Monday, August 26, 2019

अहिले सम्झँदा एकखालको अनुभुति पक्कै छ :ऋतु ग्याम्दान

प्रकाशित मिति: 2019/04/01

चैत्र १८, काठमाण्डौ । जिबन गतिशिल छ, जिबनमा आउने र जाने पात्रहरुकै भिडबाट यसको परिधीपनि फराकिलो हुँदै जान्छ । बाल्यकालीन सपनालाई केलाउँदै अघि बढ्दा केही कमजोर सपनाजस्तै, पात्रहरु पनि छाडिनु नौलो नहोला । यद्यपी कर्म र असल सोचले नै जिबनलाई सार्थकता प्रदान गर्न सक्छ । यही जिबनबिश्वास आज सम्म पनि जारी छ, रहिरनेछ ।

रसुवा जिल्लाको उत्तरगया गाँउपालिका बेत्रावतीमा जन्मीएकी हुन उनी, अर्थात ऋतु ग्याम्दान ।
दुई दाजुभाई पछिको कान्छी छोरी हुन, उनी । सानैदेखी शान्त स्वभावको थिएँ । कोहीमान्छे सँग पनि अगाडि परेर बोल्न नसक्नेखालको । यद्यपी अहिले त्यस्तो छैन, है म । गफ सिलसिला सुरु भयो ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को कार्यसमिति सदस्य, नेपाल उसु संघको सह– कोषाध्यक्ष, तथा नेपाल तरुण दल रसुवा जिल्लाको केन्द्रिय पार्सद लगायत बिभिन्न भुमिकामा उनले आफुलाई अव्बल साबित गरिसकेकी छन । बर्तमानमा उनी युवा जोश बोकेकी युवा पर्यटन व्यवसायीका रुपमा ठमेललाई केन्द्रबिन्दु बनाएर उनको व्यस्तता दौडीरहेकै छ ।
बाल्यकाल रसुवामै बित्यो, एसएलसी दिएपश्चात पहिलोपटक सन २००६ ताका काठमाण्डौ गएँ । जिबनमा केही बन्ने संकल्प सुरु हुँदै गर्दा अध्ययन जारी गर्नु नै थियो । केही दिन घुमफिर र कलेजको खोजीमा बित्यो । अन्ततः बसुन्धरा स्थीत युनिभर्सल कलेजमा भर्ना भएँ । सबैकुराहरु मेरा लागि अनौठा थिए । मैलै पहिला नै भनेँ रिजर्भ बस्ने स्वभावले सुरुवाती केही दिन साथीहरुमाझ घुलमिल हुन सकिन, यद्यपी समयक्रममा यि सबै सामान्य भएर गए । साथीहरुमाझ एकखालको सर्कल बनिसकेको थियो । युवाअवस्थामा एकअर्काप्रतिको आर्कशण स्वभाविक थियो, यद्यपी सबै राम्रो लाग्ने त्यो अवस्थामा मनपर्ने र पराउने भए होलान, त्यो मेरो हकमा मात्रै लागु नहुने पनि थिएन, यद्यपी अध्ययनका क्रममा गहिरो सम्बन्ध खास कसैसँग पनि भएन, कसैले सोचेका भए त्यो उनीहरु नै जानुन, त्यसको बाक्षिटा म सँग आईपुगेन । अँ...... त्यसपछीका दिनमा कसैसँगको सम्बन्ध बास्तबिक हुनपर्छ, बास्तबिक हो भन्ने लागेको चै थियो, यद्यपी त्यो यथार्थतामा रहेनछ, अहिले सम्झदा एकखालको अनुभुति पक्कै छ । नागार्जुनमा रक क्लाईम्बिङको रुपमा जाँदा उ सँग भेट भएको थियो । उ आफै पनि रक क्लाईम्बीङमा रुची राख्ने व्यक्ति रहेछ । समयक्रमले पेशाको कारणले उ सँग नजिक थिएँ । हेर्दा समझदार थियो, समयबित्दै जाँदा  उसको समझदारी संकुचित दायरामा खुम्चीयो । म कांग्रेस भातृसंगठन तरुण दल र पर्यटकीय संघसंस्थामा सक्रिय थिएँ, अन्ततः अलग हुनुको बिकल्प रहेन । उ कहाँ छ, थाहा त छैन, तर सम्मान अझैपनि छ । उसले के सोच्छ, त्यो उनै जानुन ।

