Sunday, April 21, 2019

न कुनै एजेन्सी न त व्यवासायी तैपनि शान्त र प्रख्यातः प्रा.डा. तुलाधर

प्रकाशित मिति: 2018/08/29

काठमाडौं । टुरिजम क्षेत्रमा प्रा.डा. ज्ञानेन्द्र रत्न तुलाधरलाई नचिन्ने सायद कोही नहोला । न त उनको कुनै ट्राभल एजेन्सी छ न कुनै पर्यटन व्यवसायमा नै उनी सलंग्न छन् । तैपनि तुलाधर टुरिजममा चिरपरिचत नाम हो ।

सन् १९५८ अप्रिल २८ मा काठमाडौंको असनमा एक व्यवसायिक परिवारमा तुलाधरको जन्म भएको थियो । बुबा जगत रत्न तुलाधर र आमा मोतीलानीका कोखबाट जन्मनुभएका तुलाधरले आफ्नै घरनजिकको शान्तिनिकुञ्ज विद्यालय र पद्मोदय माध्यमिक विद्यालयमा अध्ययन गरें । उनी भन्छन्, मेरो बुबा एक साधारण व्यापारी थिए भने उबेलको एक मेकानिकल इन्जिनियर पनि थिए । त्यसैले मलाई पढाइमा कसैले पनि रोकतोक गरेन । सबैले पढ्नुपर्ने हौसला दिइनैरहें । 

सुरुमा शान्ति निकुञ्ज भई पद्मोदय विद्यालयबाट सन् १९७६ मा एसएलसी परीक्षा दिएर तुलाधरले राम्रो अंकमै परीक्षा उत्तीर्ण गरें । त्यसपछि पब्लिक युथ क्याम्पस बाट आइ.कम. र बी.कम. (हालको कक्षा १२ र स्नातक) सम्मको पढाई नेपाल बाटनै पूरा गरें । आफ्नो बाल्यकाल सम्झदैं खुसी मुखमा उत्तार्दै उनले सुनाएँ ।

पढाइको नतिजाहरु संधै राम्रो हुँन्थ्यो । सोही कारणले छात्रवृत्तिको मौका पनि पाए, तुलाधरले । “एकदिन बुल्गेरिया (युरोप) का राष्ट्रपतिकी छोरी, एवं परराष्ट्रमन्त्रि महामहिम ल्यूडमिला जिभकोभा नेपाल भ्रमणमा आउनुभएको थियो । मेरो फुपु पतिको दाजु मोतीरत्न तुलाधरको आतिथ्यमा रहनुभएको थियो । चार दिनको नेपाल बसाईमा नेपालको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक रहनसहन र हाम्रा आतिथ्यले उहाँलाई सा¥है रमाईलो भएको थियो । त्यस्तै उहाँ संग हामी अबोध बालकहरु पनि रमाइ राखेका थियौं । हाम्रो त्यो रमाइलोपन र लगनशीलता देखेर उहाँ खुसी हुनु भएको रहेछ र दाईलाई सोध्नुभएछ, तपाईंको कति बाल बच्चाहरु छन् । सिधा मनले दाईले पनि चारजना  भन्नुभयो । त्यसोभए म ती तिम्रा बच्चाहरु बुल्गेरियामा पढाउन्छु भन्नुभयो । उनीलाई के थाहा दाईका छोराछोरीहरु सानासाना नै छन भनेर । हुन्छ नै भन्नुभएछ, दाईका नानीहरु सानो रहुँजेल दाईले हामी ४ साथीहरुलाई शिखर चढ्ने मौका दिनुभयो ।” विगतका दिनहरु सम्झदैं उनले भने ।

सन् १९८० मा युरोपको बुल्गेरिया, सोफिया सहरमा व्यवस्थापनमा स्नातकोत्तर वा चारटर एकाउण्टेन्ट पढ्ने सोच बनाएर तुलाधर पगें । तर समाजवादी सिस्टमको अप्थेरोपन र व्यवसायिक कारणले रोजेको विषय पढ्न भने मिलेन । विषय बदल्न सहयोगका लागि उहि महामहिम जिभकोभा काहाँ पुगें र सहयोगको अपेक्षा राखे । महामहिमले कुरा सुने र मुसुक्क हाँसी, दाईको भाई सम्झेर भने “Don’t worry, I will teach you a special subject, which is very much suitable and needed to Nepal”.  विषेश सल्लाह अनुरुप विषेश व्यवस्थामा Economic University of Varna मा टुरिजम विषयमा भर्ना मिलाई दिनुभयो जस्मा मैले स्नातक लेभल (चारवर्ष) फेरि दोहेर्‍याई पढ्नु पर्‍यो । उनी भन्छन्, तर मलाई कुनै पछुतो लागेको छैन ।

