Thursday, July 18, 2019

स्थायित्वको खोजीले ब्यावसायी बनायो :गोबिन्द खतिवडा

प्रकाशित मिति: 2019/03/10

ट्रेकिङ तथा माउन्टेनियरीङ यात्रा गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए प्यारामाउन्ट टेन्ट एण्ड टारपोलिन ईन्टरप्राईजेज प्रालि यहाँको सहयात्री बन्न सक्छ । बिगत १३ बर्षयता बालाजुमा सञ्चालित प्यारामाउन्ट हिमाली पदयात्रीहरुको पाईलाको सहयात्री बनेको छ । २०५८ सालमा धादिङबाट काठमाण्डौ प्रवेश गर्दैगर्दा यसका सञ्चालक गोबिन्द खतिवडाको मनमा सायदै टेन्ट व्यवसाय अपनाउने सोचेका थिए होलान । समयक्रमले  आज उनलाई स्थापित पर्यटन व्यवसायी बनायो तर सुरुका दिनमा उनको आजको दैनिकी ईच्छा भन्दा पनि काम खोज्ने कर्मले डोर्याएको थियो । सुरुमा निर्माण व्यवसायीसँग सम्पर्क गरेर ढुंगा बालुवाको सप्लायर्सको रुपमा काम गरे, आम्दानी ठिकै थियो । यद्यपी सोचेअनुरुप हुन सकेन क्यार, उनी आफ्नो दाजुभाईले सम्हालेको पेशामा आईपुगे । जतिबेला लाजिम्पाटमा उनका दाजुभाईहरुले टेन्ट क्षेत्रमा थोरबहुत सम्राज्य खडा गरिसकेका थिए । त्यसैको सिको गर्दै काम सुरु गरे । २०६४ सालमा सबै परिस्थीतिको अध्ययन पश्चात टेन्ट व्यवसाय दिर्घकालिन हुन सक्छ भनेर सुरु गरेको उनले बताए । सुरुमा आगमन ईन्टरप्राईजेजका नामबाट सुरु भएपनि पछि प्यारामाउन्टले उनको दैनिकी आजसम्म चलिरहेको छ । सँगै व्यवसायमा स्थापित पनि बनेका छन ।

उसो त धादिङका डाँडाँपाखामा निशर्त रमाउँदै बाल्याकाल पछिको बिद्यालय तहसम्म रहे । परिवारीक आर्थिक संरचना ठिकै थियो । अध्ययनका सिलसिलामा २०५३ ताका काठमाण्डौ हानिए, रत्नराज्यमा शिक्षा संकायमा भर्ना भए । पढाईमा खासै रुची थिएन, सफलता चाहिएको पनि थिएन, पासफेलको प्रवाह थिएन । गाँउ फर्र्किए बिद्यालय तहमा अध्यापन गराउन थाले । १५ सय दिन्थे, महिनाको । सुरुमा त आनन्दै लाग्यो, जागिरे भए । पछि श्रमको मुल्य सम्झीदा अनुहारको रंग उड्दै गयो । त्यागिदिए ।

पैसा कमाउने जमातमा दौडनुपर्ने परिस्थीतिमा काठमाण्डौ हानिदा संघर्षमय जिबनका बिच समयक्रमले उनलाई टेन्ट व्यवसायमा ल्याईपुर्याएको छ । एकछोरा र श्रीमतीका साथ सुखी जिबन बाँचिरहेको छु , उनले भने । जतातता दौडे पनि सन्तोष यसैमा मिलेको छ । दशक अघि २ लाखबाट सुरु गरेको उनको व्यवसायले आज बार्षिक करोडौ व्यापार गर्छ । काम गर्ने कर्मचारीहरुलाई सन्तुष्ट बनाएकै छु, व्यवसायिक धर्ममा बिचलीत हुनु परेको छैन, यही उपलब्धी हो । यसो भन्दै गर्दा समय क्रममा जोडिएका कर्महरुले नै जिबन जिउने आधार प्रदान गर्ने रहेछ, त्यसमा पनि खुसी साथ अपनाईएका कर्महरुले जिबन आनन्दीत बनाउने रहेछन । उनले भने ।

 

तपाईंको बिचार