Wednesday, October 23, 2019

ठमेल परिषद्को सल्लाहाकारमा थपलिया, राजभण्डारी र गुरुङ मनोनित

प्रकाशित मिति: 2019/07/15

असार ३०, काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडीसी) ले ठमेल क्षेत्रको श्रीवृद्धि गर्नको लागि तीन सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ । परिषद्को शुक्रबार बसेको कार्यसमिति बैठकले परिषद्को विधानको दफा १६ बमोजिम  पूर्व अध्यक्ष रामशरण थपलिया, सगरमाथा कम्प्लेक्सका सञ्चालक योगराज राजभण्डारी र मस्र्याङ्दी होटलका सञ्चालक कर्म गुरुङलाई सल्लाहाकार समितिमा मनोनित गरेको हो । 

परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले ठमेल क्षेत्रलाई राम्रो र थप उचाइ प्रदान गर्नको लागि सल्लाहाकार समिति गठन गरिएको बताए । उनले ठमेलको सम्रग विकास र प्रवद्र्धनको लागि सल्लाहाकार समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासमेत परिषद्ले गरेको बताए ।

तपाईंको बिचार