विभिन्न दुःखसुख झेल्दै तुलाधरले स्नातकर र मास्टर तहको अध्ययन पूरा गरे । त्यसपछि पर्यटन विषय पढेको हुँदा आफ्नै देश पर्यटन योग्य बनाउने अभियानका साथ नेपालमानै फर्कने सोच बनाए र सन् १९८६ मा तुलाधरनेपाल फर्के ।

नेपालमा बसेर केही काम गर्ने सोच र योजना बनाएको तुलाधर बताउँछन् । त्यो बेला पर्यटन विषयमा मास्टर तहसम्मको अध्ययन पूरा गर्ने कोहि थिएन । सबैले पर्यटनमा मास्टर पूरा गरेको भनेपछि कामको लागि पनि बोलाइन्थ्यो । उनी भन्छन्, टुरिजमको के मा मास्टर होनि ? मेरो उत्तरः टुरिजम हुन्थ्यो भने टुरिजमको के विषयमा, फेरि प्रश्न तेर्सिन्थ्यो । त्यतिबेला पर्यटनको विषयगत अध्यापन धेरैकमले मात्र बुझ्ने रहेछ । सबैले मलाई नै प्रश्न तेर्साउँथे । कस्तो लाटो मान्छे यूरोपमा पुगेपछि पर्यटनमा पनि मास्टर गर्ने हो । किनभने पर्यटन भनेको व्यवसाय मात्र हो । त्यतिबेला सबैले बुझ्ने वा मान्ने शिक्षा वा पेशा भनेको डाक्टर, इन्जिनियर या त व्यवसाय नै थिए । तर पनि के गर्ने, आफूले पर्यटनमा स्नातकोत्तर गरेर आई सक्यो, काम त गर्नुनै पर्‍यो । 

पर्यटन मन्त्रालय र विभागमा कामको लागि धाए । लोक सेवा दिनु पर्ने रहेछ । तसर्थ रोईरहनु भन्दा गाईरहनु बेस भनेर त्यो बेलाको एक प्रतिस्थित युनाईटेड ट्राभल एजेन्टमा अफिसरको रुपमा काम सुरु गरें । तर नेपालमा काम, दाम र बुझाईमा धेरै अन्तर रहेछ । मलाई बुझ्ने मेरा साथीहरु कोई भएन र थिएन, सबै उतै थिए । साथै मलाई विदेशी हावाले पनि छोइसकेको रहेछ । मलाई दिक्कमात्र लाग्न थाल्यो । त्यसैले म फेरि युरोप वा अमेरिकामानै जान तयारीमा लागे । तर बहानात चाहियोनै, त्यसैले मैले आफ्नो पि.एच.डी.अध्ययनको चाहनालाई बाहाना बनाए र फेरि युरोप तिरनै लागेँ । 

तर पि.एच.डी गर्ने विषयमा पनि आफ्नो छुुट्टै अनुभव रहेको छ, तुलाधरको । उनी सुनाउँछन्, म युरोपमा बस्दा, दाईको नाताले मेरो बुल्गेरियाको राष्ट्रपतिको छोरीसँग राम्रो सम्बन्ध थियो । उनी नेपाल, आएको र राम्रो घुमि पनि सकेकी थिईन् । उनले नेपालमा पर्यटन क्षेत्रको भविष्य देखिसकेका थिईन् । त्यसैले उहाँले मलाई पि.एच.डी गर्नु अघि नै एउटा सर्त राखें । मैले पि.एच.डी. पछि नेपाल फर्किनुपर्छ । यूरापियन संग टाँसेर यूरोपमानै बसिरहन पाइदैन । यो कुराले मलाई केहिदिन तनावनै बनाएको थियो । म त युरोपमै बसेर काम गर्ने हेतुले आएको थिएँ । तर उहाँले मलाई यो सर्त राखेपछि त म छानाबाट खसें जस्तै भए । मैले मेरो आफ्नो सोचाईलाई परिवर्तन गर्न बाध्य भएँ, प्रिय मित्रहरुसंग साँधे र सोचें पनि । सबैले एकमत भई दियो सुझाव, हो मैले मेरो देशमानै गएर काम गर्नुपर्छ र मन रोईरोई उनको सर्त मान्न तयार भएँ र कबुल पनि गराए । तसर्थ अनेक दुखः कष्ट सहि, सन् १९९४ मा आफ्नो पर्यटन विषयमा पि.एच.डी सकाएर, मुटुमाथि ढुङ्गा राखि पुनः नेपाल फर्केर आएँ । 

