Saturday, November 18, 2017

पर्यटन क्षेत्रका सरल फिगर दीपेन्द्र अधिकारी

प्रकाशित मिति: 2017/09/05
दीपेन्द्र अधिकारी, प्रबन्ध निर्देशक – एड्भेञ्चर डिस्कभरी ट्रेक्स एन्ड एक्सिपिडिसन
दीपेन्द्र अधिकारी, प्रबन्ध निर्देशक – एड्भेञ्चर डिस्कभरी ट्रेक्स एन्ड एक्सिपिडिसन

काठमाडौं । दृढ इच्छा शक्ति र लगातार परिश्रम गरे जीवनमा सफलता धेरे टाढा छैन । युवा पर्यटन व्यवसायी दीपेन्द्र अधिकारीको सफलताले यही भन्छ । सानै देखि पर्यटन व्यवसाय प्रति लगाव भएकै कारण उनी अहिले एक सफल पर्यटन व्यवसायीको रुपमा स्थापित भएका छन् । 

विसं २०४१ सालमा धादिङ जिल्लाको फुलखर्कमा बुबा भीम बहादुर अधिकारी र आमा भीम कुमारी अधिकारीको तेस्रो सन्तानका रुपमा उनको जन्म भएको हो । सानै देखि गाउँका अग्रज दाईहरुले नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो गाँउ धादिङ घुमाउन लग्थे । यो देखेपछि उनको मनमा पनि भविष्यमा यस्तै काम गर्ने इच्छा जागेर आयो । एसएलसी सम्मको अध्ययन गाउँमै सकाएपछि विसं २०५८ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनी पनि त्यसपछि पर्यटन क्षेत्रमा प्रवेश गरे । 

तर उनको बुबा आमाको चाहना भने छोरो पढेर भविष्मा माष्टर बनोस भन्ने थियो । सानै देखि उनमा सवार पर्यटनको भुतले अन्तत उनलाई यही क्षेत्रमा पु¥याई छाड्यो । 

त्यसपछि उनलाई यस क्षेत्रले थप मोहीत बनायो । ट्रेकिङगाइड, क्लाइम्विङ गाईडको काम गर्दै आएका उनले सन् २००९ देखि भने आफ्नै लगानीमा एड्भेञ्चर डिस्कभरी ट्रेक्स एन्ड एक्सिपिडिसन स्थापना गरे। आफ्नो पर्यटन यात्राका क्रममा उनले नेपालको अधिकांश पर्यटकीय पदमार्गको भ्रमण पनि गरिसकेका छन् भने ६ हजार मिटर माथिका थुप्रै पिकहरुको समेत आरोहण पनि गरेका छन् । 

म्याराथन रनर र क्लाईम्बर समेत रहेका अधिकारीले नेपालको एड्भेञ्चर टुरिजमको प्रवद्र्धनका लागि दुई पटक एभरेष्ट म्याराथन दौड समेत सहभागि भएका छन् । यसका साथै मुलुको पर्यटन प्रवद्र्धनका लागि विदेशमा हुने विभिन्न ट्रेड, फेयरहरुमा समेत सहभागिता जनाइसेका छन् । विदशीहरुले नेपालबारे निर्माण गरेको डकुमेन्ट्रीमा समेत उनले साथ दिएका छन् । 

यसका साथै उनले भर्खरै मात्र राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डायनामिक फिगरको चित्रण गर्दै विशेष सम्मान समेत गरेको थियो । 

सरल र मिलनसार स्वभावका अधिकारी नेपालको पर्यटन क्षेत्रमै आफ्नो जीवन समर्पित गर्ने योजनामा छन् । नेपालमा पर्यटनको उच्च सम्भावना रहेपनि आवश्यक पूर्वाधारको विकास गर्न नसक्दा सोचे अनुसार पर्यटन आगमन बढ्न नसकेको उनी बताउछन् । राज्यले पूर्वाधार निर्माण गरे पर्यटक आगमन आफै बढ्ने उनको बुझाई छ । नेपाल पर्यटन बोर्ड लगायतका  सरकारी तथा नीजि संघसंस्थाहरुले विदेशमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु संचालन गरेपनि त्यो प्रभावकारी बन्न नसेकेकाले  अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रवद्र्धनात्मक कार्यक्रमलाइ समेत तीब्र बनाउनुपर्ने उनको सुझाव छ । 

तपाईंको बिचार