Wednesday, August 23, 2017

तत्काल झ्याई पार्ने सोच छैन, पर्यटनको सुत्र बन्नेछु :डा. दिलबहादुर तामाङ

प्रकाशित मिति: 2017/01/05

पौष २१, काठमाण्डौ । सानैदेखीको डाक्टर बन्ने चाहना थियो, पुरा भयो । २०१६ जुलाईमा चिनबाट एमबिबीएस अध्ययनको समाप्तीपश्चात चिकीत्सक काउन्सीलको परिक्षा पास भएसँगै काम गर्ने बाटो पनि खुल्यो, एकमहिना अगाडिबाट शहिद मेमोरियल अस्पतालमा चिकित्सकका रुपमा कार्यरत छु, निकै हँसिलो मुद्रामा एक युवा यसो भन्दै थिए ।

दिलबहादुर तामाङ, घर काभ्रे धुलिखेल नगरपालिका वडा न. ६ कुताल ।
२०४५ साल भदौमा जन्मिएका तामाङको एसएलसी सम्मको अध्ययन धुलिखेलमै भएको थियो ।
बुबा, २ भाई र एक बहिनीका दाजु हुन दिलबहादुर । सानैदेखी असल मान्छे बन्नुपर्छ भनेर बुबाले उत्पेरणा दिईरहनुहुन्थ्यो, राम्रो कस्तो होला भनेर सोच्दै जाँदा डाक्टर, ईन्जिनियरकै कुरा हुन्थ्यो गाँउमा । उनले पनि सोही बाटो समाते, डाक्टर भएरै
छाडे । उनको सपना साकार भयो, बाबाको खुसी पनि यसमा जोडियो । उनको मिलनसार व्याक्तित्व र सहयोगी भावनाले साथीभाई दंग ।
चाईना अध्ययनबाट फर्के पश्चात बिर अस्पतालको इर्मजेन्सी सेवामा करिब ६ महिना भोलिन्टीयरको रुपमा समेत काम गरेपश्चात एकमहिना अगाडिबाट शहिद मेमोरियल पुगेका हुन ।
त्यसो त सुरुवाती दिनमा धुलिखेलमा प्रबिणता पमाणपत्र तहको (एच. ए) अध्ययन पश्चात  काभ्रेको नार्केस्थीत स्थानिय सामुदायिक अस्पतालमा समेत केही समय काम गरेका थिए ।
गाँउले जिबनमा आईपर्ने स्वास्थ्य समस्यका बारेमा समेत नार्के बसाईले धेरै कुरा सिकाएको उनको अनुभव छ ।
जिबनमा सानै उमेरमा सफल देखिनुहुन्छ, बिबाहबारेको सोचका सम्बन्धमा कुरा गर्दा उनी दंग देखिए ।
नार्के बसाईकै क्रममा जिबनसाथीको खोजी पनि गरिसकेको छु , लामो हाँसो .... ।


परिवारको जेष्ठ सदस्य हुनुको नाताले परिवारिक उत्तरदायित्व पनि बढि नै हुने रहेछ, सबै कुराको व्यावस्थापनको प्रमुख जिम्मेवारी ।
अध्ययनका क्रममा भक्तपुरमा पढ्दी रैछिन, गाँउ (नार्के) गएका बखत भेट भयो, सुरुमा साह्ै खुल्दुली लाग्या थियो, एक महिनाको जमघटपछि, प्रेम प्रश्ताब राखे, ... उनले स्वीकार गरिहालिन । अरु के चाहियो ... (मुस्कान)..उनले साथ दिएकै छिन, तत्काल बिहे गर्ने सोच छैन ।
समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छन । पोहोर साल बैशाख १२ गतेको भुकम्पका बेला काभ्रेले पनि ठुलो क्षति बेहोरेको थियो, बिपत्तीमा सहयोग गर्दा आफैलाई अलौकिक महशुस हुदो रहेछ, प्राथमिक स्वास्थ्य सामाग्रीका रुपमा लत्ताकपडा, झुल, पानीको जार र खाद्य सामाग्री संभव भएसम्म पुर्याएको उनी सम्झन्छन ।
पर्यटन क्षेत्र प्रति समेत उनमा औधी रुची छ, भन्छन, स्कुल पढ्दा १६, १७ बर्षे उमेरमा धुलिखेल आसपासका क्षेत्र घुम्न आउने पर्यटकहरुलाई उनी टुरिष्ट गाईडकै जस्तैगरी घुमाउने गर्थे रे ।
भन्छन, गाँउको हरियाली र नेपालको प्राकृतिक सुन्दरताका कारण पनि नेपालमै जन्मीनुमा आफुमा बिछट्टै गर्ब छ ।
केहीसमय भित्रै पर्यटन क्षेत्रमा स्थापित व्यावसायी बन्ने सोचमा छु, ट्राभल, ट्रेकिङ नै मेरो पहिलो रोजाई बन्नेछ, उनले भने ।
कर्मप्राप्तीको बाटोमा दौडिरहँदा समयक्रमसँगै पुरा हुँदै जाने रहेछन, दौडिरहेकै छु, – उनले भने ।
 

 

 

तपाईंको बिचार