अब, नेपाल फर्केपछिको कुराहरुमा उनी सुनाउँछन्– पहिलो जाँगिर मैले नेपालकै एउटा ठुलो र नामी ट्राभर एजेण्ट ‘एटी ट्राभलस’ मा एक अफिसरको रुपमा काम गरें । काम गर्नको लागि पनि अन्तर्वातामा मलाई के पढेर आएको भनि सबैले सोध्थें । म जवाफ दिन्थे, टुरिजम । त्यो बेला मेरो पढाइको महत्व बुझ्ने मान्छेहरु कोही पनि थिएन । किनभने मानिसहरुमा टुरिजम के हो ? यो पढेर के हुन्छ भनेर कसैलाई ज्ञात थिएन । 

‘एटी ट्राभलस’ को अनौठो अनुभव सुनाउँदै उनी भन्छन्, सुरुमा मलाई काम गर्न निकै गाह्रो भयो । मलाई अफिसमा एउटा टाइप–राइटर र क्यालकुलेटर मेसिन समाइदियो । म टाईप–राईटरमा औंलाले हान्न जान्दिनथें । कम्प्युटरमा मलाई राम्रो ज्ञान थियो । म जे पनि कामहरु कम्प्युटरमा गर्थे । त्यसैले मैले त्यहाँ काम गर्नको लागि वा भनौं नियुक्ति पाएपछि मैले आफ्नो माग राखें । मलाई टाइप–राइटर होइन, कम्प्युटर दिनुस् । हाकिम देखि प्यून सम्म सबैजना त्वां परे, दंग परे र हाँस्न थाले । म भर्खर युरोपबाट फर्केको मान्छे, मलाई के थाहा, त्यसबेला नेपालमा कम्प्युटरको प्रयोग धेरै कम मात्रामा गरिन्थ्यो भनेर । मलाई जिस्काउदै भन्न थाले कम्प्युटर म्यान हो की क्या हो, भनेर । सुरुमा हाकिमले मेरो प्रस्ताव स्वीकार गरेनन् । तर आधा दिन पछि हाकिमले बोलाई एउटा सर्त राखे, कम्प्यूटरमा (उबेलाको) एक लाख लगानी लाग्ने भएकोले मेरो स्वीकारेको तलब (६ हजार) मा दुई हजार कटौती गर्ने शर्त स्वीकार गरे मात्र मैले कम्प्युटरको सुविधा पाउने । मैले सोधें, अन्तमा कम्प्युटर मैले पाउने होकी ? जवाफमा होइन । आश्चर्य र दोधारमा परें । मसंग अरु विकल्प थिएन, दुईदिनको दोधार पछि जवाफ दिएं, बाध्य भएर मानिहालें । मेरो काम थियो, पर्यटन सम्पर्क, संवाद, नेपालको व्याख्या, पर्यटन प्याकेज, हिसाब, लागत आदि गरी विदेशका थुप्रै एजेन्सीमा सम्पर्क गरेर टुरिस्टलाई नेपाल भ्रमण गराउने । मैले त्यहाँ काम गर्दा, पहिलो एक महिना ढोका थुनी सबै सूचना, आख्यान, व्याख्यन, प्याकेज, तथा लागतका फर्मातहरु तयार बनाए । त्यसपछिको काम भने मैले एक महिनाको काम एक दिनमै गरिदिएँ । सबैजना चकित र हाकिमहरु खुसी भए । दोस्रो महिनामा एकै पल्ट दोहोरो वृद्धि, मेरो तलब पनि एकैचोटी ८ हजार पु¥याइ दियो । दुई वर्षमा चार पल्ट प्रमोसन, तलब पनि १६ हजार पुगेछ । म त ज्यादै खुसी थिएँ । मेरो कामको कदर र तलब पनि बढेकोमा । 

