकोटाको बिद्यार्थी राजनितीको करियर पनि अझ बढ्दै गयो । नवलपरासीमै रहँदा ०५० मा अनेरास्ववियूको जिल्ला अध्यक्ष, ०५४ मा लुम्बिीनी अञ्चल अध्यक्ष बन्न सफल भए ।

जिबनको सोच फराकिलो हुँदो थियो, जिबनमा सफलताले थोरबहुत बाटो देखाएकै थियो । यही क्रममा २०५६ मा सापकोटा अध्ययन र राजनितीकै बाटो पहिल्याउन भन्दै काठमाण्डौ प्रवेश गरे । काठमाण्डौमा किर्तिपुर बिश्वबिद्यालयमा मास्र्टस अध्ययनका लागि भर्ना हुदै गर्दा उनको राजनितीक जिबन पनि अझ फराकिलो बन्दै गयो । यही बेला उनी अनेरास्ववियूको केन्द्रिय कोषाध्यक्ष बन्न सफल भए ।
जिबन परिवर्तनशिल छ, सापकोटाको जिबनमा लागु नहुने कुरै थिएन, बिश्वबिद्यालयको डिग्री प्राप्त गरिसकेपछि स्वभाबिक रुपमा उत्पादनमा सरिक हुनै पर्छ, समाज र बिश्व परिवेशले  देखाएको आजको यथार्थलाई बुझ्न सापकोटालाई धेरैबेर लागेन । यही क्रममा सापकोटाले ठमेलमा पर्यटन क्षेत्रसँग सम्बन्धीत रहँदै गोजाली ट्राभल  एण्ड टुर्सको स्थापनाका साथ राजनिती र उत्पादनमा एकसाथ सहभागी हुने निर्णय गरे ।

सवल आर्थिक पृष्ठभुमिको परिवार, यसबिचमा राजनितीमा रहँदा भएको राजनैतिक, सामाजिक सम्पर्कका दृष्टिले मात्र हेर्दा  सापकोटालाई यही बिचमा रहेर हल्ला गर्नमा कुनै समस्या थिएन । यद्यपी स्वस्थ राजनिती र जनताको जनजिबिकाको सवाल सँग जोडेर हेर्ने हो भने सापकोटाले जे गरिरहेका छन त्यो सम्मानजक स्थीती हो । यस अर्थमा कि कम्तीमा राजनितीलाई गलत रुपको गरिखाने भाँडोको रुपमा नेताहरुले आफु र आफ्ना कार्यकर्ता पोसित भइरहेको आरोपबाट कम्तिमा आफु स्वच्छ रहनुमा नै सापकोटाले आत्मसन्तोसको भाव सुनाए ।

सक्रिय राजनिती छोड्नुभयो हो ? भन्ने प्रश्नमा राजनिती बिचार र सिद्धान्त भएको भन्दै यो कहिल्यै नमर्ने र जोकसैले छाड्न नसकिने जवाफ दिने सापकोटाको जिबन हिजोदेखी आज पर्यन्त पनि उत्पादनमै दौडिरहेकै छ । 
सफलता आर्थिक समृद्धि भन्दा बढि आत्मसन्तुष्टि, सामाजिक पहिचान र उत्तरदायित्वमा झल्कने बताउने सापकोटाको जिबनमा धेरथोर यि सबै कराले स्थान पाएकै छन । चर्का नारा लगाउने गलत ढंगको राजनितीलाई होइन, कार्यमुलक स्थिीती, र आफु बाँचेर अरुलाई पनि खुसी साथ जिउँने स्थिीतीकै पछाडि दौडिरहेको बताउने सापकोटाको जिबन बिश्वास आजसम्म पनि अटल र जारी छ ।

तपाईंको बिचार