Sunday, December 17, 2017

उ बेलामा मनग्ये पैसा हुँदो हो त टेलिभिजनमा गुञ्जिने थिए :नवराज श्रेष्ठ

प्रकाशित मिति: 2017/01/18

माघ ५, काठमाण्डौ । उ बेलामा मनग्ये पैसा हुँदो हो त, यसबेला मेरा आवाज रेडियो र टेलिभिजनका सेटहरुमा गुञ्जिदै गरेका हुँदा हुन, अटोग्राफ लिन फ्यानहरुको लाईन लाग्दो हो, दर्शक श्रोतासँग जिबनको खुसि साटिने थियो, सम्झदा सफलताको काउकुती लागेर आउँछ ।  

खयर, केही छैन, आज पनि एकहिसाबले सन्तुष्ट छु, जिबनमा चाहेका सबै कुरा गर्न परिष्थीतिले नमिल्दो रहेछ, तर सांसरिक सुखको भोग थोरबहुत गरेकै छु । बितेको कुरामा कुनै पश्चाताप छैन । व्यावसायिक जिबनमा जिबनका सपनाहरु समेटिएकै छन । सन्तुष्ट छु, बितेका पलप्रति कुनै कुरा छोडियो भनेर ग्लानी छैन, जिबन भोगाई समानान्तर रुपमा अगाडि बढेकै छ ।
नवराज श्रेष्ठ । २०३८ ताका सिन्धुलीको देउरालीटारमा  जन्मिएका श्रेष्ठको सोच सानैदेखिको गायक बन्ने सपना थियो । तर भए ठमेलका प्रख्यात होटल व्यावसायी, ‘होटल एभरेष्ट माउन्ट होलिडे’ उनलाई चिनाउने ब्राण्ड बन्यो ।
२०५६ ताका एसएलसी दिएपश्चात सिन्धुलीबाट रात्रीकालिन बस चढेर कलंकी ओर्लिए । ठमेलमा उनका काका बाबुको ‘होटल टिबेट होलिडे’ उसबेलै प्रख्यात थियो ।
सिधै ठमेल हानिए, काकालाई भेटे । कसैलाई इन्टरभ्यू दिनु परेन, काम खोज्ने झण्झट पनि थिएन । भोलिपल्ट देखी नै बेल ब्वाईको रुपमा काम सुरु गरे । 
जिबनमा काठमाण्डौको यात्रामा ठुलाठुला संघर्ष गरेका मान्छेका आत्मकथा उनको जिबनमा तयार भएन । सुन्दै अचम्म लाग्ने कथा भरिएन ।
होटलको कामले थोरबहुत आम्दानी दिएकै थियो, यही बिचमा एसएलसी पास भए, अर्को खुसी थपियो, सरस्वती क्याम्पसमा आईकममा भर्ना भए । काम र पढाई सँगसँगै अघि बढ्यो ,– उनले भने ।
तिन बर्षसम्म काकाको टिबेट होटलमा काम गरेपश्चात २०५९ ताका ‘मुनलाईट ट्राभल’ लाजिम्पाटमा काम सुरु गरे । त्यहाँ १ बर्ष काम गरेपश्चात फेरी काकाकै होटल फर्केर वेटर हुँदै रिसेप्सनमा समेत काम गर्न थाले ।
५ बर्ष यही क्रममा समय अघि बढ्यो । पर्यटन क्षेत्रमा भएगरेका अनुभव छँदै थियो, थोरबहुत पैसा जम्मा भएकै थियो । यसैमा कुरिरहनु उनलाई ठिक लागेन ।
२०६५ ताका आजको उनको ब्राण्डको रुपमा स्थापित ‘होटल एभरेष्ट माउन्ट होलिडे’ स्थापना गरे ।
सामान्य आर्थिक पृष्ठभुमिका श्रेष्ठ एकपछि अर्को गर्दै सफलता हात पार्दै गए । होटल व्यापारले उनको आर्थिक हैसियत पनि बढ्दै गयो । फलतः आज ठमेलमा सानदार व्यावसायीको रुपमा उनको परिचय स्थापित छ ।
काकाबाबुकै होटलमा काम गर्दा सुरुका दिनमा गायकको सपना पुरा गर्न उनले कम्मर नकसेका पनि होईनन, उनलाई लाग्यो, सुरुमा आर्थिक मजबुत बनाउँनुपर्छ । यसैमा उनी केन्द्रित भए, सफल पनि भए । 
उसबेलाको काम र पढाई एकसाथ चल्दै गर्दा केही नयाँ गरौ भन्ने सोच नै गायक बन्ने सपनामा जोडिएको हुनुपर्छ, उनी सम्झन्छन, नत्र त आज सबै थोक छ, समय छैन । 
होटल टिबेटमै काम गर्दा उनीसँग भेट भयो, पछि बिस्तारै सम्बन्ध बढ्दै जाँदा बिहेबारी पनि भो । अहिले २ जना छोराहरु छन । शान्त सुखी परिवार छ,.... ।
त्यसताका सासुआमा पनि होटल टिबेटमा हुनुहुन्थ्यो,  कहिलेकाही उहाँले लिएर आउनुहुन्थ्यो, पहिलो भेटमै नजर बस्यो, अरु के चाहियो र, सोचेको पुरा भयो ।
जिबनमा जुन क्षेत्रमा रहेपनि दृढ ईच्छाशक्ति र कामप्रतिको सम्मान भयो भने सफलता टाढा छैन, जिबनको भोगाई सुनाउँदै थिए ।
तारे बिहिन होटल व्यावसायीहरुको संस्थामा कार्यसमिती सदस्य रहेका श्रेष्ठ ठमेलमा सक्रिय बिभिन्न संघसंस्थाका साथै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर छन ।
व्यावसायिक सफलता मात्र नभएर सफल व्याक्तिको चर्चा सामाजिक उत्तरदायित्वसँग पनि जोडिने उनको बुझाई छ ।
 

तपाईंको बिचार