Thursday, April 27, 2017  |    

परिवर्तित तरुण दलको लागि मेरो उमेद्धवारी :कुमार अधिकारी (आरबी)

प्रकाशित मिति: 2016/08/12

साउन २८, दोलखा । नेपाली कांग्रेस निकट तरुणदलको केन्द्रिय महाधिवेशन यही भाद्र २४ गते काठमाण्डौमा   हुने भएको छ ।

महाधिवेशन हुने टुंगो लागेसँगै पदाधिकारी र सदस्यहरुमा उमेद्धवारी दिने आकांक्षीहरुले आफ्नो चुनावी अभियानलाई तिव्र पार्दै लगेका छन ।
तिनै मध्ये एक हुन, दोलखाबाट तरुण दलको अध्यक्षका प्रत्यासी कुमार अधिकारी (आरबी) ।
विगत लामो समयदेखी दोलखाबाट तरुण दलमा सक्रिय रहँदै आएका अधिकारी यसपटक आफु विजयी हुनेमा ढुक्क देखिन्छन ।
परिवर्तित तरुण दलको लागि सशक्त उमेद्धवारको रुपमा आफुलाई अगाडि सारेका अधिकारीले तरुण दललाई अझ मजबुत बनाएर लोकतन्त्रको रक्षा र सामाजिक सेवामा योगदान दिने बातावरण तयार गर्नु नै आफ्नो उमेद्धवारीको प्रमुख कारण भएको बताए ।
नयाँ पुस्ताको तरुण दलप्रति विश्वास जगाउन नसक्दा विगतका सबैजसो संसदीय निर्वाचनमा दोलखाका प्रतिनिधीले हार बेहोर्नुपरेको प्रशंग उठाउँदै अधिकारीले आफु केवल अध्यक्षको लोभमा भन्दा पनि संगठन परिवर्तन र आफु होईन संस्था परिवर्तन भन्ने नविन सोचका साथ अगाडि बढेकाले सवै सहकर्मीको साथ पाउनेमा आफु पुर्ण आशावादी रहेको उनको भनाई छ ।
अहिले तरुण दल धन, डन र बलमा मात्र केन्द्रित रँहदै आएको भनेर संगठनमाथी लाग्दै आएको आरोप मेट्न पनि आफु हरतरहले लागि परेको भन्दै आफ्नो संगठन परिवर्तनको चाहनामा सवै पार्टी प्रतिनिधी एक ढिक्का भएर लाग्नुपर्नेमा उनको जोड छ ।
यसका साथै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय अधिकारीले स्वास्थ्य, शिक्षा, भुकम्पपछिको पुर्ननिर्माणका क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याएका छन ।
भाद्र ५, ६ र ७ गते हुने दोलखा, तरुण दल जिल्ला अधिवेशनबाट नेतृत्वमा स्थापित हुने क्रममा रहेका अधिकारी संगठन भित्रको परिवर्तनको आवाजलाई आत्मसाथ गर्दै नयाँ पिढीमा संगठनप्रतिको आशा र भरोसा स्थापित गरीछाड्ने बताउँछन ।

तपाईंको बिचार