Monday, March 27, 2017  |    

ढुंगाले हान्नेलाई फुलले प्रहार गरे :प्रकास सापकोटा

प्रकाशित मिति: 2017/01/30

माघ १७,काठमाण्डौ ।  सुख कहाँ छ, आफु मिटाई अरुलाई दिनु जहाँ छ । दर्शनको दुनियाँमा यसको प्रयोग लामो समयदेखी हुँदै आएको छ, आखिर सत्यता पनि यसकै वरीपरी लुकेको कुरालाई नकार्न सकिन्न ।

आजका दिनमा जतिपति सफल व्याक्तिहरुको जिबनका बिगत खोतल्ने हो भने यस कुराले जिबनमा प्रवेश पाएकै छन, भलै आगतमा यि कुराहरुलाई त्यति महत्व दिएको हुँदैन, मान्छे ।
यद्यपी सफलताको छाँयामा यसले ठु्लो प्रभाव राख्ने रहेछ हजुर । यसै भन्दै थिए, प्रकास सापकोटा ।
हाँडीगाँउमा ‘ माउन्टेन बुद्ध टुर्स एण्ड ट्राभल्स’ उनलाई चिनाउने पर्यटनको ब्राण्ड बनेको छ, त्यो भन्दा बढि बिगतको कमजोरीलाई आगतको सफलतासँग जोडेको छ, यसले । अर्थात बर्तमानमा उनको खुसी यसैमा जोडिएको छ ।
काभ्रेको र्याले गाबिसमा २०४३ ताका जन्मिएका हुन प्रकास सापकोटा । परिवारमा कान्छा सदस्य हुन उनी । प्राथमिक शिक्षा गाँउकै बिद्यालयमा पढ्दै गर्दा कक्षा ७ मा उनी काठमाण्डौ हानिए । सामान्य परिवार थियो सापकोटाको, यद्यपी उनको भबिश्यमा सबैभन्दा धेरै चिन्ता गर्ने उनका दाजु थिए रे ।  भन्छन, दाजुकै कारण कक्षा ७ भर्ना हुनकै लागि काठमाण्डौ आईपुगें र त्यतिबेलाको प्रख्यात ‘भिएस नीकेतन’ मा भर्ना भएँ, ०५७ मा एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भए । त्यसपछिको उच्च शिक्षाका लागि जनमैत्री कलेजमा भर्ना भए, सुरुका दिनमा काम र अध्ययन सँगसँगै अगाडि बढाउने उदेश्यले ‘बुद्ध ट्रान्सपोर्ट सर्भिस’मा कार्यलय सहयोगीका रुपमा काम गर्न सुरु गरे । कलेज अध्ययन २०६२ ताका नै समाप्त भएपनि बुद्ध ट्रान्सपोर्टको उनको यात्रा भने २०६४ सम्म जारी रह्यो । यसबिचमा उनले पर्यटन क्षेत्रमा प्रयोग हुने यातायात सेवाको अवस्थालाई राम्रोसँग बुझिसकेका थिए , त्यसैको जगमा टेकेर उनले हालको ‘माउन्टेन बुद्ध टुर्स एण्ड ट्राभल’ २०६५ ताका स्थापना गरे ।
पर्यटन क्षेत्रमा उनको यात्रा भने सानैदेखीको सपना सँग जोडिएको उनको भनाई छ । स्कुले अध्ययनका सुरुका दिनमा गाँउमै रहँदा उनको घरमाथिबाट हुलका हुल गोरा छाला भएका पर्यटक र त्यससँगैको भिडमा केही नेपाली हरुपनि औलो यताउता देखाउँदै गफिदै हिडेको दृश्य बडो आनन्दको लाग्थ्यो रे उनलाई । अहिले बुझ्दा लाकुरी भञ्ज्याङ हुँदै उकालो चढ्ने ति गोराछाला भएकाहरुकै कारण कही न कही आफुलाई पनि तिनीहरुको सामिप्यमा रहन पाए कस्तो हुँदो हो भन्ने मानसिकताले काम गरेको हो की भन्ने लाग्छ, उनलाई ।
