Friday, October 18, 2019

दीपक मनाङे नेकपामा प्रवेश

प्रकाशित मिति: 2019/07/04

असार १९, पोखरा । मनाङ जिल्लाबाट प्रदेश सांसदमा स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सांसद दीपक मनाङ्गे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।

मनाङे गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए ।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

गुण्डा नाइकेका रुपमा परिचित मनाङ्गे नेपाली कांग्रेस, राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका थिए । मनाङे पुनः नेकपामा प्रवेश गरका छन् ।

तपाईंको बिचार