Wednesday, August 23, 2017

सहमतिका लागि मैदान छाडेको हो, हार्ने डरले होइन : सिंखडा

प्रकाशित मिति: 2016/08/01

गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)नेपालको नेतृत्वका लागि चुनावी सरगर्मी बढिरहेका बेला अन्ततः कमल सापकोटाको नेतृत्वमा जानेगरी सहमति भएको छ ।  यसअघि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबाट नेतृत्वका लागि औपचारिक उमेद्धवारी परेपनि अन्ततः राजनीतिक हस्तक्षेपबाट भिटोफ मुक्त छ भन्ने सन्देश समेत प्रवाह भएको छ ।

भिटोफ अध्यक्षमा उमेद्धवारी फिर्ता गर्ने मध्येका एक हुन,  बर्तमान प्रथम उपाध्यक्ष धु्रव सिंखडा । आफुलाई व्यावसायीहरुको सहानुभुति र साथ सहयोग हुँदाहुँदै भिटोफले स्वतन्त्र रुपले कार्य गर्न सकोस भनेर उमेद्धवारी फिर्ता लिएको बताउने सिंखडा भिटोफले समग्र गाँउ पर्यटनलाई उजागर गर्नुपर्ने बताउँछन ।
प्रश्तुत छ, भिटोफको नयाँ नेतृत्व र आगामि कार्यनितीमा केन्द्रित रहेर सिंखडासँग सोधिएको ५ प्रश्न ।


भिटोफ अध्यक्षका लागि चुनावी मैदानमा उत्रिसकेको मान्छे अन्त्यमा उमेद्धवारी फिर्ता गर्नुभयो, यो अवस्था किन ?
हेर्नुस, भिटोफ विशुद्ध रुपमा ग्रामिण पर्यटन विकाशको लागि अगाडि बढेको संस्था हो । यद्यपी पछिल्लो समय संस्थाको नेतृत्वमा पुग्न विभिन्न गलत नजिर बस्ने गरी राजनीतिक खेलको कुचक्रमा भिटोफलाई फसाउने कोशिस गरियो । यसर्थ भिटोफमा राजनीतिको प्रभाव होइन की पर्यटन विकाशको लागि प्रतिवद्ध व्यक्तिको खाँचो टार्नको लागि सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । यसर्थ धेरै व्यावसायी साथीहरुको सहानुभुति प्राप्त हुँदाहुँदै पनि उमेद्धवारी घोषणा गरेको हुँ ।

तर सुरुमा भिटोफ नेतृत्व हत्याउन सकिन्छ की भनेर आफ्नो नाममा हल्ला गर्नुभयो, अन्त्यमा हार्छु भन्ने पिरले पछि हटेको भन्नेहरुपनि छन नी ?
यो गलत बुझाई हो । म लामो समयदेखी व्यावसायीहरुमाझ भिजेको व्याक्ति हुँ । यसभन्दा अगाडि पनि मैले भनिसके मलाई अध्यक्षका लागि उठ्नका लागि सहयोग गर्छु भन्नेहरुको कमी छैन, साथीहरुको सहानुभुति पनि छ । एउटा मात्र शक्तिसँग मिल्न जाँदा पनि मेरो जित निष्चीत भएको स्थीति हो । अर्कोतर्फ तुलनात्मक रुपले मेरा प्रतिस्पर्धीहरुभन्दा व्यावसायीहरुमाझ लोकप्रिय छु भन्ने मेरो बुझाई हो । अर्कोतर्फ म आफै पनि बर्तमान कार्यसमितिमा बसेर पनि प्रथम उपाध्यक्षको भुमिका निर्वाह गरिसकेकाले मेरो मुल्याँकन साथीभाईहरुले गर्नुभएकै होला । यसर्थ सहमतिका लागि मैदान छाडेको हो, हार्ने डर निराधार हो ।

तपाई बर्तमान कार्यसमितिमा पनि रहनुभएको छ, नयाँ कार्यसमिति चयनको पुर्वाधमा आईपुग्दा भिटोफको लागि तपाई आफैले चै के गर्नुभयो ?
मैले कार्यसमितिमा बसेर उत्पातै गरे भन्ने लाग्दैन । यद्यपी थोरबहुत राम्रा कामको थालनी अवश्य पनि गरेको छु । सुनकोसीमा पहिरोमा परि पिडित बनेकाहरुलाई १ लाख ११ हजार सहयोग, भुकम्पपिडित विद्यार्थीहरुको लागि नुवाकोटमा विद्यालय निर्माण, भिटोफ नेपाल र तारागाँउविकास समिति बिच रहेको बैचारिक र संगठनात्मक दुरी कम गर्न विशेष पहल गरेको छु । त्यस्तै संस्थामा रहँदा संस्थागत निर्णयहरुमा विशेष योगदान दिदै आएको छु ।

आगामि भिटोफ नेपालको नेतृत्वले गर्नैपर्ने पर्यटन सुधारका कामहरु के के हुन ?
हेर्नुस, नेपाल गाँउ नै गाँउले भरिएको ठाँउ हो । पोखरा, लुम्विनी, चितवन लगायत केही बिकसित पर्यटकीय क्षेत्रबाहेक धेरै जसो गाँउमा रहेका पर्यटकीय सुन्दरताहरु पर्यटकहरुको अभावमा त्यत्तिकै ओझेलमा परिरहेको छ । यसर्थ जबसम्म ति क्षेत्रहरुको प्रवद्र्धनमा भिटोफको सक्रियता हुँदैन, तवसम्म पर्यटनका लक्ष्य प्राप्त गर्न सकिदैन । यसर्थ भिटोफको उदेश्य र कार्यक्षेत्र पनि गाँउ पर्यटनमै केन्द्रित भएकाले आगामि नेतृत्वले यसमा विशेष ध्यान दिनुपर्छ ।

चुनावी मैदानबाट बाहिरीसकेको अवस्थामा अव तपाईको भावि योजना के ?
म पर्यटन क्षेत्रमै सक्रिय भएको व्याक्ति भएको हुनाले यही क्षेत्रको विकाशमा आफ्नो व्याक्तिगत तहबाटै सधैभरी लागिरहनेछु । आफले बुझेका कुराहरु आगामि कार्यसमिति सदस्यहरुलाई बाँड्दै सकारात्मक भुमिकाका साथ उनीहरुलाई प्रोत्साहित गरीरहनेछु । पदमा हुनु र नहुनुले मात्र खास फरक नर्पाला ।

 

तपाईंको बिचार