Monday, June 26, 2017  |    

सिमांकनमा हेरफेर गर्न सकिने प्रमुख तीन दलको निष्कर्ष

प्रकाशित मिति: 2015/10/01

सात प्रदेशको सीमाकंन हेरफेर गर्न प्रमुख तीन दल सकारात्मक देखिएका छन् । नेपाली कांग्रेस, एमाले र एमाओवादीको बिहीबार बालुवाटारमा बसेको बैठकले असन्तुष्टहरुलाई पनि सहमतिमा ल्याउन सीमाकंन हेरफेर गर्न सकिने निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठका अनुसार संघीयताका विषयमा संघीय आयोगले दिएको निर्णयलाई राजनीतिक सहमतिका आधारमा सम्बोधन गर्ने विषयमा सकारात्मक छलफल भएको छ । 


संविधानमा सीमाकंनको अन्तिम टुंगो संघीय आयोगले लगाउने उल्लेख भए पनि तीन दलले संघीय आयोगको सिफारिसलाई राजनीति सहमतिको आधारमा हेरफेर गर्न सकिने निष्कर्ष निकालेका छन् । बैठकमा आन्दोलनरत् पक्षको मागप्रति सकारात्मक सन्देश दिने गरी वार्ताबाटै समस्याको समाधान गर्ने विषयमा छलफल भएको एक सहभागीले बताए । 

 

तपाईंको बिचार