Wednesday, August 21, 2019

ठमेल परिषद्का अध्यक्ष प्रकाश नरसिहं राणा कांग्रेसमा प्रवेश

प्रकाशित मिति: 2019/07/15

असार ३०, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार ठमेलस्थित नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले राणालाई पार्टी प्रवेश गराएका हुन् । राणा भर्खरै सम्पन्न ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित अध्यक्ष हुन् । कांगे्रस नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा राणासहित एक दर्जनभन्दा बढी ठमेल क्षेत्रका व्यवसायीहरुले पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय÷मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्वविहीनजस्तो बन्न पुगेको उल्लेख गरे । उनले पार्टीलाई मजबुत बनाउनको लागि सबै तहबाट लाग्नको लागि कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिए ।

पार्टी प्रवेश कार्यक्रममा काठमाडौँ काँग्रेस जिल्ला सभापति सबुज बानिया, काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी, पर्यटन व्यवसायी रामशरण थपलिया, लिलाबल्लभ दाहाललगायतको उपस्थिति रहेको थियो ।

तपाईंको बिचार