काम गर्दै गर्दा १९९६ मा पर्यटन क्षेत्रमै संलग्न एक पर्यटन हस्ती कर्ण शाक्यसँग भेट भयो र उहाँको आशीर्वाद लागेछ । समय थियो देशमा नेपाल भ्रमण वर्षको तयारी र योजना आयोगमा नवौं योजनाको तयारी । पर्यटन तथा मेरो अध्ययन विषयगत कुराको शिलशिलामा भन्नुभयो, पि.एच.डी. गरेको विद्धताले राष्ट्रलाई योगदान दिनमा लाग्नु पर्छ । मलाई उहाँको कुरा सा¥है घटलाग्यो र उहाँकै सहयोगमा पर्यटन मन्त्रालयको सल्लाहकार, पर्यटन वर्ष १९९८ को अभियन्ता र राष्ट्रिय योजना आयोगमा नवौ योजनाको योजनाकारमा काम पाएं । मैले आफैलाई भाग्यमानी थाने र लागे, शाक्यले बुझाएको काममा ।

मैले पर्यटन मन्त्रालयमा बसेर नागरिक उड्डयानको पर्यटन विश्लेषण, र योजना आयोगमा नवौं योजनाको पर्यटन क्षेत्रको योजनाकारको एक सदस्य भई काम गर्ने मौका पाएँ । त्यहाँ बसेर मैले धेरै काम र अनुभव दुवै बटुलें । साथै मेरै नेतृत्वमा नवौं योजनाको पर्यटन क्षेत्र पनि पारित गरियो । जस्मा मैले पर्या–पर्यटन, ग्रमीण–पर्यटन, सामुदायिक–पर्यटन, जस्ता थुप्रै नयाँ पर्यटनका सिद्धान्तहरु भित्र्याउन वा उल्लेख गर्न सफल भएं । त्यसपछिका दिनहरुमा पर्यटन मन्त्रालयको सल्लहाकार भएर ४ वर्ष काम गरें । साथै अरु विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु एडिबि, यूएनडिपि, वर्लबैंक, जाईका आदिकोको सहयोगमा तयार गरिएको पर्यटनका परियोजनाहरुमा काम गर्ने मौका पएं । संगसंगै पर्यटन क्षेत्र पनि तीव्रगति र ठूलो आकारमा विकसित हुँदै आयो ।

सन् १९९४ मा पि.एच.डी. को थेसिस आधारमानै पर्यटनको साटालित लेखाप्रणाली Tourism Satellite Accounting जस्को थेसिस टाईटल "Econometric Modulation of International Tourism Development in the Kingdom Nepal for Sustainable Development, Resources Management, Socio-econometric modulation and Market  Promotion"   थियो भने त्यसैको आधारमा समृद्ध नेपालको समुन्नत पर्यटनको खाका कोर्नु पर्छ भनी वकालत गर्र्दै आउनु भएको एक प्रबुद्ध व्यक्ति हुनुहुन्छ भने, सन १९९७ मा योजना आयोगको योजनाकारमा काम गर्दा पर्या–पर्यटन, ग्रामीण पर्यटन, सामुदायिक पर्यटनका अवधारणाहरु नवौं–योजनामा समावेश गर्न सकेकोमा खुशी व्यक्त गर्दछ । 

त्यस्तै सन् १९९७ मा एशियाली विकास बैंकको सहयोगमा नेपालको स्तरिय पर्यटन विकासको लागि Standardization of Tourism Industry, in Nepal, 1997, Quality Tourism for Nepal, 1998,  पयिोजनामा काम गरे । त्यस्को लगत्तै सन् २००१ मा काठमाण्डौ महानगरपालिकामा सम्पदा मार्ग (टुरिजम वाक), २००३ मा दिगो पर्यटन, सन् २००३ मा यू.एन.डि.पी.मा हेरिडिटि ग्रामीण वाक, सन् २००४ मा लुम्बिनी बगानको सम्पदा मार्ग तथा नक्सा, सन् २००७ मा बहुआयामीक पर्यटन केन्द्रको सोच, सन् २००८ मा नेपाल पर्यटन वर्ष २०११ को सोच, होमस्टे व्यवस्थापनको सोच, टुरिजम भिजन  २०२०, 4Ps Concept of Tourism Development (Public Private and People’s participation), 2008 जस्ता कामहरु पनि तुलाधरले विकास गर्दै गएँ भने प्राज्ञिक क्षेत्रमा पनि त्रिभुवन युनीभर्सिटी, पब्लिक युथ क्याम्पस मार्फत Tourism in Nepal, Ecotourism, Culture and Social Psychology for Tourism, Sustainable Tourism, Tour Guiding and Escorting, Tourism Entrepreneur, Adventure tourism, Event management, Tourism and Politics, Tourism Planning and Policy, Tourism Destination Management and Tourism Visitor’s Management  आदि जस्ता कथिन विषयहरुको पठन पाठन कोर्ष डिजाईन गर्दै आएको छ भने, हाल नयाँ सोच अन्तर्गत इस्मार्ट पर्यटन ९भक्mबचत तयगचष्कm०  को वकालत गर्दैआउनु हुन्छ ।

