Saturday, October 19, 2019

सपना देख्ने हैसियत जोकोहीमा हुँदैन, ‘कम्तीमा म यसमा अभ्यस्त भईसकेको छु’:तेजेन्द्र श. पौडेल

प्रकाशित मिति: 2019/03/31

चैत्र १७, काठमाण्डौ । जिबनका आरोह र अवरोहमा सफलता र असफलता बिच महत्वकांक्षी जिबन दौडिरहेकै थियो, नहोस पनि किन तत्कालिन समयमा बुवा शाहि नेपाली सेनाको मिलिटेरी हस्पीटलमा काम गर्नुहुन्थ्यो, दरबारिया र राणा प्रधानमन्त्रीत्वकालमा स्थापना भएको हस्पीटलमा रेखदेख उनीहरुकै थियो । २०४५ सालमा एसएलसी दिएपश्चात काठमाण्डौ आए, बुवाले चिनेजानेकै व्यक्तिका भरमा जिबनको पदचाप अघि बढ्यो । ठिक एक बर्षपछि निजी क्षेत्रको पहिलो हवाई कम्पनी नेपाल एयरवेजमा प्रशासनिक क्षेत्रमा काम गर्ने अवशर पाएँ, प्रदिपशमशेर जबरा उतिबेला संस्थापक भएर सञ्चालनमा आएको एयरलायसन्समा बुवाको उनीहरुसँग हिमचिम राम्रै थियो । बिबिध कारणबस एयरलायन्स बन्द भयो । त्यसबिचमा प्राप्त अनुभव संगालेका आधारमा लुम्बीनी एयरलाईन्समा काम पाएँ, त्यसको केही समयपछि पोखरा सरुवा भयो, तर काठमाण्डौमा रमाईरहेको ठिटो सधैभरी त्यही बस्न मन लागेन, काठमाण्डौ फर्किए ।

