Wednesday, November 20, 2019

अनुसन्धान नागरिक उडड्यन क्षेत्रमा नेपालका पहिलो पिएचडी होल्डर डा. भण्डारी

प्रकाशित मिति: 2019/02/27

काडमाण्डौ । उड्डयनका आयामः नेपाली पर्यटनमा उड्डयनका आयामहरुको  भुमिकाको मापन । सामान्य सुनिदा पर्यटनमा उड्डयन क्षेत्रको भुमिकाको कुरा बुझ्न गाह्रो नपर्ला । तर त्यो भन्दा बढि सामान्य व्यक्तिका लागि यी हरफहरु त्यति सजिला नहुन सक्लान ।

लेखनाथ भण्डारी, ४९ । कुराको सिलसिला चल्दै जाँदा उनले बेलिबिस्तार लगाउन थाले । २६ सालमा पोखराको हेम्जामा जन्मिएका हुन उनी । सानैदेखि असल थिए रे, तपाई कस्तो मान्छे भन्दा आफु सर्वभोगी भएपनि कुनैपनि प्राणीको दुःख देख्न नसक्ने स्वभावको भएको उनले प्रष्ट्याए । असल कस्तो भन्दा बाआमाले भनेको मान्ने, राम्रो संग पढ्ने भन्ने जमानामा उनी पनि यसैमा अव्बल ठान्थे । मध्यम स्तरको परिवार  पोखरमा थोरबहुत पुर्खौली सम्पती, अंग्रेजी बोल्न जाने सम्पन्न ठानिने समयका उनी, डाँडापाखामा गोराछाला भएका बिदेशी डुलिरहँदा उनीहरु सँगै अंग्रेजीमा कुराकानी गर्थे पनि । पढाईमा अव्बल थिए, स्नातकोत्तर अंग्रेजीमा गरे, त्यतिले मात्रै चित्त बुझेन एमफिल र पिएचडी नै गरे । डा. थपियो भण्डारीको नाममा  ।
सामान्य रुपमा भन्दा आजको समयमा यि उपलब्धी औषत नै हुन । तर त्यो भन्दा बढि पनि खास केही छन उनमा । सन १९९४ ताका प्रमाणपत्र तहको अध्ययनको सुरुवाती दिनदेखी नै ट्राभल एजेन्सीमा समेत प्रवेश गरिसकेका उनी हालसम्म पनि यही क्षेत्रमा रहिरहँदा पर्यटन क्षेत्र बजारमा जति पनि व्यवसायीहरु छन त्यसमा अधिकांस ट्रेकिङ क्षेत्रमा दुःख खेपेर आउनेहरुको संख्या बढि रहेको उनको बुझाई छ । यसमा आफुले पर्यटनलाई २१ आंै शताब्दि अनुकुल बनाउँन यस क्षेत्रमा संलग्न व्यक्तिहरु पनि समायानुकुल सुसुचित हुनु पर्ने उनी बताउँछन ।
यस्तोमा उनी यस्तो पात्र हुन, जो ‘सिंघानिया युनिभर्सिटी’ बाट नेपालमा पर्यटनमा उड्डयनको आयामको भुमिकाको बिषयमा बिद्यावारिधी (पिएचडी) गर्ने पहिलो व्यक्ति हुन । यति मात्र हैन उनको उनीजस्तै डक्टरेट होल्डर व्यक्तिहरुको उपस्थीतिमा ‘ईन्टरसिटी ईन्भेष्टमेन्ट  फण्ड’ का नामबाट पर्यटनलाई व्यवस्थीत बनाउने कर्म आज पनि जारी छ । हिमालय पर्वतमा गोरा छाला भएकाहरु उकालो चढ्दा उनीहरुसँगै पछि लाग्न उब्जिएका सपनाहरुलाई पछ्याउने भिडका बिच डा. भण्डारी एक उदाहरणीय छन । शुभकामना ।।

तपाईंको बिचार