Monday, May 20, 2019

होेमस्टेका डायनामिक लिडर केशव बडाल

प्रकाशित मिति: 2019/03/08

फागुन २४, काठमाडौं । काभ्रे जिल्लाको पहिलो होमस्टे कुन हो ? कसले संचालनमा ल्याएको हो ? भनी प्रश्न गर्दा उत्तर नजान्ने सायद कोही नहोला । हो, उनै केशव बडाल जो हाल होमस्टे एशोसियसन नेपाल (होसान) को केन्द्रीय अध्यक्षको पदभार सम्हाल्दै आइरहेका छन् । 

धुलिखेल नगरपालिका वडा नं ११ पात्लीखेत स्थायी घर भएका केशव बडालको जन्म २०२३ साल चैत २७ गते पत्लीखेतमै भएको हो । आ.ए. सम्म अध्ययन गरेका उनले  २०६८ सालमा पात्लीखेत सामुदायिक होमस्टे संचालनमा ल्याएको हो । उनी भन्छन्, “नेपाल सरकारले २०६८ मा सन् २०११ लाई पर्यटन वर्ष घोषणा गर्ने निर्णय ग¥यो । गाउँ–गाउँमा होमस्टेहरु सञ्चालन गर्न मद्धतसमेत गर्ने बताए । त्यसपछि मेरो दिमागमा पनि आफ्नो गाउँठाउँको विकास र प्रवद्र्धन गर्न होमस्टे सञ्चालन गर्नुपर्छ भनी सञ्चालन गरेको हुँ ।” तर यसअघि भने उनी राजनीति क्षेत्रमा सक्रिय भएर लागि परेका थिए । 

विगतका दिनहरु सम्झिदैं उनी भन्छन्, काभ्रे जिल्लामा होमस्टे सञ्चालन गरेपछि धेरै कुरामा फरक आएको छ । पहिले बेरोजगार भएर बसेका धेरै युवाहरुलाई रोजगारीको अवसर पाएँ । महिलाहरु पनि अब खर्चको लागि भर पर्नु परेन, आफैं खर्च जुटाउन सक्ने भइसकेका छन् । मुख्य कुरो त उनीहरुको सरसफाई, व्यवहारमा धेरै परिवर्तन आएको छ । पाहुनासँग कसरी बोल्नुपर्छ भनी अब काभ्रेका बासिन्द्धाहरुले जानिसकेका छन् ।

यति मात्र नभई होमस्टेले गर्दा हाम्रो संस्कृतिसमेत जर्गेना भइरहेको छ । लोप हुने अवस्थामा पुगेको तामाङ समुदायको ढयाङग्रो नाच, खैजडी बाजा, घाँसे गीतहरु पनि होमस्टेमा विदेशी पाहुनाहरुलाई देखाइन्छ । यसले गर्दा उनीहरु पनि एकदमै हर्षित छन् । यसैले गर्दा काभ्रे जिल्लामा मात्रै वर्षमा १५ देखि १६ सयको हाराहारीमा पर्यटनहरु भित्रन्छन् । विशेष गरी चिनियाँ पर्यटकहरु बढी आउने गर्दछन् ।  

यहाँबाट करिब डेढ घण्टाको हाइकिङ गरेपछि धार्मिक पर्यटकीय स्थल नमोबद्ध पुग्न सकिन्छ । त्यसैगरी यहाँ अर्गानिक फार्म पनि छ, जहाँ विभिन्न कलेजका विद्यार्थीहरु तालिमको लागि आउने गर्दछन् । विषादीरहित तरकारी खानकै लागि भए पनि आन्तरिक र बाह्य पर्यटकहरु यहाँ आउने गर्दछन् । तर त्यस्ता समस्याका बावजुट पनि यहाँ केही समस्याहरु पनि रहेका छन् । यहाँ आउने पर्यटकहरुसँग बोल्न भाषाको समस्या, हाङकिङ रुट, पूर्वाधारहरु, व्यवस्थित बस्तीहरु बनाउन बाँकी रहेका छन् । अब ती कुरामा एशोसियसनले पनि पहल गर्नेछ । साथै एशोसियसनको अध्यक्षको हिसाबमा भन्नुपर्दा यस संस्थालाई ७७ वटै जिल्लासम्म फैलाउन लागि पर्नेछु ।

 

तपाईंको बिचार