तेजेन्द्र श. पौडेल, ४५ । तत्कालिन पर्वतमा २०३० ताका जन्मिएका हुन उनी । पछि भुगोलले स्यांग्जा जिल्लामा उनको घर रेखांकन भएछ । प्राथमिक शिक्षा त्यही बित्यो, एसएलसी पछि काठमाण्डौ हानिएँ, राणा हटिसकेपनि उनीहरुको प्रभाव घटेको थिएन । बुवा सैनिक सेवामा मिलिटरी हस्पीटलमा काम गर्दैगर्दा दरबारिया र राणाहरुसँग रामै्र हिमचिम थियो । त्यसैको बलमा उनले सुरुवाती जिबन जेजस्तो सोचे त्यो आखिर पुरा भएरै छाड्यो । समय बलवान हुन्छ भनेझै समयक्रममा ति व्यवस्था र व्यक्ति कमजोर भए होलान, यद्यपी उनीभित्रको श्रृजनशिलतालाई हौसला दिने काम कर्मका सुरुवाती बाटोहरुमा भेटिएका केही थान राणा पात्रहरुले गरेकै हुन ।
लुम्बीनी एयरलाईन्सको जागिरमा पोखराबाट पुनः काठमाण्डौ सरुवा मिलाएपछि आफै केही गर्नुपर्छ भन्ने ठानेर उनी अगाडि बढे । यात्रामा सहयात्री बनेर आए श्री ३ जुद्ध शमशेर राणाका पनाती नैनशमशेर जबरा ।
उनीसम्म पुर्याउने माध्यम बनेका थिए कुन्दन शमशेर राणा जोसँग उनको बाबाको राम्रो सम्बन्ध थियो भने नैन शमशेर श्री ३ जुद्धशमशेरका आफ्नै पनाति थिए ।
भर्भराउदो युवा जोश थियो तेजेन्द्रमा । नैनशमशेरले सोधे, आफै केही गर्छु भनेर भन्छौ, के गर्ने सोचेका छौ त ?
तेजेन्द्रले तत्काल जवाफ दिएनन, त्यसपछि उनले भने,– तिमी त गाँउको मान्छे, पर्यटन क्षेत्रमा तिम्रो रुची कस्तो छ भनेर सोधे ।
उतिबेला राणा तथा उच्च राजपरिवारका सदस्यसँग सम्बन्ध भएका व्यक्तिलाई राजा भनेर सम्बोधन गर्ने चलन थियो । उनले पनि नैनलाई राजा भनेर सम्बोधन गर्थे । ‘ राजा पर्यटन क्षेत्रको बिकासको कुरा राज्यबाट भैरहेकै छ, यद्यपी बिदेशी पर्यटकहरु मध्ये ८० प्रतिशत काठमाण्डौ बाहिर जादैनन, बाहिरका पर्यटकीय संस्थाका बारेमा जानकारी दिने हिसाबले संस्था खोलेर अघि बढ्ने सोच रहेको उनले सुनाउँदा नैनले एकदमै सही कुरा गर्यौ भन्दै प्रशंसा गरे । योजना अनुरुप नै ‘भिलेज टुरीजम नेपाल’ स्थापना भयो ।
बिभिन्न जिल्ला भ्रमण गर्ने, त्यहाँका बस्तु स्थीती बारे श्री ५ को सरकारलाई जानकारी गराउने र प्रवद्र्धन गर्ने अभिप्रायका साथ स्थापना भएको संस्थामा तेजेन्द्रलाई नै सबैकुरा सुम्पीने र आफु बाहिर बसेर सहयोग गर्ने नैनले बताएपनि नैनलाई नै अध्यक्ष बनाएर आफु महासचिव भएर देश दौडाहामा निस्कीने तयारी भयो । 
संस्थाको गरिमा र यसको औचित्य बृद्धि गर्न तेजेन्द्रले राजा हजुर दिपेन्द्र सरकारलाई प्रमुख संरक्षक अधिकृत बनाएर अघि बढौ भन्ने प्रश्ताब गरे । फलस्वरुप तत्कालिन युवराज दिपेन्द्र यसमा राजी पनि भए ।
संस्था पनि स्थापना भयो, अब कर्मको थालनी कसरी गर्ने त, जोखिम यसैमा थियो । गण्डकी र धौलागिरीको दोभान आरुचौरमा पुगेपछि युवाहरुलाई भेला पारेर पर्यटन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरी उनीहरुलाई रोजगारी दिएर काम सुरु गरे । राजधानी र जिल्ला भ्रमणको सुक्ष्म अवलोकन र सुझाब पेश जारी नै थियो ।
पछि राजपरिवारको नरसंहारपछि राजनीतिक परिवर्तन भयो, नैन आफैपनि बिक्षप्त थिए, संस्था लामो समयसम्म टिक्न सकेन । औपचारिक बन्द नभएपनि निष्क्रीय जस्तै भयो । यद्यपी हालैका केही बर्षयता तत्कालिन संस्थापकहरु र जिबित तथा मृत सदस्यहरु समेतको नामावली तयार पारेर संस्थालाई पुर्नजिबीत सम्म पुर्याए ।
दिनहरु बित्दै थियो, नैनले फेरी सोधे,– ‘तेजेन्द्र जागिर पनि छोडेँ भन्छौ अब के गर्छौ त ?
तेजेन्द्रले आफु उड्ययन सेवामा बिगतमा काम गरेको हुनाले हवाईजहाज ल्याएर डोमेस्टीक उडान गर्ने सोच रहेको बताउँदा नैनले राम्रो सोच भनेर प्रशंसा मात्रै गरेनन, तुरुन्तै लौ अब सुरु गर्नुपर्छ, ‘मेरो एयर’ नाम राख, ७० प्रतिशत रकमको बन्दोबस्त गरिदिन्छु, भने । सुरुवाती ३ वटा आन्तरीक जहाजको लागि कम्तीमा ३० करोड लगानी आवश्यक थियो, यसमा नैनको समर्थन गज्जबको थियो ।
