Friday, March 24, 2017  |    

भारतीय झण्डा र मोदीको पुत्ला नजलाउन प्रधानमन्त्री कोइरालाको आग्रह

प्रकाशित मिति: 2015/10/01

गन्तव्य नेपाल न्यूज/काठमाडौँ

प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला  नजलाउन आग्रह गर्नुभएको छ । नेपालमा भारतले लगाएको नाकाबन्दी तथा तराईमा जारी आन्दोलनका समस्या समाधान गर्न आग्रह गर्दै प्रधानमन्त्री निवास पुगेका ९ विद्यार्थी संगठनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदी तथा नेताहरुको पुत्ला तथा भारतीय झण्डा नजलाउन आग्रह गर्नुभएको हो । 
अहिले मुलुकका विभिन्न भागहरुमा भईरहेको भारत विरोधी गतिविधिप्रति आफू गम्भीर रहेको प्रधानमन्त्री कोइरालाले विद्यार्थी नेताहरुलाई बताउनुभयो । जवाफमा विद्यार्थी संगठनका प्रतिनिधिले भारतले नेपालमाथी देखाएको हेपाहा प्रवृतिको कूटनीतिकरुपमा विश्वव्यापी प्रतिवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

 

तपाईंको बिचार