Thursday, April 27, 2017  |    

छोटेपाटनको ड्रमको भात अझै सम्झना छ :बलराम न्यौपाने

प्रकाशित मिति: 2016/12/28

पौष १३, काठमाण्डौ । कक्षा ४ मा पढ्दै गर्दा गाँउकै साथीसँगको सल्लाहमा पहिलो चोटी घर छोडेर पोखरा पुगेको थिए । संघर्ष त्यही बाट सुरु भयो भन्ने लाग्छ । गोजीमा दुईचार रुपैयाँ पैसा त थियो तर केही खरिद गर्ने बित्तिकै गोजी रित्तो हुन्थ्यो ।

पोखरा पुगीयो चिनेजानेका कोही थिएनन, खानाबस्न टुंगो पनि थिएन, किनेर खान पैसा पनि भएन, दुईजनाको साथ थियो, मनमा आत्मबिश्वास । त्यही काफी ।
दुई दिन भोकै बस्यौ, तेस्रो दिन मुखमा पानि हालेर छोटेपाटनको रोडमा बरालिदै गर्दा एक हुल व्याक्ति बाटोको बिचमा केके जाति गर्दै थिए । 
काम पनि थिएन, फुर्सदै फुर्सद । उ र म एकैछिन रोकिएर हेर्नथाल्यौ । तर हेराईको खास आनन्द पनि थिएन ।
(साथी)उसले भन्यो, उ त्यो मोटे व्याक्तिलाई भनेर हामी पनि नाली खन्ने हो की ?
खन्न त खन्ने, दुईदिन देखी केही खाएको छैन, अर्को कुरा काममा पनि राख्ने होकि होईन, यस्तै यस्तै.....
नुवाकोटकै तामाङ थरका व्याक्तिले बाटो खन्ने जिम्मा लिएका रहेछन, हामीलाई पनि काममा राख्न राजी भएँ । खुसीको सिमा थिएन । बेलुका बस्ने र खानेको टुंगो लाग्यो । बस पुग्यो । अरु चाहिएको थिएन । त्यसमाथी १५ दिनमा तलब दिने कुरा गरेका थिए ।
उसिना चामलको ड्रममा पकाएको भात, ८०, सय जना हुँदा हुन भात खाने व्याक्तिहरु । व्यस्त दैनिकी, घरको जस्तो भएन भनेर सोच्ने छुट त कहाँ थियो र त्यैपनि बेस्वादको खाना र निरस कामले टिकाईरहन सकेन, त्यसमाथि १५ दिनमा दिने भनेको तलब दुई महिनामा पनि दिएनन । जुनठाँउमा थियौ, त्यही पुग्यौ । अर्थात दिनभरी काम खोज्ने काम र बेलुकी भएपछि पाटीको बास ।
१३ बर्षकै उमेरबाटै सुरु भएको जिबनसंघर्षको कथा बताउँदै थिए, बलराम न्यौपाने ।
गन्तव्य नेपालको कार्यलयमा भेटिदै गर्दा लाग्दैन उनमा बिगतप्रति कुनै पश्चाताप छ, या ग्लानी छ, आजको सफलताको जग थियो, हजुर पोखरा संघर्ष उनी यसै भन्दै थिए ।
कामले नै जिबन भोगाई सिकाउने रहेछ । काम छाडे पछाडी ३ बर्ष होटल तथा ट्रेकिङको सामान्य काम गर्दैगर्दा उनी २०३६ ताका काठमाण्डौ हानिए ।
काठमाण्डौमा भने संघर्षको रुप केही फरक ढंगबाट सुरु भयो । चिनजानकै साथीबाट आमाडब्लम ट्रेकिङ ठमेलमा टे«किङ गाईडको काम पाए । २ बर्षसम्म ट्रेकिङको काम गरेपश्चात सन १९९३ मा साझेदारीमा हिमाल भेन्चर ट्रेक नामक कम्पनी सुरु गरे । यद्यपी माओबादी युद्धका मारले पर्यटन क्षेत्र आक्रान्त भएको समय परेछ, क्यारे आर्थिक रुपमा धरासायी हुन पुगियो । उनी सम्झन्छन ।
यद्यपी पर्यटनमै जिबन संघर्ष बाँचेको मान्छे मैदान छोडेर बाहिरीन पनि सकिएन । अप्ठेरो पछि सजिलो भनेझै २००५ मा रसुवा ट्रेक प्रालि स्थापनासँगै जिबनको गोरेटो पनि अझ बृहत बन्दै गयो ।
पर्यटन क्षेत्रमा थोरबहुत रुपमा स्थापित भएको छु । जिबन संघर्षले जिबनको सफलताको रुप देखायो । फर्केर हेर्दा कुनै ग्लानी छैन, समाजप्रतिको उत्तरदायित्व पुरा गर्न आफ्नो ठाँउबाट कोशिष गरेकै छु । नभन्दै न्यौपाने नाम, दाम र भावना तिनै गुणबाट सजिएका छन ।
रसुवा नुवाकोट पर्यटन समाजका माध्यमबाट उनले बाटो, पुलपुलेसा र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिएकै छन ।
केही समय अगाडिमात्र शिक्षा मन्त्रालयले समेत उनलाई रसुवा नुवाकोट क्षेत्रको शैक्षिक बिकासमा उल्लेख्य भुमिका खेलेको भन्दै सम्मानित गरिसकेको छ ।
जिबनमा अब धेरै धनोपार्जन भन्दा पनि सामाजिक उत्तरदायित्वपुर्ण जिबन जिउने क्रममा छु उनी यसै भन्दै थिए ।
बिगतका दिनप्रति नतमस्तक छु । तर त्यो भन्दा बढि छोटेपाटनमा खाएको ड्रमको भात उनलाई अझै याद आउँछ रे ।

तपाईंको बिचार