सञ्चालनका लागि कानुनी प्रवन्ध र व्यवस्थापनको सुरुवाती चरण सबै नैनले नै व्यवस्थापन गरिदिए र तेजेन्द्रलाई कार्यकारी बनाएर कम्पनी हस्तान्तरण गरे ।  २०६३ ताका पर्यटन मन्त्री प्रदिपकुमार ज्ञवाली थिए, मुलुकमा राजसंस्थाको अधिकार कटौति गरिएको अवस्था थियो । यद्यपी गणतन्त्र घोषणा भईनसके पनि राजपरिवार तर्फ झुकाब भएका व्यक्तिहरुलाई प्रहार गर्ने क्रम तिब्र थियो । यस्तोमा सबै प्रक्रिया पुर्याएर सञ्चालन भईरहेको उडानलाई ईजाजत नलिएको बहाना बनाएर बन्द गराईयो । जिबनमा फेरी अर्को एउटा अप्ठेरो परिस्थीति सुरुवात हुँदै थियो । नैन हजुरलाई बिन्ती बिसाएँ, उहाँ आफैले पनि केही गर्न सक्ने अवस्था थिएन, हवाई सेवा बचाउन हरसंभव प्रयास गरे, आखिरमा सबै बेकार भयो । अपमानबोध नैनलाई पनि भएको हुँदो हो, उहाँ त ठुलो हैसियतको मानिस आर्थिक पाटोबाट उहाँलाई केही हुने कुरै थिएन, मेरो भने सपना तुहाईयो ।
त्यसपछि पनि म नैन सँग निरन्तर सम्पर्कमै थिए, हामी दुबै मौन अवस्थामै थियौ, यद्यपी मेरो उहाँप्रतिको बिश्वास र उहाँको स्नेह मप्रति कहिल्यै कमी महशुस गरिन । ठुलो छहारीले सपना पनि ठुलै देख्न जो सिकाएको थियो । कतै न कतै केही नपुगेजस्तो, आत्मसम्मान हराएको हो कि भनेजस्तो बिचार बढ्दै जाँदा सन २०१२ मा क्यानडा गएँ ।
नैन राजाले म  साह्रै बिरामी छु, भेट्न आउ भन्नुभयो, म केही नसोची तुरुन्तै फर्किए, त्यतिबेला दिल्लीमा उपचार गराईरहेका नैनको मेरै उपस्थीतिमा देहवसान भयो , सपनाका उचाईलाई यथार्थतामा परिणत गर्न पे्ररित गरिरहने एउटा पात्र आज मलाई छोडेर सदाका लागि बिदा भयो, अन्तरकुन्तरहरु मनमै होलान यद्यपी बिश्वासको दियो चम्कीदा जसरी सुन्दर देखिन्छ, त्यसमा तेल भर्ने र सपना देख्नका लागि मात्रै होईन पुरा गर्नका लागि पनि हुन । मैले उहाँसँगको सम्बन्धबाट त्यही सिके । छोड्ने र आउने क्रम आखिर संसारका रित न हुन । बुवाले छाड्नुभयो, आमा जानुभयो, भोलि मैले छोडेर जाँदा पनि संसारिक चक्रमा खास असर पर्ने त होईन, तर यति सत्य हो, बिश्वासको दियो निभ्दाको व्यंजनात्मक बर्णन शब्दले होईन ऋदयले गर्छ ।
सपना देख्ने हैसियत जोकोहीमा हुँदैन, कम्तीमा म यसमा अभ्यस्त भईसकेको थिए, या बनाईएको थिएँ, सोच्न जरुरी थिएन पुरा होला की नहोला । दियो जो सामुन्ने हाजिर थियो । सबै परिघटनाका बिच २०१४ मा पुनः क्यानडा फर्किए । अन्ततः फर्किनु पनि थियो, आखिर माटो यही थियो, महत्वकांक्षा यही थिए, म पनि आएँ ।
एक्रस वल्र्ड ट्राभल प्रालिका नामबाट उनले अहिले आन्तरीक तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गरिरहेका छन भने ‘एसिया नेपाल होलिडे प्रा.लि.’ पनि सञ्चालनमै छ । बिगतको सम्झनालाई यादगर बनाउँदै ‘भिलेज टुरिजम नेपाल’ को प्रेसिडेन्ट को रुपमा नैन शमशेरको उत्साहलाई साकार रुप दिन आज पनि लागि परेकै छन ।
जिबन कुञ्ज र निर्मल निवास भित्रका यादका पाटाहरु पनि छन, यसका बर्णन अर्को अध्यायमा हुनसक्ला ।
यद्यपी जिबनको सानै उमेरमा सपना र यर्थाथताको मिलन बिच जिबनको उत्तरार्ध तर्फ लम्कीरहँदा व्यवसायिक क्षेत्रभित्र पनि धमिलो प्रतिस्पर्धा देखिदै गएको उनको बुझाई छ, व्यवसायीहरु बिच आपसी आत्मीयता हराउँदै जाँदा एकले अर्कोलाई निषेध गर्न नहुने उनको भनाई छ । पैसा कमाउने लक्ष्य धेरैका होलान यद्यपी आफ्नो बुझाई विगतको जोस बर्तमानमा प्रयोग गरेर पर्यटनमा नयाँ ढंगबाट केही सोच्न सकिन्छ की भनेर आएको उनले बताए । सामान्य गाँउमा जन्मेहुर्केका उनी राप्रपा नेपालका पूर्व केन्द्रिय सदस्य पनि हुन, २७ बर्षयताको उनको उड्ययनको यात्रामा सुर्यबहादुर थापा सँग उनको पारिवारिक सम्बन्ध पनि थियो । देशको सेवा गर्न खटिएको सैनिकको छोरा हुनुमा मलाई एकदमै गर्ब छ, व्यवस्था परिवर्तन हुँदा जितेका पात्रहरुले ईतिहास मेट्न खोज्नु सांसरिक नियम पनि होला, यद्यपी ईतिहासको बृतान्तको लेखाजोखा गर्न त्यही बेलाको समयघडीमा पुगेर मात्र सकिने कुरा हुन, भन्दै गर्दा उनको मौनता अहिले बाचिरहेको जिबनसँग पनि मेल खान्छ । भन्छन,– समयले अहिले मलाई मौन बस्न सुझाएको छ, यसैमा अभ्यस्त छु ।
शालिन स्वभावका उनी जिबनले सिकाएका कर्महरुको प्रयोगलाई जिबन गति सँग जोड्दै जानुको बिकल्प नरहेको उनमा बुझाई छ । सपना जोडिदिने र नयाँ उर्जाका लागि प्रेरित गरिहने विगत र आगतको अनुभव संगाल्दै जिबन जिउने क्रम जारी छ,’–उनले भने ।

तपाईंको बिचार