Wednesday, October 23, 2019

मन्त्री पण्डितको राजीनामा माग गर्दै माईतीघर मण्डलामा प्रर्दशन

प्रकाशित मिति: 2019/07/16

असार ३१, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

समानुपातिक,समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दवाव दिएका छन ।

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाईदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । लोकसेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन संविधानको भावना अनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिट समेत दायर गरिएको छ । 

तपाईंको बिचार