तर, नेपालको हालको पर्यटन विकास कस्तो छ भनी प्रश्न गर्दा भने उहाँ सन्तोषको पर्यटन, दिगो पर्यटन वा पर्यटनको सामाजिकीकरण भन्दा पनि बढि व्यवसायिकीरण भएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । तुलाधर भन्नुहुन्छ, पर्यटनमा नाफा खोज्नु त व्यवसायीको धर्म वा स्वभाविक नै हो । तर संरचना सहितको सामाजिकिकरण एवं संरिक्षत वातावरण–मैत्री पर्यटन भएको खण्डमा दिगो पर्यटन विकास हुने थियो की ?

उहाँ भन्छन्, नेपालीहरुले आफ्नो नेपालीपनको महत्व जानेको छैन त्यसको फाइदा उठाउन पनि सकेको छैन । नेपाल एउटा यस्तो पवित्र धार्मिक स्थल हो, यहाँको एउटा ढुङ्गा, माटो र रुखको पात पनि पर्यटनमा बेचेर करोडौं कमाउन सकिन्छ । तर हामी बेचिंदैछौ हाम्रो कला संस्कृति, आनीबानी, लगाव तथा राम्रा राम्रा लगैया । नेपाल एक सुन्दर देश, प्राकृतिक सौन्दर्यको साथमा यहाँको मानिसको हाँसोको मुस्कान, संस्कृति, अतिथि देवो भवोको भावना, मन्दिररै मन्दिरको शहर, जनता भन्दा बढि देवीदेवताका श्रद्धा, आदि ईत्यादिका कुराहरु सबै मेटिंदैगइरहेको छ । सम्बन्धित निकाय केवल पर्यटकको संख्या र पर्यटनको आम्दानीमात्र गनिरहेको देखिन्छ । नीति, ज्ञान र समन्वयको अभावमा विलकुल असफल भइरहेको महसुस गरिन्छन् । बरु जताततै पर्यटनको नाउँमा नेपाललाई विकृतितिर धकेल्दै छन् । पर्यटनको नाउँमा या माध्यममा ठगी, महंगी, सुनकाण्ड, रेस्क्यूकाण्ड, ड्रग्स, प्रस्टिच्यूसन, सामाजिक विकृति, विसंगति, तथा वातावरणीय परिवर्तन आदि इत्यादि ल्याउँदैछ । यस्को लागि सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गर्नुहुन्छ । त्यसैले यस्ता कुराहरुमा ध्यान दिनुपर्ने तुलाधरको बुझाइ छ ।

हाल भने तुलाधर विभिन्न कलेज तथा त्रिभुवन विश्वविद्यालयका क्यम्पसहरुमा पढाउनमा व्यस्त छन् । टुरिजम सम्बन्धी थुप्रै पाठ्यक्रमका किताबहरु लेखिसकेका छन् । आफ्नो विद्यार्थीलाई नेपालको प्राकृतिक तथा संस्कृति सम्पदाहरु देखाएरमात्र पनि नेपाल र नेपालीलाई धनी बनाउन सकिन्छ भने पर्यटन क्षेत्रको विकासबाट समृद्ध नेपालको समुन्नत पर्यटन बनाउन सकिन्छ भन्ने कुराहरु सिकाउँछन् ।

Creativity of Dr. Tuladhar

Tourism Satellite Accounting, 1994

Samriddha Nepal ko Samunnat Paryatan

Ecotourism, Village tourism, community tourism, 1997

Standardization of Tourism Industry, in Nepal, 1997

Quality Tourism, 1998

Heritage walk, 2001

Heredity village walk, Lumbini, 2004

Heritage path and Map for Lumbini Garden, 2004

Multi Use Visitor Center, 2007

Nepal tourism year 2011

Homestay management, 2011

Tourism Vision 2020 with the principle concept of 4Ps tourism development (Public Private and people’s participation), 2008

eSmart heritage tourism, 2016

                                                                                                                          प्रस्तुतिः हिना सुवाल

तपाईंको बिचार