Wednesday, October 23, 2019

प्रचारमा होईन अनुसन्धानमा ध्यान दिउँ, सबैको कल्याण यसैमा छ :सन्तोष बशिष्ठ

प्रकाशित मिति: 2019/04/08

चैत्र २५, काठमाण्डौ । जब बिज्ञानले काम गर्न छाड्छ तब भाग्यले काम गर्छ, अझ भन्ने हो भने जब निश्चीत परिणाम सहितको दुर्भाग्य तपाईको नजिकै आउँदै गरेको जतिबेला महशुस हुन्छ, त्यति नै बेला अन्तिम अस्त्रका रुपमा ज्योतिसले केही आशा देखाईदिन्छ की भन्दै समाज पछि लाग्छ, बास्तबिकता यही नै हो । बिशेष त पैसा र पावर बढि भएका तथा हुँदै नभएका व्यक्तिहरु बढि आफ्नो भाग्य कर्ममा बिश्वास गर्ने रहेछन । मेरो दुईदशक ज्योतिस बिद्याको अनुभवमा त्यही पाएँ ।

२०५६ सालमा कांग्रेस नेतृ शैलजा आचार्यसँग भारतको बनारसमा भेट भएपछि उहाँले नेपाल फर्कन सकारात्मक प्रेरणा दिनुभयो । ‘तपाई जस्तो युवा प्रतिभा भएको बिद्धान ज्योतिस देशका लागि आवश्यक छ, नेपाल फर्कनुस, भनेकि थिईन रे, शैलजाले ।

उदयनारायण भट्टराई (सन्तोष बशिष्ठ) ४३ । झापाको अर्जुनधारामा जन्मिएका हुन उनी । सानैदेखी शान्त स्वभाबका थिए उनी । त्यसैले हेर्ने देख्ने गाँउलेहरुले कस्तो शान्त रहेछ, भन्ने गर्थे उतिबेला । त्यसैले उनको नाम पनि सन्तोषी स्वभावकै खोज्दै जाँदा सन्तोष बशिष्ठ कहलिए । बशिष्ठ चै उनले ज्योतिश बिद्यामा पारंगत भईसकेपछि थपेको थर हो । अर्कोतर्फ बशिष्ठ भट्टराईको गोत्र पनि । शान्त थिए, परिवार ठिकै थियो । आचार्य पुष्पलाल निरौलाले उनलाई संस्कृत बिद्या पढाएर ज्योतिस बनाउनुपर्छ भनेर सन्तोषका बुवालाई सल्लाह दिए । त्यसैअनुरुप बुवाले अर्जुनधारा संस्कृत बेद बिद्यापिठमा भर्ना गरिदिए । उनले कहिल्यै आफु के बन्ने भनेर सोच्न पनि पाएनन, परिवार र गुरुले जता डोर्याए उहि बाटो हिडिदिए, फलतः कोलकत्ताबाट ज्योतिसबिद्यामा बिद्यावारिधी प्राप्त गर्न सफल भए  ।
नेपाली राजनीतिका शिर्ष नेतृत्व सबैजसोको भाग्य भविश्य हेरिसकेका उनी अरु क्षेत्र जस्तैं ज्योतिस क्षेत्रमा पनि प्रतिष्पर्धा देखिएको बताउँछन । नयाँ पुस्ताले स्वभाविक रुपमा नयाँ कुरा लिएर आएकै हुन्छ, यो संसारको शास्वत नियम पनि हो । यद्यपी चर्चामा आउने बहानामा अनुसन्धान बिना प्रचारमात्र गरिने काम भयो कि भन्ने उनलाई लाग्दो रहेछ ।
शैलजासँग बनारसमा भेट हुँदा उनले संस्कृतमा शास्त्री पुरा गरिसकेका थिए । त्यही सिप उनको आफ्नो अलग पहिचानको लागि काफी थियो । मरिचमानदेखी अहिलेका प्रधानमन्त्रीसम्मका भुत भविश्य बताईसकेका ज्योतिस आचार्य सन्तोष आफुले कहिल्यै पनि आफ्नो बिद्याको प्रचार गर्नु नपरेको बताउँछन । भन्छन,– समाजमा ख्याति कमाएका बर्ग समुहहरु मलाई खोजेरै आउने गर्दछन, खुसी लाग्छ । चित्त बुझाएर पठाउने गरेको छु । 
नेपाल ज्योतिस परिषद्को महासचिव उनी दर्जनौ राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा क्रियाशिल छन । ज्योतिस क्षेत्रमै रहिरहँदा उनले १८ भन्दा बढि मुलुकको भ्रमण गरिसकेका छन । ब्लुमबर्ग डट कम नामक अन्तर्राष्ट्रिय सञ्चारसंस्थाले समेत उनको ख्यातिको सम्मान गर्दै समाचार प्रकाशित गरेको थियो । दर्जनौ अवार्ड तथा सम्मानबाट बिभुषित सन्तोष ग्लोबल अचिभर्स सन २०१७, वेष्ट एस्ट्रोलोजर अफ एसिया सन २०१७ मा ईन्डोनेसियाको बालीमा उनी सम्मानित भए । जसलाई ज्योतिस क्षेत्रमा सम्मानित अवार्डको रुपमा लिईन्छ ।
बिश्व ज्योतिष महासंघका सभापति, राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता, बिश्वहिन्दु महासंघका केन्द्रीय सदस्य लगायत दर्जनौ संस्थामा उनी क्रियाशिल छन ।
देशको भविश्यबारेको प्रश्नमा उनले आफु चर्चामा आउन जथाभावि उत्तेजक टिप्पणी नगर्ने भन्दै उनले यसमा आफ्नो संस्था ज्योतिस महासंघले सामुहिक निर्णय गरेर मात्रै आधिकारिक धारणा राख्दै आएको बताए । तर केही व्यक्तिहरु चर्चामा आउन जथाभावि बोल्ने गरेकोमा परिषद्ले सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको बुझाई छ ।
द्धन्द्धकालदेखी शान्ति प्रक्रियासम्म आईपुग्दा बिभिन्न व्यक्तिहरुको भुत भबिश्य बताईरहँदा बिभिन्न खाले अनुभुति छ । द्धन्दकै बेला भित्र माओबादी नेताकी श्रीमती आफ्नो श्रीमानको भविश्यका बारेमा सोधीरहँदा बाहिरपट्टि आर्मी अफिसरका श्रीमतीहरु आफ्ना पतिको भविश्य के हुने भनेर पर्खिरहेका हुन्थे । यद्यपी व्यवसायिक हिसाबले मैले उनीहरुको गोपनियता र मनोबिज्ञान लाई सधै सम्मान गर्थे, सन्तुष्ट भएर उनीहरु फर्कन्थे । उनीहरुलाई मैले भनेका र बोलिदिएका कुराले छुँदो हो, कम्तीमा उनीहरु अहिले पनि आईरहन्छन । यही नै मेरो व्यवसायिक सम्पती हो । 
अप्ठ्यारा परिस्थीति संसारमा उत्पादित सबै प्राणीलाई हुने हुन त मलाई मात्र यो नियमले नछुने कुरा पनि भएन । यद्यपी सकारात्मक सोचका साथ जिबन जिउने कर्म जारी छ, खुसी साथ । उनले भने ।

तपाईंको बिचार