Thursday, July 18, 2019

नेकपाको राजनीतिक प्रतिवेदन भोलि प्रकाशनमा जाने

प्रकाशित मिति: 2019/07/07

असार २२,  काठमाडौ । पटकपटक छलफल भए पनि कहिले प्रकाशनमा जाने टुंगो नभएको नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रतिवेदनको टुंगो लागेको छ । भोलि नै प्रतिवेदन प्रकाशनमा जाने भएको छ ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटले प्रतिवेदनमा सहमति जुटेको बताएका हुन् ।

उनले पार्टी एकताको सन्दर्भको एउटा ठूलो काम भएको दाबी गरे । उनले राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीतिमा अन्योल रहेको उनले बताए । 

माधव नेपाल संयोजकत्वको कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन मातहतका संगठनबाट पारित भए पनि प्रकाशन भएको थिएन । पछिल्लो समय पार्टीको वैचारिक लाइनका विषयमा विवाद बढ्न थालेपछि त्यसलाई प्रकाशन गर्नुपर्ने दबाब बढेको थियो । 

तपाईंको बिचार