सहजकर्ता भन्दै बाबुराम जनकपुर पुगे

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
एमाओवादी पार्टी परित्याग गरेपश्चात पहिलोपटक मंगलबार जनकपुर पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सहजकर्ताको रुपमा जनकपुर आएको बताएका छन् ।
जनकपुर विमानस्थलमा संचारकर्मीमाझ उनले आफू आन्दोलनकारी रुपमा नभएर मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ त्यहाँ पुगेको स्पस्ट पारेका हुन् । उनले पहाडी शासकले मधेसलाई सधै धोखा दिएकोले आफूमाथि पनि अविश्वास भएको बताउँदै भने, ‘पार्टी र संसद्बाट समेत राजनीमा दिएर आएपछि पनि ममाथि किन अविश्वास गर्ने ? पहाडी भएर त्यस्तो शंका होला । तर जात भन्दा पनि काम हेर्नुर्पयो ।’
डेढ महिनादेखि भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै भट्टराईले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने बताए । उनले मधेसका मुद्दा सम्बोधनका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको तर कसैले मेरो आफ्नो कुरा नसुनेको गुनासो गरे ।
उनले संविधानमा मतदानअघि नै मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरे पनि वेवास्ता गरेको बताए । पार्टी अध्यक्ष प्रचण्डलाई पटकपटक मधेसलाई मिलाएर मात्र अघि बढौं भन्दा नमानी मतदानमा जाने एकातर्फी निर्णय गरेकाले अहिलेको असहज परिस्थिति आएको भट्टराईको दावी थियो ।
तपाईंको बिचार