Saturday, August 24, 2019

आफ्नो धरातल बिर्सेको छैन, नेपाली हुनुमा गर्व छ :लिकंन एभरेष्ट

प्रकाशित मिति: 2019/03/28

चैत्र १४, काठमाण्डौ । संसारमा जहाँ पुगेपनि, आकास नै छोएपनि आफु कहाँबाट आएको भुल्न हुँदैन, कम्तीमा आफु फर्किन कै लागि भएपनि काम लाग्छ । व्यंजनात्मक बर्णनका यि शब्दसँग अभ्यस्त भएका पात्र हुन लिंकल एभरेष्ट । सन १९८९ मा अमेरिका प्रवेश गरिसकेपछि त्यसभित्रको परिचय सहजताको खोजीमा नाम परिवर्तन गर्ने टुंगोमा पुगे लिंकन । सामान्यतया हिन्दु बर्णव्यवस्थामा जन्मेहुर्केका समयमा बिष्णु, गणेश, शिव, पार्वती लगायतका नामका पछाडी समाज दौडिरहेको सन्दर्भमा उनको नाम आफैमा नेपाली समाजका लागि नौलो हो । कर्मभुमि अमेरिका गएपछि कर्मका लागि उत्प्रेरित नामको खोजी गर्दा दाउरेबाट राष्ट्रपति सम्मको सफल उदाहरण पेश गरेका अब्राहम लिंकनको नामबाट लिंकन सापटी लिदै गर्दा कहाँबाट आएको भन्ने सन्दर्भ मा नेपालीको पहिचान एभरेष्ट जोडिन पुग्दा लिंकन एभरेष्ट नाम जुर्न पुगेको उनले सुनाए ।

बि.सं २०२० सालमा काठमाण्डौको बिर हस्पीटलमा जन्मिएर बाल्यकाल कमलपोखरी ठमेलमा बित्दै गर्दा सोह्र बर्षकै उमेरमा होटल व्यवसायमा होमिए । सानो छँदा उनलाई पत्रकारितामा पनि रुची थियो । यद्यपी लामो समयसम्म टिकेन । फलस्वरुप अमेरिका उडे । एक्सपोर्ट ईम्पोर्ट व्यापार गर्ने सुरले अमेरिका गएका उनी फरक पृष्ठभुमिमा आफुलाई अब्बल साबित गर्न सकेनन, गुजारा चलाउनका लागि औसत नेपालीले गर्ने कर्ममा उनी पनि जोडिए । केही समयको अन्तरालमा मिचिगन राज्यमा ‘न्यू डाउनटाउन क्याफे’ सञ्चालन गरे । त्यसपछि क्रमशः काठमाण्डौ चुल्हो नामको होटल पनि थपियो । मुख्यतः आप्रवासी नागरिकमा स्थापित व्यवसायीमा हाम्रा जस्तै बर्णव्यवस्थामा भारतियहरुको बढ्दो प्रभावका बिच नेपालीहरुको अस्तीत्वको खोजी स्वरुप ४ बर्षअघि उनले ‘नेपलिज वल्र्ड वाईड सेफ्स एसोसिएस’ स्थापना गरेर नेपालीहरु पनि खानाका परिकारहरुका क्षेत्रमा अब्बल सिप भएका छन भनेर प्रमाणित गरेको उनको भनाई छ । यसमा उनी संस्थापक अध्यक्ष भएर काम गरिरहेका छन ।
जिबनको आरोह अवरोह प्रत्येक व्यक्तिमा घटित हुँदा उनमा नहुने कुरै थिएन । सन २००७ मा क्यान्सरबाट पिडित श्रीमतीको निधन भयो, त्यसपछि उनी काठमाण्डौ फर्किए । नेपालमै केही गर्न सकिन्छ कि भन्ने उनको बिचार लामो समय टिक्न सकेन । सन २०१६ मा आमाको देहवसान भयो । त्यसपछि उनी पुनः अमेरिका फर्किए । त्यसपछि संभावनाको खोजीका लागि बिचबिचमा पनि नेपाली माटोको परिक्षण उनले गर्न खोजेकै हुन, अन्ततः नेपालमा खुसी हुन नसक्ने अनुभव भएपछि उनी अमेरिकालाई नै अन्तीम कर्मथलो स्वीकार गरि अगाडि बढिरहेका छन । निरन्तर अस्तीत्वको खोजीमा जुटिरहँदा अमेरिकी कनेक्टीकट राज्यका मेयरले उनलाई स्थानिय कमीस्नर मा नियुक्त गरिदिए, यसले पछिल्लो समय उनलाई नेपाली भाषिहरुमाझ पुग्न अझै सहज भएको छ ।
आफु जहाँ रहेपनि नेपाली नै रहिरहनुमा नै आनन्द महशुस हुने रहेछ, कर्मथलो त समय र परिस्थीति अनुसारको खोजी न हो । अनन्त सम्म सपनाको खोजी हुन सक्ला यद्यपी गन्तव्य र धरातल बिर्सनु हुदैन, मैले पनि बिर्सीएको छैन,– उनले भने ।

तपाईंको बिचार