Sunday, November 17, 2019

दुई दर्जनभन्दा बढी पर्यटन व्यवसायी नेकपामा प्रवेश

प्रकाशित मिति: 2019/07/05

असार २०, काठमाडौं । तत्कालीन नयाँ शक्ति नेपाल निकट रहेका वरिष्ठ पर्यटन व्यवसायीहरु सागर पाण्डे, गोकुल केसी, बि.एन. ढकाल तथा पर्यटन व्यवसायीहरु बाबुकाजी सिटौला, किरण धरेल, बाबुराम पोखरेल, प्रकाश देवकोटा, सफल अधिकारीलगायतका दुई दर्जनभन्दा बढी व्यवसायीहरुले आज शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

आज धूमबाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री केपी ओली र प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

व्यवसायीहरुले नयाँ शक्ति नेपाल हँदै संघीय समाजवादी पार्टी समेत विचलन भएपछि जनाधार बमोजिम काम गर्न नसकेकाले नेकपा प्रवेश गरेको बताएका छन् । 

तपाईंको बिचार