०५३ सालमै दाजुले काठमाण्डौको स्कुलमा भर्ना गरिदिएपछि उनको दृश्य पनि लामो रहेन । यद्यपी मनको कुनामा गडेको चिज त, कहाँ त्यत्तिकै निस्कन्थ्यो र, त्यसैको निरन्तरताको रुपमा आजको उनको भेईकल व्यावसायलाई उनले अथ्र्याउने गरेका छन ।
सानै उमेरमा उनले जेजति सफलता पाएका छन, उनको हिजोको स्थीति सँग तुलना गर्ने हो भने अभुतपूर्व सफलता उनको जिबनमा हात पारेको छ ।
एसएलसी सकेर ०५८ सालमा जनमैत्री क्याम्पसमा भर्ना भएपछाडिका उनका जिबनका पलहरु पनि निकै रोमाञ्चक देखिएका छन । जोसँग पनि छिट्टै मिल्न सक्ने स्वभावका थिए, सापकोटा, त्यो भन्दा बढि थियो भने, त्यो सहनसिलता ।
बुृद्ध ट्रान्सपोर्टमा काम गरेकै थिए, सामान्य पैसाको खास समस्या थिएन, स्वबियू राजनीतिमा पनि केही समय दौडिए, साथीहरुमा पनि उनको प्रभाब राम्रै थियो, साथीहरु केटाकेटी सरोबरी थिए उनका । यद्यपी कलेजमा हुँदा खास कसैप्रति आँखा गएन, उनीहरुले लगाएका भए उनै जानुन,.... ।
.... (केही छिनको सोचपछि) अँ.. कलेज भन्दा बाहिरकी एक जनासँग चै मन बसेको थियो, तर...... ।
भिनाजु ईन्सुरेन्समा काम गर्नुहुन्थ्यो, २०५८ को बैशाख ताका हुँदो हो,  धुलिखेलमा ३ दिने मिटिङ छ, जान्छौ भनेर सोध्नुभो, मैले पनि हुन्छ भने, पहिलो चोटी त्यही भेटेको हो, उनलाई । 
उनलाई देख्नेबित्तिकै मन बसिसकेको थियो, बरु मारिदेउ तर केटीसँग बोल्न नलगाउ भन्ने सिद्धान्तको थिए म । 
त्यसपछाडीका दिनमा निरन्तर भेटघाट चलिरहन्थ्यो, औपचारिक रुपमा उनका ममी भाईहरुलाई पनि थाहा भैसकेको कुरा थियो, त्यो ।
यद्यपी त्यसबेला संघर्षकै दौरान थिए, खास उनले चाहेको कुरा पुरा गर्न सक्दिन की भन्ने लागेकै थियो, यसमा कहीँ न कहीँ मेरो आर्थिक हैसियतमाथि उनमा समस्या भएजस्तो लाग्छ । अन्त्यमा त्यही साबित भयो, उनको र मेरो बाटो कुनै झगडा, कुनै रिसरागबिना सहमतिमा टुंगियो, आज फर्कदा, बिगतको सम्झना सम्झनाकै रुपमा छ, खास पश्चाताप छैन, उनलाई के छ, थाहा भएन । 
बिगत कोट्याउदै जाँदा देखिने छाल न हुन ति, यद्यपी आगत अझै सुन्दर बनाउनु छ, बिगत प्रति कुनै पश्चाताप छैन, ढुंगाले हान्नेलाई फुलले हान्नु भन्छन, मैले पनि त्यही गरे । बिगतमा उनीसँग ठोक्किन पुगेर भगवानले ठुलो गुन लगाईदिए, कम्तीमा आफुलाई चिन्न र चिनाउन सके । यसैमा खुसी छु । आफुलाई भन्दा बढि माया गर्ने श्रीमती पाएको छु । आज म जेछु यसमा उनको हात छ ।
जिबन सहनशिलता र संघर्षबाटै सार्थक हुने रहेछ, बिगतबाट सिक्दै आगत बदल्ने कर्म चलिरहेकै छ, उनले भने ।

तपाईंको बिचार