Saturday, August 19, 2017  |    

आन्दोलनरत् पक्षसँग वार्ता गर्न तीन दलद्वारा समिति गठन

प्रकाशित मिति: 2015/09/28

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 

आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग वार्ता गर्नका लागि प्रमुख तीन दलले वार्ता टोली गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले मधेशी मोर्चालाई सहमतीमा ल्याउन वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा तीन दलका एक–एक जना प्रतिनिधि छन् । कांग्रेसबाट वनमन्त्री महेश आचार्य र एमालेबाट प्रमुख सचेतक अग्नी खरेल छन् भने एमाओवादीले आफ्नो प्रतिनिधिको नाम दिन बाँकी रहेको बताईएको छ । 
काठमाडौंमा नाकाबन्दी हुने गरी सीमा क्षेत्रमा अवरोध गर्नुको कारण तथा आन्दोलनरत् माग के –के हुन् स्पस्ट पार्न प्रमुख दलहरुले आग्रहसमेत गरेका छन् । 

 

तपाईंको बिचार