Sunday, August 25, 2019

संघर्षशील करातेका गुरु सूर्यबहादुर

प्रकाशित मिति: 2019/01/22

बारा जिल्ला निजगढका स्थानीय सूर्यबहादुर लामालाई काठमाडौं आउने कुनै चाहना थिएन । तर समय र परिस्थितिले उनलाई काठमाडौंसम्म ल्याई पु¥यायो ।

काठमाडौं छिरेको दिन मलाई अहिले पनि सम्झना छ । आफ्नो विगतको कुरा सम्झदैं उनी सुनाउँछन्, “कुरो वि.सं. २०४१ सालतिरको हो । महिना चाहिं ठम्याउन सकिन । गाउँमा मेला लागेको थियो । मेला भर्न वारि–पारिका गाउँबाट मान्छेहरु आएका थिए । म पनि मेलामै थिए । साथीहरुसँग रमाउँदै । यत्तिकैमा हाम्रो झगडा भयो । झगडा भएकै रातमा त्यहाँबाट भागेर काठमाडौं छिरेको हुँ ।”

भर्खरैमात्र विवाह बन्धनमा बाँधिएको थिए, उनी, श्रीमतीसहित काठमाडौं छिरे । तर कारण भने खुलाउन चाहेनन् ।

काठमाडौं त आए तर के गर्ने ? कता बस्ने टुङ्गो थिएन, लामाले आफ्नो विगतका दिनलाई केलाउँदै भने । तैपनि जसोतसो खानपानको बन्दोबस्त गरें । र काम सुरु गर्न थाले ।

काठमाडौं आएर मैले पहिलो काम टिकट बेचे । मध्यमाञ्चल व्यवसायी संघको टिकट काट्ने काम गरेर म महिनाको रु. ६०० कमाउन्थे । तर त्यति बेला यति नै धेरै थियो । कोठाको भाँडा जम्मा रु. ३०० मात्र थियो । चिया एक कपको ५० पैसा । साथै मैले त एकपटक अहिलेका वरिष्ठ गायक राम कृष्ण ढकाललाई रु. एक दिएर बस पार्कमा गाउन लगाएको थियो । त्यसबेला गायक ढकाल बाटोमै गीत गाउँदै हिड्थे । अहिले उनको सफलता देखेर मलाई पनि खुुसी लाग्छ, उनी भन्छन् ।

काठमाडौको बसाईले उनलाई खेलमा लाग्न पनि उत्साहित ग¥यो । उनले २०४६ सालमा गुरु जगतप्रसाद गौतमबाट डोजो कराते प्रशिक्षण लिए । आफ्नो शरीरलाई थप मजबुत र आत्मबलको लागि मैले यो खेल रोजें, उनी भन्छन् ।

“पहिलो चरणको खेलमा विद्यार्थीले ह्वाइट बेल्ट प्राप्त गर्छन् । त्यसको ४ महिनापछि बेल्टको लागि संघर्ष हुन्छ । खेलमा राम्रोसँग भिड्न सके, क्रमशः ब्लू, एल्लो, ग्रीन, ब्राउन– प्रथम क्यू प्राप्त हुन्छ । अन्तिममा ब्यालक बेल्ट हो ।” खेलको नियम सुनाउँदै भने, ४ महिनाको अन्तरालमा मैले क्रमश बेल्टहरु पाउँदै गए । तर ब्यालक बेल्टको संघर्षमा टि.भी. रोगको कारण सिधै पाउन सकिन । तैपनि मैले आफ्नो खेललाई निरन्तरता दिइरहे ।

ब्लायक बेल्टकै क्रममा नवलपरासीमा हाम्रो समर क्याप भयो, उनले भने, त्यहाँ पनि भिड्नु पथ्र्यो । त्यसमा पनि भिडें । तर अह् ब्लायक बेल्टले भने मैले पाउन सकिन । तर तीनपटक पछिको भिडन्तले ब्यालक बेल्ट पाएँ ।

त्यसपछि भने सबैले जस्तै मैले पनि ब्यालक बेल्ट पाएपछि २०५३ सालमा नेपाल क्योकूसिङ डोजो कराते ठमेलमा खोले । लगभग ७०–८० जना विद्यार्थीको सेसन भयो । हरेक वर्ष कार्यक्रम पनि आयोजना गर्थे ।
तर हाल भने सोही ठाउँमा अन्तर्राष्ट्रिय क्योकूसिह काइ युनियनको नयाँ नाममा खोलेको छु । अमेरिकाको यो ब्रान्च नेपाल ल्याएको भर्खर ४ महिना भएको छ । यो फूल कन्ट्राक नक आउट गेम हो । यसमा विद्यार्थीहरुले बढी भिड्ने तथा मिहेनत गर्नुपर्छ । यो नेपाभर एउटै मात्र छ । तर पहिलाको तुलनामा भने विद्यार्थीको क्रेज भने छैन ।

उनी थप्छन्, यसको लागि डोजो करातेलाई हरेक जिल्लामा फैलाउनुपर्छ । यसले विद्यार्थीलाई शाररिक रुपमा स्वास्थ्य बनाउनको लागि मद्दत पु¥याउँछ । उनले १५ पटक खेलको आयोजना गरिसकेको छन् ।

हाल उनी प्रशिक्षण दिनुका साथै जंगल लञ्च बारमा पनि सेकुरेटी म्यानेजरको रुपमा कार्यरत छन् । बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मको ड्युटी सिध्याएर सिधै प्रशिक्षणको लागि जान्छन् । दिनमा भने सुत्छन् । उनका दुई छोरा र एक छोरी छन् ।

आजकल उनी काठमाडौंको स्वम्भू सानो भ¥याङमा बस्दै आएका छन् ।

 

तपाईंको बिचार