Wednesday, August 21, 2019

नुवाकोट कांग्रेसले बुझाए ज्ञापन पत्र

प्रकाशित मिति: 2019/07/15

असार ३०, काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको नेतृत्वले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ज्ञापनपत्र बुझाएको छ । काठमाडौं र नुवाकोट जोड्ने ३ नाकाको सडकहरु अवरुद्ध भएपछि तत्काल निर्माण सम्पन्न गराउन मन्त्री महासेठलाई ध्यानाकर्षण गराएको हो ।

बालाजु–ककनी–त्रिशूली, गल्छी–देवीघाट रसुवागढी र टोखा–छहरेलगायतका सडकखण्डहरु तत्काल मर्मत गर्न आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा मन्त्री महासेठले पत्रकारलाई भिडियोे खिच्नमा रोक लगाएको थियो । कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै उनले आक्रामक शैलीमा क्यामेरा बन्द गर्न निर्देशन दिएको महासमिति सदस्य रमेशकुमार महतले बताए ।
मन्त्री महासेठले सडक एक साताभित्र मर्मत गर्ने प्रतिबद्धता जनाएको छ, सभापति केसीले बताए ।

जिल्लाभित्रका बहुबर्षीय ठेक्कामा निर्माण भइरहेका १३७ वटा सडकहरु बजेटविहिन भएर अलपत्र अवस्थामा रहेका छन् । सोको लागि बजेट व्यवस्थापनसमेत गर्न माग गरेको सभापति केसीले बताए ।

तपाईंको बिचार