   
प्लस टुको अध्ययन समाप्ती पश्चात अब के गर्ने भन्ने प्रश्न सुरु भयो, परिवारसँग समय बिताईरहँदा ट्रेकिङ गाईडको लाईसेन्सको लागि फाराम बितरण भईरहेको जानकारी पाएँ । शिव लामिछाने भन्ने एकजना दाई हुनुहुन्थ्यो, उहाँले नै यसबारेमा बताउनुभएको थियो, फारम भरे, ट्रेनिङको लागि छानिए पनि । त्यसपछि ट्रेकिङ गाईड नै बन्न भनेर ट्रेकिङ भोलेन्टीएरको रुपमा काम गर्न थाले, करिब १ बर्षपछी हिमाल आरोहणको पथप्रदर्शकको रुपमा नियमित रुपमा काम गर्न थाले ।
पथप्रदर्शकको रुपमा काम गर्दै जाँदा आत्मबिश्वास पनि थपिदै गयो, म आफैमा शालिन शैलीलाई त्यागेर खुलेर कुरा गर्ने हक्की स्वभावमा परिणत भइसकेकी थिएँ । व्यवसायिक जिबनमा आफुलाई टिकाईरहन र आफ्नो अस्तीत्व जोगाउन पनि यी कुरा आवश्यक हुन्छन जस्तो लाग्छ ।
एड्भेन्चर टुरिजममा अभ्यस्त भईसकेको थिएँ, हिमाल पहाड आरोहणको गाईड गरिरहँदा बिभिन्न व्यक्तिहरुसँग चिनजान हुने अवशर पनि जुर्यो ।
हरेक क्षेत्रमा स्पेशलिष्टको माग बढ्दै जाँदा टुरिजममा नहुने कुरै थिएन,  ट्रेकिङ गाईडका रुपमा पुरुषहरुको बर्चश्व भईरहँदा महिलाहरुको उपस्थीति आशातित छैन, अर्को कुरा आरोहणमा जाने महिला टुरिष्टलाई महिला नै गाईडको रुपमा उपलब्ध गराउन सकिएको खण्डमा उनीहरुको यात्रा पनि सहज हुने ठानेर सन २०१४ मा ‘नेपाल फिमेल गाईड प्रा.लि.’ सञ्चालनमा ल्याएँ । यसले टुरिजम आरोहणका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको छ ।
जेण्डर प्राकृतिक कुरा भएपनि आरोहणका बखत महिला आरोहीहरुले बेर्होनुपर्ने शारिरिक जटिलताका पाटाहरु पनि छन, यस्तोमा सुरुका दिनहरुमा धैर्यतामाथि नै प्रहार भईरहेको छ की जस्तो पनि अनुभव हुन्थ्यो, यद्यपी अहिले सबै सामान्य लाग्छ ।
तरुण दलको केन्द्रिय पार्सद ग्याम्दानको नेपाली राजनीतिमा पनि रुची छ । बुवा रसुवामा कांग्रेसको भोटरका रुपमा मात्रै रहनुभयो, सांस्कृतिक कार्यक्रम हुँदा पार्टीका कार्यक्रमहरुमा नाच्ने गर्थेँ, पछि बिकास निर्माणमा नेताको भुमिका नदेख्दा आफै जागरुक हुनुपर्छ भन्ने सोचेर राजनीतिप्रति झुकाब बढ्दै गयो,– उनले भनिन ।’ 
अहिले रसुवाको बिकासकै लागि भनेर ‘ग्रामिण प्रगति समाज’ नामक एनजीयो स्थापनाको तयारीमा छु । आफु सम्मीलीत भातृ संगठन तरुण दल बदलिदो परिष्थीतिमा युवाहरुलाई नयाँ आशा देखाउन लागिपरेको भन्दै तरुण दलका नेतृत्वप्रति उनको सद्भाव रहेछ ।
आर्कशक व्यक्तित्व, युवा पर्यटन व्यवसायीका रुपमा स्थापित भईसक्दा  उनी अझैसम्म करियरकै दौडमा छिन । बिवाह कहिले गर्ने प्रश्नमा उनको जवाफ थियो ‘ उचित व्यक्ति र समय आएपछि ।’ लामो हाँसो.... ।
जिबनको छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल उनी, समयक्रममा भेटीएका व्यक्ति र पात्रहरुबाट सकारात्मकता ग्रहण गर्नुपर्ने बताउँछिन । मानिस सामाजिक प्राणी हुनुको नाताले खुसी र बैराग्य सँगै आउने कुरा हुन भने, त्यो ममा मात्रै लागु नहुने कुरा पनि भएन । यस्तोमा ‘विगतमा प्राप्त अनुभवलाई आगतसँग जोड्ने कर्म जारी छ ।’– उनले भनिन ।’

तपाईंको बिचार